नेप्से ५० अङ्कले बढ्दा यी कम्पनीकाे शेयरमा सकारात्मक सर्किट



साेमबार १९ अङ्कले बढेकाे नेप्से आज ४९ दशमलव १९ अङ्कले बढेर दुई हजार आठ सय ३४ दशमलव १३ विन्दुमा पुगेको छ । आज उत्पादनबाहेक सबै समूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूहको सेयर ६ दशमलव १५ प्रतिशतले बढेको छ ।

आज दुई सय ३२ वटा कम्पनीको एक करोड १९ लाख कित्ता सेयर ६ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज नारायणी विकास बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पाेरेट विकास बैंक र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि माउन्टेन इनर्जीको सेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

यो पनि
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार

सेयर बजारमा दिनभरि उतारचढाव



...
नेप्सेमा दोहोरो अंकको गिरावट - Mero LifeStyle Mero LifeStyle

[…] नेप्से ओरालो लागेको छ। केहि समयदेखि निरन्तर […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला मुगुका खाद्यन्न गोदाम रित्तिन लागेका छन्। गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्य अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन्।

कारोबार साताको अन्तिम दिन सेयर बजार सामान्य अंक बढेर बन्द भएको छ। अघिल्ला ३ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा

नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर

Suggested