सन्दर्भ: राष्ट्रिय भाक्का दिवस

लोकप्रिय बन्दै भाक्का, मौलिकता हराउने चिन्ता



भाक्का अर्थात् भक्का । पानीको बाफबाट पकाइने चामलको एक परिकार । जो झापाको राजवंशी समुदायमा चर्चित छ । जाडोयाममा चिसो छल्नकै लागि खाइने भाक्का अब झापामा मात्र सीमित छैन । सीमित क्षेत्र, समुदाय र मौसममा पाइने भाक्काले सामान्य पसलदेखि तारे होटलको मेनुमा बाहै्रमास पाउन थलिएको छ ।

अझै कतिपयले यसको ब्रान्ड बिकाइरहेका छन् । त्यसैको उदाहरण हुन्, पुरानो बानेश्वरस्थित भक्का हाउस र तीनकुनेस्थित मिस्टर भक्का । चार वर्ष अघिबाट सञ्चालित भक्का हाउसमा दैनिक १ सय ५० प्लेटसम्म भाक्का बिक्री हुने गरेको यसका सञ्चालक दिवस काफ्ले बताउँछन् ।

झापाका काफ्लेले यो व्यवसाय शुरु गर्नुभन्दा पहिला झापाको राजवंशी समुदायमा गएर भाक्का पकाउने तरिका सिके । ‘राजवंशी समुदायले नै मलाई भाक्का बनाउन सिपालु बनाए अनि मैले बानेश्वरमा भाक्का हाउस सञ्चालनमा ल्याएँ,’ काफ्ले भन्छन्– ‘शुरु–शुरुमा झापाकै साथीहरूले एक–एक जनालाई भाक्का चखाउन ल्याउनुभयो अहिले त सबै क्षेत्रका मानिसहरू खोजी खोजी आउनुहुन्छ ।’

शुरु–शुरुमा झापाकै साथीहरूले एक–एक जनालाई भाक्का चखाउन ल्याउनुभयो अहिले त सबै क्षेत्रका मानिसहरू खोजी खोजी आउनुहुन्छ ।

काफ्लले चकलेट, स्विट, खुवा र सख्खर फ्लेवरका भाक्का नयाँ पुस्ता र फरक समुदायलाई चखाइरहेका छन् । उनले सादा भाक्काको ४० रुपियाँ र फ्लेवर भाक्काको ६० रुपियाँमा बिक्री गर्दै आएका छन् ।

यस्तै, तीन वर्ष अघिबाट सञ्चालनमा आएको मिस्टर भाक्काले दैनिक ३ सयदेखि ४ सय प्लेट भाक्का बिक्री गर्दै आएको सञ्चालिका एलिना घिमिरे बताउँछिन् । ‘चिसो याममा त झनै यसको माग बढ्दो छ,’ उनले भनिन्, ‘धेरैजसोले बिहानी खाजाको रूपमा भाक्का लैजानुहुन्छ ।’

मिस्टर भक्काले पनि सादा भाक्काको ४० रुपियाँमा बिक्री गर्दै आएको छ । साथै, यहाँ चकलेट, स्विट, सख्खर भाक्का पनि पाइने घिमिरे बताउँछिन् । मिक्स (चकलेट र खुवा), खुवा र डबल चकलेट भाक्काको ८० रुपियाँमा बिक्री गर्ने गरेको उनले जानकारी दिइन् ।

राजधानीमा सञ्चालित यी २ भाक्का पसल त उदाहरण मात्र हुन् । देशका प्रमुख सहरहरूमा भाक्कालाई व्यावसाय बनाउने युवाहरूको जमात बढ्दो छ । त्यसो त यो परिकारको प्रवर्दन र संरक्षणका लागि हरेक वर्ष पुस २९ गते राष्ट्रिय भाक्का दिवस मनाउने गरिएको कोचिला ग्राभुर फ्रन्टका अध्यक्ष अभय राजवंशी बताउँछन् ।

सांस्कृतिकरूपमा हेर्दा व्यावसायीकरणबाट भावी सन्ततीलाई यसबारे जानकारी हुन्छ । सामाजिक दृष्ट्रिकोणले मौलिक खाना मान्छेको जीवन र परिश्रमसँग जोडिएको छ ।

‘राजवंशी समुदायमा माघ मनाउन ज्वाइँ छोरी बोलाउने चलन छ, भाक्का खुवाउने चलन छ,’ राजवंशीले भने, ‘व्यावसायिक रूपमा भाक्कासँग टमाटरको चट्नी वा अचार मात्र दिइन्छ तर माछा, मासुसँग खाइने भाक्का नै टिपिकल खाना हो ।’

मौलिक खानालाई व्यावसायिक रूपमा लैजानु सकारात्मक पक्ष रहे पनि यसको मौलिकता हराउने हो कि भन्ने चिन्ता पनि बढ्दै गएको राजवंशी बताउँछन् । ‘कुनै एउटा समुदायको परिकार देशभर फैलनु भनेको राम्रो कुरा हो,’ राजवंशी भन्छन्, ‘तर, यसको मौलिकतामा ह्रास भने आउनुभएन ।’

मौलिक खानालाई सांस्कृतिक र सामाजिक दृष्टिकोणले हेर्न सकिने समाजशास्त्री यागेश प्रसाद जोशी बताउँछन् । जोशीका अनुसार सांस्कृतिकरूपमा हेर्दा व्यावसायीकरणबाट भावी सन्ततीलाई यसबारे जानकारी हुन्छ । सामाजिक दृष्ट्रिकोणले मौलिक खाना मान्छेको जीवन र परिश्रमसँग जोडिएको छ ।

अरू समुदायमा रैथाने परिकार हस्तन्तारण हुनु राम्रो हो, तर मौलिकपन हराउन सक्ने समाजशास्त्री जोशीको तर्क छ । ‘संस्कृति हस्तान्तरण निरन्तर चलिरहने प्रक्रिया हो तर, मौलिकपन हराउने डर हुन्छ,’ जोशीले भने, ‘तर, यसले समुदायको पहिचानलाई जोगाउन मद्दत गर्छ ।’

यो पनि पढ्नुहोस्
हामी सबैको योमरी
सहरी जिब्रोमा रैथाने स्वाद



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट निस्केर बाहिर जाने हो भने इँटा भट्टाहरू प्रशस्तै भेटिन्छन् । यिनै भट्टामा राजधानी वरपरका गाउँहरूबाट हिउँदमा काम गर्न श्रमिकहरू

रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका

नेपालमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार २ सय ९२ जना संक्रमण मुक्त

सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ ।

Suggested