English

‘ओ सजन’को सिक्वेलमा पल र कविताको लभ क्यामेस्ट्री



युट्युबमा निकै रुचाइएको थारु लभ सङ ‘ओ सजन’को सिक्वेल ओ सजन २सोमबार सार्वजनिक भएको छ । पहिलो भागलाई युट्युबमा ३१ लाख बढीपल्ट हेरिएको छ ।

थारु भाषामा प्रेमीरप्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गर्ने गरिन्छ । गीतमा थारु भाषामा जमिरहेका गायक नरेश जोगी, गायिकाद्धय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन् ।

रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा अभिनेता पल शाह फिचर्ड छन् । गीतमा उनी र मधेशी समुदायबाट उदाएकी मोडल कविता रायको क्यामेस्ट्री देख्न सकिन्छ । गीतको शब्द र संगीत पनि नरेश जोगीकै हो । गीतमा सहकलाकारका रुपमा कृष्ण जोशी, जुरी ठाकुर, विद्या कार्की, लोकेन्द्र राज चौधरी पनि फिचर्ड छन् ।

गीतको भिडियोमा विक्रम चौहानले निर्देशन र कोरियोग्राफी गरेका छन् । ‘ओ सिजनको पहिलो भागलाई धेरै मन पराएपछि दोस्रो भाग ल्याएका हौं,’ थारु गायक जोगीले भने, ‘अब यसलाई सिनेमाकै स्वरुप दिने विषयमा पनि छलफल भइरहेको छ । पल र कविताजी पनि यसमा सकारात्मक हुनुहुन्छ । छिट्टै सार्वजनिक गर्नेछौं ।’

यो पनि पढ्नुहोस्
जन्मदेखि मृत्युसम्म यस्तो छ थारू समाजको जीवनशैली
महिला ‘बरघर’ले चलाएको थारू समाज



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested