English

सेयर बजारमा दिनभरि उतारचढाव



साताको दोस्रो दिन सोमबार पनि शेयर बजार सकारात्मक देखिएको छ । दिनभर तीब्र उतारचढाव देखिएको बजार मध्यान्हतिर २८ सय अंक माथि पुगेको थियो । २८ सय माथि पुगेर फर्किएको नेप्से परिसूचक कारोबार बन्द हुँदा १९ अंकले बढेर २७ सय ८४ अंकमा पुगेर बन्द भएको छ ।

आइतबार अधिकांश कम्पनीहरुको शेयर मूल्य बढे पनि सोमबार भने बढ्ने र घट्ने कम्पनीहरू लगभग बराबरी जस्तै छन् । कारोबार रकम भने ७ अर्ब १२ करोड नाघेको छ । सोमबार धेरै शेयर मूल्य बढ्नेमा हाइड्रोपावर कम्पनीहरु अग्रपंक्तिमा देखिएका छन् ।

धेरै शेयर मूल्य बढ्नेमा मध्य भोटेकोशी जलविद्युत् आयोजना देखिएको छ । यसको शेयर मूल्य १० प्रतिशतले बढेर २ सय ८५ रुपैयाँमा पुगेको छ । यसैगरी, युनियन हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर २८५ रुपैयाँ ३० पैसा, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशतले बढेर ५५ रुपैयाँ पुगेको छ ।

यसैगरी, खानीखोला हाइड्रोपावरको ८ प्रतिशतले बढेर ३ सय ३० रुपैयाँ पुगेको छ भने हिमालय उर्जा विकास कम्पनीको ८ प्रतिशतले बढेर ४९८ रुपैयाँ, गोर्खाज फाइनान्सको ७ प्रतिशतले बढेर ८२९ रुपैयाँ, रुरु जलविद्युत्को करिब ७ प्रतिशतले बढेर १०४० रुपैयाँ, नेसनल लाइफको पनि करिब ७ प्रतिशतले बढेर १०८० रुपैयाँ, जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ६.५८ प्रतिशतले बढेर ३४० रुपैयाँ पुगेको छ भने एनएमबी म्युचअल फण्डको शेयर ६ प्रतिशतले बढेर १२ रुपैयाँ ९७ पैसा पुगेको छ ।

यो पनि…
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार
यस्तो छ, आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested