नेप्सेमा दोहोरो अंकको गिरावट



बुधबार नेप्से ओरालो लागेको छ। केहि समयदेखि निरन्तर उकालो लागिरहेको नेप्से आज साढे ३० अंकले घटेको हो।

आज नेप्से परिसूचक ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा बन्द झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ७.०४ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंकले घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने ८ अर्ब नाघेको छ। २२९ कम्पनीको ९० हजार ५९० पटकको कारोबारमा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ६१ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

घटेको बजारमा ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, आज मञ्चकन्या माइ हाइड्रोपावर र सामलिङ्ग पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल बङ्गलादेश बैंकको २८ करोड रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, एचआईडिसीएलको २७ करोड, अपि पावरको २४ करोड र अपर तामाकोशीको २२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। लगानी उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत बढेको छ। त्यसैगरी, आज व्यापार उपसमूहको ०.६५ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.०९ प्रतिशत बढेको छ।

आज अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ। त्यस्तै, निर्जीवन बीमा, होटल तथा पर्यटन, वित्त र विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि…
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार

सेयर बजारमा दिनभरि उतारचढाव



...
सेयर बजारमा उछाल - Mero LifeStyle Mero LifeStyle

[…] नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज २२४ कम्पनीको ७७ हजार ६६८ पटकको कारोबारमा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपियाँ बराबरको १ करोड १८ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। […]

...
यस्ताे छ आजको विनिमय दर - Mero LifeStyle Mero LifeStyle

[…] यो पनिवाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधारनेप्सेमा दोहोरो अंकको गिरावट […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कालीकोट, मान्म । कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ। सार्वजनिक सुनवाईका क्रममा

नेप्से सूचकमा झण्डै ३०० अंकको वृद्धिपछि मंगलबार १० अंकको करेक्सन देखिएको छ। यस दिन लगानीकर्ता नाफा बुक गर्नतर्फ लाग्दा नेप्सेमा

आलु । तरकारीको राजा । सबैको भान्सामा पाक्ने । धेरथोर सबैले खेती गर्ने तरकारी । अझ मनाङ, मुस्ताङलगायतका हिमाली भेगमा

मंगलबार सुनचाँदी काे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले  मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे

Suggested