English

सहरी जिब्रोमा रैथाने स्वाद

स्थानीय भान्छाका स्वादहरू सहरका रेष्टुरेन्टमा 


आम बुझाईमा रैथाने खाना भन्नाले गाउँले खाना हो । पहिले यस्तो खानालाई बेवास्ता गरिन्थ्यो । तर सहरको चिल्लो पिरो खानाले मान्छे विरामी पर्न थालेपछि गाउँले खाना भनी हेला गरिने त्यस्तो खाना धेरैको रोजाइमा पर्न थालेको छ । सहरको रेस्टुरेन्टमा ढिडोले राज गर्दैछ । रैथाने खाना स्वस्थ्यकर हुन्छ । यसको मौलिक स्वाद हुन्छ ।

पूर्वको झापा जाँदा भक्का, थारू गाउँमा घोंघी र ढिक्री, मुस्ताङमा जाँदा थकाली खाना अनि रौतहट जाँदा कटिया नखाने को होला र ? यस्ता रैथाने खाना जाति, ठाउँ र संस्कृति अनुरूप फरक-फरक हुन्छन् । यी खाना अब काठमाडौंलगायत सहरका रेस्टुरेन्टमा छिर्दैछन् । आउनुहोस्, पहिला रैथाने खानाबारे जान्नुहोस् । अनि, रोज्जा खाना खाएर मुखको स्वाद फेर्नुहोस् ।

भक्का

झापाको राजवंशी जातिमा प्रचलित खानाको परिकार हो भक्का । तर यो अब पूर्वमा सबैको रोजाइको खाना भएको छ । चामलको पिठोबाट बनाइने यसको स्वाद हामीले काठमाडौँको पुरानो बानेश्वरमा रहेको रेष्टुरेन्टवाट पनि लिन सक्छौ । युवा व्यवसायी प्रदिप राईले रैथाने भक्काको स्वाद पस्किनका लागि तीन वर्षदेखि ‘भक्का हाउस’ सञ्चालन गरेका छन् ।

भक्का बनाउन सामान्य भाँडा, मोटो टाइचिन चामलको पिठो र सुतीको सेतो कपडा भए पुग्छ । एउटा भक्का पाक्न धेरै समय लाग्दैन ।

भक्का विशेषगरी जाडो छल्नका लागि चिसो याममा खाने प्रचलन छ । गाउँघरमा सादा भक्का खाने प्रचलन छ । व्यवसायी राईले चकलेट, स्विट, खुवा र सख्खर फ्लेबरको भक्का बनाएर नयाँ पुस्तालाई यसको स्वाद चखाइरहेका छन् ।

राईको भक्का हाउसमा प्लेन भक्काको प्रति भक्का ४० रुपियाँ र फ्लेबर भक्काको ६० रुपैयाँ पर्छ । भक्का व्यवसाय सञ्चालन गर्न थोरै लगानी भए पुग्ने तर व्यवस्थापनमा खर्च लाग्ने उनको भनाई छ ।

भक्का बनाउन सामान्य भाँडा, मोटो टाइचिन चामलको पिठो र सुतीको सेतो कपडा भए पुग्छ । उनका अनुसार एउटा भक्का पाक्न धेरै समय लाग्दैन । रैथाने खाना भएकाले ग्राहकहरू नयाँ स्वाद लिन भक्का हाउस खोजी–खोजी आउने गरेको उनी बताउँछन् ।

कटिया

काठमाडौँमा एकदमै नयाँ नाम हो, रैथाने खाना कटिया । यो खाना माटाको भाँडामा पकाइने मासुको एक परिकार हो । यो परिकार पहिले रौतहटको कतरिया क्षेत्रमा पकाएर लोकप्रिय हुनाले यसको नाम कटिया हुन गएको हो ।

व्यावसायी राज अर्याल लगायत पाँच जनाले सिनामंगल, काठमाडौंमा लेकाली किचन एण्ड कटिया हाउस सञ्चालनमा ल्याएका छन् । आफूले नै पहिलो पटक कटिया काठमाडौंमा भित्र्याएको उनको भनाइ छ । उनको रेस्टुरेन्टमा थकाली खाना, हाँसको छोयला, च्याङग्राको सुकुटी, बधियाँ कुखुराको मासु लगायत अरु विभिन्न थरिका परिकार पनि पाइन्छ । तर, ४० प्रतिशत ग्राहक कटियाको स्वाद लिनकै लागि रेस्टुरेन्टमा आउने गरेका छन् । मटन, भेज र चिकेन भेराइटीमा पाइने कटिया पाँच सयदेखि साढे सात सय प्रतिप्लेटसम्म पर्छ ।

लेकाली किचन एण्ड कटिया हाउसमा अग्र्यानिक रैथाने थकाली खाना पाइने अर्का सञ्चालक मधुसुदन ढकाल जनाउँछन् । पारिवारिक वातावरणका साथ स्पेशल बधिया, बट्टाई, कालिजको मासुलगायत ढिडो, मर्सी थकाली खाना सेट पनि पाइने उनी बताउँछन् ।

वाचिपा

राई समुदायको रैथाने खानाको परिकार हो, वाचिपा । कुखुरालाई राईहरूले ‘वाप्पा’ भन्ने भएकाले लोकल कुखुराको मासुबाट बनाइने परिकारलाई वाचिपा भनिन्छ ।

अहिले वाचिपाको स्वाद धेरैको जिब्रोमा झुण्डिई सकेकाले स्थानीय मात्र होइन, विदेशी ग्राहक समेत आइरहेका छन् । फ्राई राईसको प्रतिप्लेट २ सय ५० र ग्रेबी मासु वाचिपा खाना सेट ४ सय ५० रुपैयाँ पर्छ ।

खासमा वाचिपा कुखुराको भुत्ला डढाएर बनाइने धुलोलाई बुझिन्छ । यसको प्रयोग मसलाको रूपमा गरिन्छ । यही मसलाको प्रयोग गरी बनाइने लोकल कुखुराको मासुलाई वाचिपा भनिन्छ ।

यो खोटाङका राई समुदायको लोकप्रिय खानाको एक परिकार हो । स्थानीय खानालाई सबै समक्ष पुर्‍याउनका काठमाडौंको तिखेदेवलस्थित यलखिम रेस्टुरेन्ट सञ्चालनमा रहेको छ । यस रेस्टुरेन्टमा वाचिपाबाहेक राई समुदायको रैथाने खानाको विशेष परिकारको स्वाद लिन सकिन्छ ।

काठमाडौंबासीका लागि यो परिकार एकदमै नयाँ रहेको यलखिम रेस्टुरेन्टका म्यानेजर सन्तोष राई बताउँछन् । फ्राई राइस र ग्रेबी मासु गरी वाचिपा दुई तरिकाले पकाइन्छ । विगत तीन वर्षदेखि रैथाने वाचिपाको स्वाद दिई रहेको रेष्टुरेन्ट किराँती राजा ‘यलम्बर’को ‘यल’ र ‘खिम’ को अर्थ घर हुने भएकाले राजाको दरबार भनी ‘यलखिम’ रेस्टुरेन्ट नामकरण गरिएको उनले अथ्र्याए ।

अहिले वाचिपाको स्वाद धेरैको जिब्रोमा झुण्डिई सकेकाले स्थानीय मात्र होइन, विदेशी ग्राहक समेत आइरहेका छन् । फ्राई राईसको प्रतिप्लेट २ सय ५० र ग्रेबी मासु वाचिपा खाना सेट ४ सय ५० रुपैयाँ पर्छ । वाचिपा खाना जाडोमा एकदमै स्वस्थबर्द्धक हुनुका साथै सुत्केरीलाई यसको सुप फाइदाजनक मानिन्छ ।

घोंघी

थारू समुदायमा प्रचलित रैथाने खानामा घोंघी र ढिक्री मुख्य मानिन्छ । यही रैथाने खानाको व्यवसायिक कारोवार विगत तीन वर्षदेखि कीर्तिपुरमा बरघर रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्, व्यवसायी सिताराम चौधरीले ।

घोेंघीबाट प्रशस्त मात्रमा भिटामिन पाइन्छ । यसले पाचन प्रणाली सुधार गर्नुका साथै हार्डजोर्नीको समस्या भएकालाई फलदायी हुन्छ ।

घोंघीलाई नेपालीमा शंखेकिरा भनिन्छ । घोंघी पोखरी, खोला, ताल र बर्खाको सिजनमा धानको खेतमा समेत पाइन्छ । यसलाई खोला, पोखरी, ताल र धानको खेतबाट ल्याएर एक दुई–पटक राम्ररी पखाल्ने । पखालेको घोंघी पानीमा छ देखि बाह्र घण्टा चामलको पिठो वा कनिका हालेर राख्नुपर्ने सञ्चालक चौधरी बताउँछन् । त्यसपछि सफा गरिएको घोंघीको चुच्चो काटेर पकाइन्छ । एक पटक उमालेर चुच्चो काटे अझ राम्रो ।
काठमाडौंमा घोंघीको स्वाद बाह्रमास लिन पाइन्छ । घोेंघीबाट प्रशस्त मात्रमा भिटामिन पाइन्छ । यसले पाचन प्रणाली सुधार गर्नुका साथै हार्डजोर्नीको समस्या भएकालाई फलदायी हुन्छ ।

ढिक्री

ढिक्री चामलको पिठोबाट बनाइने एक परिकार हो । पूर्वीय थारू समुदायले यसलाई बगिया भन्छन् । यो नेवारी परिकार योमरी जस्तै हुन्छ । यो परिकार थारू समुदायमा दशैं, तिहार र माघमा कुल देउताको पूजामा पनि प्रयोग गरिन्छ । माइत आएकी छोरीलाई विदाई गर्दा ढिक्रीको कोेशेली बनाएर पठाउने चलन छ । त्यसैले, ढिक्री खाजा मात्रै नभई थारू संस्कृतिको अभिन्न अंग पनि हो । योमरी गुलियो भएझैं ढिक्रीलाई पनि आफ्नो स्वाद अनुसार विभिन्न फ्लेबरमा बनाउन सकिन्छ । तर सामान्यतः ढिक्री सादा नै हुन्छ । यो घोंघीसंग खाँदा स्वादिष्ट मानिन्छ ।

सुटही अर्थात् सितुवा पनि घोंघी प्रजातिकै खाना हो । यसलाई खोला वा पोखरीबाट ल्याएर उमालेर भित्रको मासु फ्राई गरेर खाने गरिन्छ ।

बरघर रेस्टुरेन्टमा अन्दी चामलको भात, बयरको चट्नी, बरिया, सुटही, गंगटा रैथाने थारू आलु जस्ता अन्य मौलिक थारू परिकार पनि पाइन्छ । बरिया अन्दीको चामलको पिठोबाट सानो–सानो रोटी बनाई तेलमा तारिन्छ । सुटही अर्थात् सितुवा पनि घोंघी प्रजातिकै खाना हो । यसलाई खोला वा पोखरीबाट ल्याएर उमालेर भित्रको मासु फ्राई गरेर खाने गरिन्छ ।

यहाँ घोंघी, ढिक्री, अन्दीको भात, बरिया र थारू आलु प्रतिप्लेट एक सय र बयरको चट्नी प्रतिप्लेट तीस रुपैयाँ पर्ने सञ्चालक चौधरी बताउँछन् । यसैगरी गंगटा र सुटही प्रतिप्लेट तीन सयदेखि चार सयसम्म पर्छ । थारू खानाका लागि प्रयोग हुने सामग्री बर्दिया, सिरहा, सप्तरीलगायतका जिल्लाका अर्ग्यानिक उत्पादन ल्याएर बनाइने चौधरी जनाउँछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested