English

घट्यो सुनको भाउ



नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा फेरि गिरावट आएको छ । यो साताको तथ्यांक हेर्दा सुनचाँदीको भाउ घट्दै गएको देखिन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपियाँ कायम भएकोमा दोस्रो दिन सोमबार ३०० रुपियाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपियाँ कायम भएको हो । सोमबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपियाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपियाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार ८४५ रुपियाँ कायम भएको महसंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपियाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २२० रुपियाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २२५ रुपियाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ४६ रुपियाँ कायम भएको महसंघले जनाएको छ ।

यो पनि…
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार
यस्तो छ, आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested