English

‘बलिउड कलाकारका अघि छायाँमा पर्छु कि भन्ने चिन्ता छ’- विपिन कार्की



फरक अभिनय कलाबाट दर्शकको मनमा बस्न सफल अभिनेता हुन्– विपिन कार्की । दर्जनौँ फिल्ममा अभिनय गरिसकेका कार्की छिट्टै बलिउड फिल्म इन्डस्ट्रीमा ‘एनिमल’ चलचित्रमार्फत जोडिँदै छन् । फिल्ममा कार्कीले बलिउड अभिनेता अनिल कपुर र रणविर कपुरसँगै स्क्रिन शेयर गर्ने छन् । यसै विषयमा केन्द्रित रहेर मेरोलाइफस्टाइलले कार्कीसँग गरेको कुराकानी :

बलिउड चलचित्र ‘एनिमल’को लागि अफर कसरी आयो ?

मुम्बईबाट निर्देशक सन्दीप रेड्डीको टिमबाट फोन आएको थियो । ‘एनिमल’ चलचित्र बनाउने क्रममा डाइरेक्टर टिमले मेरो ‘सेल्फी किङ’ भन्ने चलचित्र हेर्नुभएको रहेछ । ‘एनिमल’मा मलाई फिट हुने खालको चरित्र भएकाले उहाँहरूले फोन गरेर चलचित्र अफर गर्नुभएको हो । म अडिसनमार्फत छानिएको हैन ।

बलिउड फिल्म इन्डस्ट्रीमा जोडिँदै हुनुहुन्छ कस्तो अनुभूति भइरहेको छ ?

बलिउड फिल्म इन्डस्ट्री विश्व व्यापीरूपमा चर्चित छ । हाम्रो जस्तोसानो इन्डस्ट्रीबाट काम गरेर अनुभव बटुलेको मान्छे यति ठूलो क्षेत्रमा जोडिँदा कस्तो हुने हो ? राम्रो काम गर्न सकिन्छ कि सकिँदैन ? ठूला–ठूला सेलिब्रेटीहरूसँग काम गर्दा छाँयामा पो परिन्छ कि भन्ने चिन्ता पनि छ । यति ठूलो अवसर पाएकोमा एक प्रकारको उत्साह पनि छ । यो अवसरलाई मेरो करियरमा जोड्न चाहन्छु ।

थला परेको नेपाली चलचित्र क्षेत्रलाई उठाउनका लागि दर्शकहरूले रुचाउने खालको राम्रो–राम्रो चलचित्रहरू बनाउनुपर्छ । अनि मात्र दर्शकहरू फेरि हलसम्म आइपुग्छन् जस्तो लाग्छ । राम्रो कथा वस्तु बोकेको चलचित्रले दर्शकलाई हलसम्म डोर्याउने काम गर्छ ।

स्क्रिप्ट पढ्नुभएको छ कि छैन ?

मैले स्क्रिप्ट पाएकै छैन । अहिले उहाँहरूले फोन गरेर अफर मात्र गर्नुभएको हो । स्क्रिप्ट विस्तारै उपलब्ध गराउनुहुन्छ होला ।

फिल्ममा तपाईंको भूमिका के हो ?

एउटा महत्त्वपूर्ण भूमिकामा नै प्रस्तुत हुँदैछु भन्ने कुरा सुनेको छु । तर, भूमिका के हो भन्ने कुराको विस्तृत जानकारी भने पाएको छैन ।

चलचित्रको छायांकनमा तपाईं कहिलेबाट जोडिँदै हुनुहुन्छ ?

चलचित्रको छायांकनमा जोडिनको लागि मलाई जुलाई, अगस्टमा मुम्बई बोलाउनुभएको छ । सम्भवतः चलचित्रमा मेरो सुटिङ जुलाई, अगस्ट दुई महिनामा हुन सक्छ ।

‘एनिमल’मा जोडिने पुल कसरी निर्माण भयो ?

सेल्फी किङको निर्देशक विशाल सापकोटाले उहाँहरूलाई सेल्फी किङ हेर्नका लागि आग्रह गर्नुभएको रहेछ । सेल्फी किङमा मेरो भूमिका उहाँहरूलाई मन पर्यो । पछि चलचित्र ‘एनिमल’ बनाउने क्रममा उहाँहरूलाई सेल्फी किङको जस्तो भूमिका चाहिएको हुनाले मलाई अफर गर्नुभएको हुन सक्छ । सायद त्यस्तै भूमिकामा देखिन्छु कि !

‘एनिमल’का लागि कस्तो तयारी गर्दै हुनुहुन्छ ?

चलचित्रमा मेरो रोल कस्तो छ भन्ने कुरा नै थाहा नभएकाले अहिलेसम्म तयारी त केही पनि गरेको छैन ।

तपाईं बलिउडतर्फ जाँदै हुनुहुन्छ, नेपाली चलचित्र थला परेको दुई वर्ष बित्न लाग्यो तपाईंको विचारमा नेपाली चलचित्रलाई चलायमान बनाउन के गर्नुपर्ला ?

थला परेको नेपाली चलचित्र क्षेत्रलाई उठाउनका लागि दर्शकहरूले रुचाउने खालको राम्रो–राम्रो चलचित्रहरू बनाउनुपर्छ । अनि मात्र दर्शकहरू फेरि हलसम्म आइपुग्छन् जस्तो लाग्छ । राम्रो कथा वस्तु बोकेको चलचित्रले दर्शकलाई हलसम्म डोर्याउने काम गर्छ । यही पारामा नेपाली चलचित्र उठ्ला जस्तो मलाई लाग्दैन ।

यो पनि

गुड नाइट : ‘ग्रिन टी नपिई निद्रा लाग्दैन’
जाहान्वी भन्छिन्– ‘बेलुका चकलेट नभई हुन्न’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली