English

कोरोनाका कारण रोकिए मेला–महोत्सव



लमजुङमा माघमा हुने भनिएको मेला महोत्सव कोरोना संक्रमणका कारण प्रभावित भएका छन् । माघको पहिलो हप्ता सोनाम ल्होछारमा हुने उत्सव र माघ अन्तिम साता हुने सातौँ लमजुङ महोत्सव प्रभावित भएको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संघ सरकारसँगै गण्डकी प्रदेश सरकारले पनि मेला महोत्सव, भेला र भिडभाड बढी हुने कार्यक्रम नगर्न आग्रह गरेपछि लमजुङमा माघको पहिलो साता र अन्तिम साता हुने भनिएका दुईवटा मेलामहोत्सव प्रभावित हुने भएका हुन् ।

अघिल्लो हप्ता मात्रै लमजुङ उद्योग वाणिज्य संघले लमजुङको बेँसीसहरमा २१ माघदेखि १ फागुनसम्म सातौँ लमजुङ महोत्सव गर्ने निर्णय गरेको थियो । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालका अनुसार छोटो समयमा महोत्सव गर्ने निर्णय गरी तयारी शुरु गरे पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम बढेपछि महोत्सव स्थगित गर्नुपरेको बताए ।

सरकारले नै मेला महोत्सव नगर्न निर्देशन दिएपछि महोत्सवको गर्नुको औचित्य नहुने भन्दै यसबारेमा औपचारिक निर्णय गर्न बाँकी रहेको अध्यक्ष सिलवालले बताए । संघका पदाधिकारीसहित अन्य सरोकारवालासँग छलफल गरी महोत्सव कहिले गर्ने भन्ने विषयमा निर्णय गरिने अध्यक्ष सिलवालको भनाइ छ ।

नेपाल तामाङ सांस्कृतिक घेदुङ जिल्ला समन्वय समिति लमजुङले पनि तामाङ समुदायको नयाँ वर्ष २८५८औँ सोनाम ल्होछारको अवसरमा लमजुङमा गर्न लागिएको साँस्कृतिक उत्सव आयोजक समितिले अघिल्लो साता मात्रै सदरमुकाम बेसीशहरमा पत्रकार सम्मेलन गरी ८ माघमा साँस्कृतिक उत्सवको बारेमा जानकारी गराएको थियो ।

तर, पछिल्लो समय मुलुकको परिस्थिति परिवर्तन भएसँगै बृहत साँस्कृतिक कार्यक्रम प्रभावित हुने भएको हो । केही वर्षबाट तामाङ समुदायले साँस्कृतिक पर्व ल्होसारको अवसरमा मेला महोत्सव गर्न थाले पनि गत वर्ष पनि कोरोनाकै कारण कुनै औपचारिक कार्यक्रम हुन सकेको थिएन ।
यसवर्ष पनि मेला महोत्सव नहुने भएपछि तामाङ समुदायले परम्परागत रूपमा पारिवारभित्रै ल्होसार मनाउने नेपाल तामाङ साँस्कृतिक घेदुङ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष विकास तामाङले बताए ।

डीसीसीएमसी संयोजक एवं लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले संघीय सरकार र प्रदेश सरकारले संक्रमणकालीन अवस्थामा मेला महोत्सव नगर्न भनिएको बताए ।

यो पनि
नेपालमा थप ५,०८७ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित १८ हजार नाघे
यसपालि नहुने भो तारूकामा गोरु जुधाइ मेला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested