English

वर्षा र आसिफलाई लिएर सिरिज बनाइँदै



सामाजिक र परिवारिक कथावस्तुमा निर्माण हुने टिभी सिरिज ‘किन मायामा’मा जी–ट्वान्टी वान डिजिटल र कान्तिपुर टेलिभिजनले सहकार्य गर्ने भएका छन् ।

असिम शाहद्वारा निर्देशित सिरिजको मुख्य भूमिकामा आसिफ शाहवर्षा राउत अनुबन्धित भएका छन् । अन्य कलाकारहरु चाँडै तय गरिने निर्देशक शाहले बताए ।

१३ एपिसोडमा बन्ने सिरिजको छायांकन कोरोनाभाइरस महमारीको अवस्थामा सुधार भएपछि सुरु हुने भएको छ । कान्तिपुर टिभीबाट प्रसारण हुने र जी–ट्वान्टी वानको डिजिटल प्लेटफर्मबाट सिरिज स्ट्रिमिङ हुनेछ ।

मान्छेहरु अहिले रियालिटी सोको पछाडि दौडिरहेका छन्’ शाहले भने, ‘हामीकहाँ सोसल र फेमिली ड्रामा हेर्न भारतीय टेलिभिजनमा निर्भर हुनुपर्ने बाध्यता छ । नेपाली टिभी दर्शकमा सोसल ड्रामा हेर्ने बानी बसाल्न पनि सिरिज बनाउने निर्णय गरेका हौं ।’

सोसल ड्रामा सिरिजको रुपमा प्रयोग गर्न खोजिएको जानकारी निर्देशक शाहले दिए । अहिले प्रि–प्रोडक्सनमा चरणमा काम भैरहेको छ र लकडाउन भैहाले पनि सानो समूहमा छायांकन गर्ने तयारी रहेको असिमले बताए ।

सिरिज ‘किन मायामा’मा पति पत्नीबीचको सम्बन्धमा आउने उतारचढाव र चिसोपनको कथा समावेश गरिएको छ ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारि ज्योति गुरुङको शब्दमा आयो तमु ल्होसार सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै