English

निषेधाज्ञाका बीच देवघाटमा मकर स्नान गर्नेको घुइँचो



सरकारले कोरोनाको संक्रमणको जोखिम नियन्त्रण गर्न लगाएको निषेधाज्ञाको बेवास्ता गर्दै धार्मिक स्थल देवघाटमा मकर स्नान गर्ने भक्तजनको घुँइचो लागेको छ । कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्तिमा देवघाट जाने भक्तजनको प्रवेशमा रोक लगाएको थियो ।

तर, माघे संक्रान्तिको अवसरमा देवघाटको वेणी संगममा मकर स्नान गर्न जाने भक्तजनको घुँइचो अझै बढ्दै छ । प्रशासनले प्रवेशमा रोक लगाएपनि टाढा–टाढाबाट भक्तजन पैदलै हिँडेर देवघाट पुगेका छन् । सवारी साधन लिएर समूह भएर जाने भक्तजनलाई रोक्ने र छुट्टा–छुट्टै रुपमा पैदल जाने भक्तजनलाई नरोक्ने प्रशासनको निर्णय थियो ।

यद्यपि देवघाटको वेणी संगममा भक्तजनको बाक्लो उपस्थिति छ । चितवनको दासढुंगाबाट तनहुँतर्फ आउने भक्तजनले जीप कारलगायतका साना गाडी लिएर पनि देवघाट पुगेका छन् । चितवनको आँपटारीबाट देवघाट पैदल जाने भक्तजनको संख्या पनि उल्लेख्य रहेको छ ।

छुट्टा–छुट्टै रुपमा पैदल जाने भक्तजनलाई नरोक्ने तर समूहगत रुपमा जान नदिने निर्णय भएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए । ‘निषेधाज्ञा खुलाइएको छैन । एक्ला–एक्लै जाने हो भने जान दिने भन्ने कुरा भएको हो’, उनले भने ।

त्रिशुली र कालिगण्डकीको संगमस्थल देवघाटमा माघे संक्रान्तिको दिन हरेक वर्ष तिर्थालुको घुँइचो लाग्ने गर्छ ।

यो पनि
कोरोनाका कारण रोकिए मेला–महोत्सव
यसपालि नहुने भो तारूकामा गोरु जुधाइ मेला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या