English

सेयर बजारमा उछाल



बुधबार करेक्सन भएको सेयर बजार बिहीबार उकालो लागेको छ। अघिल्लो कारोबार दिन ३०.५१ अंक घटेको नेप्से, आज ५४.१२ अंक बढेर २८५७.७५ विन्दुमा पुगेको छ।

आज सेन्सेटिभ इण्डेक्स ८.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०९ अंक बढेको छ। त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३४ अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज २२४ कम्पनीको ७७ हजार ६६८ पटकको कारोबारमा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपियाँ बराबरको १ करोड १८ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

साताको अन्तिम कारोबार दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ। आज जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.९ प्रतिशत बढेको छ। त्यसैगरी, लगानी, वित्त र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार, विकास बैंक, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ३४ करोड ३१ लाख ४३ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपि पावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एचआईडिसीएलको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

कारोबारमा आएको मध्य भोटेकोशीको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ३४ रुपियाँ ४० पैसा बढेर ३७९ रुपियाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन माउन्टेन हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। आज नारायणी डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य १ प्रतिशत घटेको छ।

यो पनि…
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार

सेयर बजारमा दिनभरि उतारचढाव



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested