English

ओस्कार अवार्डले पाँच वर्षपछि बल्ल हाेस्ट पाउँदै



आगामी मार्च २७ मा आयोजना हुने ९४औं संस्करणको ‘ओस्कार एकेडेमी अवार्ड’ ले पुनः होस्ट पाउने भएको छ । सन् २०१८ पछि यो विश्व प्रतिष्ठित अवार्डले होस्ट पाउन लागेको हो ।

सन् २०१९ यता ओस्कार होस्टविहीन हुँदै आएको थियो । हुलु ओरिजिनल्स र एबीसी इन्टरटेनेमन्टका प्रमुख क्रेग एविर्चले यसपटकको ओस्कार होस्टसहित आउने बताए पनि अवार्ड कसले होस्ट गर्ने भन्ने केही खुलाएका छैनन् ।

सन् २०१७ र २०१८ को ओस्कर अवार्डको होस्ट जिमी किमेलले गरेका थिए । सन् २०१९ मा केविन हार्टले होस्ट गर्ने भने पनि उनले वर्षौ पुरानो समलैंगिक ट्विटका लागि माफी नमागेपछि अवार्ड आयोजकले बिनाहोस्ट कार्यक्रम गर्ने निर्णय लिएको थियो ।

पछिल्लो एक दशकमा अवार्डमा क्रिस रक (२०१६), निल पेट्रिक हेरिस (२०१५), एलेन डी जेनरेस(२०१४), सेठ मेकफर्लेन(२०१३), बिली क्रिस्टल(२०१२) र जेम्स फ्रेंको तथा ऐनी हेथवे(२०११)ले होस्ट गरेका थिए ।

सन् २०१९ को जस्तै एबीसीले सन् २०२० मा पनि होस्टबिना नै अवार्ड गर्ने निर्णय लिएको थियो । तर, त्यो अवार्डमा दर्शकले चासो देखाएनन् । सन् २०२१ मा कोरोनाका कारण ढिलो भएको अवार्ड युनियन स्टेसनबाट प्रसारण भएको थियो । जसकारण आयोजकले आधाभन्दा बढी दर्शक गुमाउनुपरेको थियो । यहीकारण ९४ औं संस्करणको अवार्डका लागि होस्टलाई पुनः ल्याउने निर्णय गरिएको हो ।

यसपटक अवार्ड हलिउड एन्ड हाइल्यान्ड सेन्टरको डल्बी थिएटरकै पुरानो स्थानमा गरिँदैछ । गत वर्ष यो कार्यक्रम लसएन्जल्सको यूनियन स्टेसनबाट प्रसारण गरिएको थियो ।

ओस्कर मनोनयनको घोषणा ८ फेब्रुअरीमा गरिनेछ । यो अवार्डलाई विश्वको दुई सयभन्दा अधिक स्थानमा देखाइनेछ । आयोजकका अनुसार ग्लेन विस लगातार सातौंपटक अवार्डको निर्देशक हुनेछन् । विल पेंकर यो वर्षको एकेडेमी अवार्डको कार्यकारी निर्माता रहनेछन् ।
यो पनि

हलिउडका यी फिल्महरूले पाए चर्चित ‘गोल्डन ग्लोब अवार्ड’
‘जी ले जरा’मा कटरिना र विकी अनुबन्धित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested