English

दोश्रो विवाहको जिद्दी गर्दै ५ बच्चाका पिता बिजुलीको खम्बामा चढेपछि ! (भिडियो)



६० वर्षको उमेरमा मानिस लोभ, माया, मोह छोडेर भगवानको शरणमा ध्यान केन्द्रित गर्दछन् र पुण्य कमाउन चाहन्छन् । यो भन्दा पहिला आफ्नो परिवारको लागि विभिन्न कुरा गर्दछन् ।

६० वर्षको उमेरमा मानिस वृद्ध भइसक्छ । यो अवस्थामा मानिस साना नातिनातिनीहरुसँग खेलेर समय बिताउन चाहन्छन् । तर भारतको राजस्थानमा एक ६० वर्षीय वृद्ध दोश्रो विवाहको जिदमा एक बिजुलीको खम्बामा चढेका छन् ।

यसको भिडियो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ । निकै कठिनका साथ उक्त व्यक्तिलाई तल झारिएको थियो । पाँच जना बच्चाका पिता ६० वर्षका ती वृद्ध दोश्रो विवाहका लागि खम्बामा चढेका थिए ।

यस्तो हर्कत गरेर ती व्यक्तिले आफूलाई दोश्रो विवाह गर्न परिवारले स्वीकृति देओस् भनेर परिवारमा दवाव दिइरहेका थिए । जो वृद्ध बिजुलीको खम्बामा चढेर इलेक्ट्रिक लाइनलाई समातिरहेका थिए, त्यो बेला तारमा करेन्ट थिएन । यसको जानकारी इलेक्ट्रिक सबस्टेशनका कर्मचारीले दिएका हुन् ।

जसका कारण उक्त वृद्ध दुर्घटनाबाट बच्न सफल भए । यी वृद्धको हर्कतले गाउँका मानिस पनि चकित भए ।

घटना आईतवारको बताइएको छ । यी वृद्धको आजभन्दा ४ वर्ष पहिला श्रीमतीको निधन भएको थियो । उनीबाट तीन छोरा र दुई छोरी छन् । यी नाम नखुलाईका व्यक्ति हजुरबुबा बनिसकेका छन् ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested