के हो राष्ट्रपतिको ‘ड्रेस कोड’ ?

टिप्पणी ।


टिप्पणी ।

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि ९ चैतमा निस्केकी थिइन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा उनको भ्रमण तय भएको थियो ।

राष्ट्रपति भण्डारीको भ्रमणको प्रमुख उद्देश्य बंगलादेशका राष्ट्रपिता बंगबन्धुको जन्म शतवार्षिकीको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुनु थियो । चार वटा बुँदा रहेको समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्य पनि भए, जो खासगरी सम्मानका लागि थिए ।

नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत् प्रस्थान गरेकी उनको टोलीमा ५४ जना सदस्य रहेका थिए ।

भ्रमण दुई दिनको थियो । यस क्रममा राष्ट्रपति आधा दर्जन औपचारिक वा अनौपचारिक कार्यक्रममा सहभागी भइन् । र, खासगरी ४ औपचारिक कार्यक्रममा उनले लगाएको पहिरनको यहाँ चर्चा गर्न खोजिएको हो ।

राष्ट्रपतिका चार पहिरनको एउटा समान पक्ष के थियो भने यी सारी सवै विदेशी थिए ।

सवैभन्दा पहिला कुरा गरौं राष्ट्रपतिले प्रदर्शन गरेका ४ सारी सेटहरूवाट –

सारी नं १

राष्ट्रपति विद्यादेवी भण्डारी ९ चैतमा बंगलादेशका लागि प्रस्थान गर्न एयरपोर्टमा देखिँदा हरियो रंगको सारी सेटमा सजिएकी थिइन् । रातो पारी र गोल्डेन कलरको फेर (बोर्डर) भएको उक्त सिल्कको सारीमा मोतीको मालाले राष्ट्रपतिको व्यक्तित्व झल्केको थियो ।

उनी नेपालवाट विदा भई ढाका विमानस्थलमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले स्वागत गर्दासम्म सोही सारीमा नै थिइन् ।

सारी नं २

९ चैतमा नै राष्ट्रपति भण्डारी ढाका ओर्लेर आरामका लागि होटेल कन्टिनेन्टलमा पुगिन् । सोही होटलमा नै बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेट गरिन् । त्यसवेला राष्ट्रपतिको सारीको रंग फेरियो । उनी त्यसवेला गोल्डेन बुट्टा भएको पहेँलो रंगको सारीमा थिइन् । यस सारीको पारी र फेर (बोर्डर) पनि गोल्डेन नै थियो ।

सारी नं ३

९ चैतकै साँझ राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदसँग भेटवार्ता गरिन् । त्यसवेला उनको सारी सेट पहेँलो (अलि बढी ब्ल्याक मिक्स) थियो । यो पहेँलो सारीमा सानो कालो फेर (बोर्डर) देखिन्छ ।

सारी नं ४

भ्रमणको भोलिपल्ट अर्थात् १० चैतमा राष्ट्रपति भण्डारी त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको स्मृतिमा स्थानीय धनमन्दीमा निर्मित बङ्गबन्धु स्मृति संग्रहालयको अवलोकनमा निस्किइन् । त्यस क्रममा उनी बुट्टाजडित घिउ रंगको सारी सेटमा थिइन् ।

बंगलादेशमा ३६ घण्टा बस्दा राष्ट्रपतिले औपचारिक कार्यक्रममा निस्कदा फेरेका पहिरनको फेहरिस्त हो यो ।

बंगलादेशमा राष्ट्रपतिले औपचारिक रूपमा चार पटक पहिरन परिवर्तन गरिन् भन्ने जानकारी गराउन खोजिएको होइन । प्रश्न हो,‘ड्रेस कोड’ के हो ?

विदेश भ्रमण जाँदा नेपालका पुरुष भिआइपी वा भिभिआइपीहरू खासगरी दौरा सुरुवाल लगाउँछन् । दौरा सुरुवालमा पनि अघोषित नै सही रंगको पनि पहिचान भएको छ । खासगरी सेतो वा घिउ रंगको दौरा सुरुवालमा ढाका टोपी/भादगाउँले र खैरो/खरानी रंगको कोट ।

राष्ट्रपतिको पहिरन कस्तो हुनुपर्छ ? समग्रमा भिभिआईपी महिलाले विदेशी भूमिमा देशको प्रतिनिधित्व गर्दा कस्तो पहिरनमा प्रस्तुत हुनुपर्छ ?

तर, महिला भिआइपी वा भिभिआइपीहरूको ‘ड्रेस’ के हो ? जवाफ हो, सारी–चोलो । तर कस्तो सारी चोलो भन्ने प्रश्न चाहिँ अनुत्तरित छ । राष्ट्रपति भण्डारीको कुरा गर्ने हो भने उनी प्रायः यस्तै पहिरन प्रयोग गर्दै आएकी छन्, जसको अर्थ लाग्दैन ।

राष्ट्रपतिको पहिरन कस्तो हुनुपर्छ ? समग्रमा भिभिआईपी महिलाले विदेशी भूमिमा देशको प्रतिनिधित्व गर्दा कस्तो पहिरनमा प्रस्तुत हुनुपर्छ ? स्वदेश वा विदेश भ्रमणमा निस्कदा राष्ट्रपतिको पहिरनले सकारात्मक सन्देश दिएका छन् वा छैनन् । यसवारेमा सम्बन्धित निकायको ध्यान गएको देखिदैन ।

प्रश्न नं १

रंगीबिरंगी विदेशी सारी लगाउनुको अर्थ र यसले दिएको सन्देश के हो ?

प्रश्न नं २

नेपाली महिला भिभिआईपीको ‘ड्रेस कोड’ के हो ?

प्रश्न नं ३

स्वदेशमा नै सारी उत्पादन हुन्छ । स्वदेशमा बनेको (ढाकाको) सारी लगाउन किन सकिदैन ?

कुटनीतिमा पहिरन ‘बडि ल्याङवेज’कै एउटा पाटो हो । त्यसैले, ‘ड्रेस’मा समेत सन्देश खोजिन्छ । हाउभाउ र पहिरनले दिने औपचारिकताको पनि उत्तिकै महत्व हुन्छ ।

सायद यिनै वियषमा कसी लगाउँदा राष्ट्रपतिको ‘ड्रेस कोड’ तयार हुन्छ । उनको पछिल्लो भ्रमणको ४ पहिरन सकारात्मक सन्देश प्रवाहको सवालमा अमूर्त बने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली सिने क्षेत्रको होस् या सांगीतिक क्षेत्रका कलाकारबीचको द्धन्द्धका खबर बेला–बेला आउँछन् । तर, देशलाई दुखेको बेला सहयोग गर्नेमा यिनै

व्यक्तिहरू प्रायः बेलुकाको खानामा यस्तो चिजहरू खान्छन्, जसको कारणले उनीहरूको पेट गडबडी हुन्छ र उनीहरूले यौनको आनन्द लिन सक्दैनन् ।

नेपालको कुल क्षेत्रफल मध्ये १.७३ प्रतिशत भू-भाग ओगटेको सिन्धुपाल्चोक बागमती प्रदेशको १३ जिल्ला मध्ये सबैभन्दा ठूलो हो । पछिल्लो ७

नेपालमा गत २४ घण्टामा थप २ हजार ५ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना