English

अन्टार्टिकाको लाटोकोसेरो वासिंगटन घुम्दै



अन्टार्टिका महादेशमा मात्र पाइने दुर्लभ लाटोकोसेरो अमेरिकाको राजधानी वासिंगटन डीसीमा नै फेला परेको छ । यही ३ जनवरीमा वासिंगटन डीसीमा सो दुर्लभ चरा अमेरिकामा देखिएको हो ।

हिमाली लाटोकोशेरो डुल्दा वासिंगटनमा ८ इन्च बाक्लो हिउँ परेको थियो । सो लाटोकोशेर वासिंगटनको क्यापिटोल हिल, युनियन स्टेसन, नेसनल पोस्टल म्युजियम र अमेरिकी संसदका भवनहरुका साथै प्रहरी मुख्यालयमा देखिएको छ ।

बस्दाखेरी फुटबल आकारको गोलो देखिएको चम्किलो आँखा भएको सो चरालाई तस्विरमा कैद र हेर्ने क्रममा गत साता दर्जनौं मानिसहरुको क्यामेरा र बाइनाकुलर हिउँले ढाकेको थियो । रेल स्टेसनको प्रवेशद्धारमा ग्रीकका प्रख्यात गणितज्ञको मूर्तिको टाउकोमाथि सो लाटोकोसेरो बसेको थियो । जलवायु परिवर्तनका कारण हिमाली लाटोकोसेरो सहरमा निर्वाध डुलेको विज्ञहरुले बताएका छन् ।

‘जलवायु परिवर्तनका कारण अन्टार्टिकाबाट हिउँमा बस्ने लाटोकोशेरो मानिसहरुको घना बस्ती भएको ठाउँमा आउन थालेका छन्, ’ गैरसरकारी परियोजना स्नोस्ट्रोमका अनुसन्धानकर्ता स्कट विडेनसल भन्छन् ।

जलवायु परिवर्तनका कारण अन्टार्टिकाबाट हिउँमा बस्ने लाटोकोसेरो मानिसहरुको घना बस्ती भएको ठाउँमा आउन थालेका छन्, ’ गैरसरकारी परियोजना स्नोस्ट्रोमका अनुसन्धानकर्ता स्कट विडेनसल भन्छन् । स्नोस्ट्रोमले हिमाली लाटोकोसेरो गतिविधिको पहिचान गर्दै आएको छ ।

हरेक हिउँदको मौसममा केही लाटोकोसेरो दक्षिणमा बसाइँ सर्ने भए पनि तथ्यांक भने यकिन नभएको उनी बताउँछन् । करिव तीनदेखि पाँच वर्षयता लाटोकोसेरो मुख्य खानेकुरा लेमिङ (मुसोजस्तो जनावर) को संख्या घटेसँग हिउँमा बस्ने लाटोकोसेरो बसाइँ सर्ने क्रम बढ्दो छ ।

अधिकांश हिउँदमा उत्तर अमेरिकाको हिमाली लाटोकोसेरो ग्रेट लेक्स वा केप कोल्ड क्षेत्रभन्दा धेरै तल नझर्ने विडनसाउन बताउँछन् । ‘तर, आक्रमण हुँदा भने उनीहरुले सामान्यभन्दा अझै दक्षिणी क्षेत्रमा बसाइँ सर्छन्,’ उनी भन्छन् ।

पूर्व र माथिल्लो मध्यपश्चिमी क्षेत्रमा देखिएका जवान चराहरुमध्ये अधिकांश हिउँमा पाइने लाटोकोसेरो छन् । पक्षीहरुको निरीक्षकहरुको समूहले प्रयोग गर्ने गैरसरकारी मञ्च इबर्डका अनुसार यो हिउँदे मौसममा कन्सास, मिसोउरी, टेनेसा, नर्थ क्यारोलिना र म्यारिल्यान्डमा हिमाली लाटोकोसेरो फेला परेका छन् ।

अमेरिकाको वासिंगटन डीसीमा फेला पर्न थालेपछि लाटोकोसेरो अधिकांश चराचुरुङ्गीप्रेमीको ध्यान तानेको छ ।

याे पनि…
सयपत्री सप्रिदा किसान मख्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला

उखान पछ्याउँदै जाँदा दुई शताब्दीपछि भेटियो ‘हङरायो’



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested