English

रोल्पामा सुनिए १७ कविता



‘सुनिल स्मृति साहित्य महोत्सव’ मा आइतबार १७ कविता सुनिएका छन् । दोस्रो दिन ’समयका कविता शीर्षक’मा १७ जना कविहरूले कविता वाचन गरेका हुन् ।

महोत्सवमा घनश्याम अस्तित्वबाट सुरु भएको कविता वाचन दिलीप कुँवरमा आएर टुंगिएको थियो । कार्यक्रममा कवि जनक कार्कीले ‘बिजुलीको खम्बा’ विक्रम पवन परियारले ‘आवाज’, राजु झल्लुप्रसादले ‘विम्ब परिवर्तन गर कवि हो’, अर्पण उत्कर्षले ‘लालसलाम र ताम्सालिङ’, प्रेम प्रकाश मायालुले ‘आगो लिन गएकाहरू’, सविना भुसालले ‘मेरी मरियाना, छोरा जन्माउन कहाँ सजिलो छ र?’, कविता सुनाए ।

यसैगरी, युग सर्वनामले ‘खोलाको गति’, समृद्धि नेपालले ‘हाम्रो देश बोल्छ’, सुशीला सुवेदीले ‘आमा, अझै पनि याद छ मलाई’, विपना मगरले ‘कठै मेरो देशको राजनीति’, एलबी साथीले ‘सिटामोल’, उत्तम लिम्बूले ‘कन्डम फुटेपछि’, मुकुन्द्र खलपात्रले ‘अर्धनग्न सगरमाथा’ शीर्षकका कविता वाचन गरेका थिए ।

महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको यस सेसनमा कविहरूले क्रान्तिको इपिसेन्टर रोल्पाले १० वर्षे जनयुद्धको मर्मलाइ बिर्सनु नहुने उद्घोष गरे । अग्रज कविद्वय श्रवण मुकारुङ र श्यामलले युवा कविहरूमा आशालाग्दो तरिकाले कविता लेखिरहेको बताए । समालोचक एवम् पत्रकार राजकुमार बानियाँले युवा कविहरूमा समसामयिक एवं वैश्विक राजनीति चेत देखिएको आफू खुसी भएको बताए ।

महोत्सवमा रोल्पालीहरूको बाक्लो उपस्थिति रहेको थियो भने स्थानीय जनप्रतिनिधिहरू पनि उपस्थित भएका थिए ।

यो पनि

अनामिकाको खोजी

बस्नेतको ‘महाभारा’ सार्वजनिक, छोरीले गरिन् लोकार्पण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested