English

नेपालमा थप ५,०८७ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित १८ हजार नाघे



नेपालमा थप ५ हजार ८७ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ५ सय ६० नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रिय संक्रमितको संख्या १८ हजार २ सय ३५ पुगेको छ ।

थपिएका संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ९ सय १३, भक्तपुरमा ३ सय १७ र ललितपुरमा ३ सय ७७ संक्रमित थपिएका हुन् ।

सक्रिय सक्रमितमध्ये १७ हजार २ सय ९१ जना होम आइसोलेसन र ९ सय ४४ जना संस्थागत आइसोलेसनमा छन् । साथै, १ सय ११ जनाको आइसीयु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा थप ३ सय ६ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १५ हजार ६ सय ५३ पुगेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested