English

७३ अंकले नेप्से बढ्दा ७ अर्बको कारोबार,



आइतबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम् ७३ अंक बढीको उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ७३.०५ अंकले बढेर २७ सय ६५.५१ अंकमा उक्लिएको हो । यस बढी ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् १३.२१ अंकले बढेर ५१९.३७ विन्दुमा पुगेको छ । यस्तै, ७ अर्ब १० करोड १८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

साताको पहिलो कारोबार दिनसमेत रहेको आज सबै उपसूचक धनात्मक (पोजेटिभ) हुँदै बजार नै हरियाली बनेको छ । यस दिन ट्रेडिङ (व्यापार) समूहको उपसूचक अधिकतम् ६.०८ प्रतिशतले बढेको छ भने, विकास बैंक समूहको ५.४९ प्रतिशतले, फाइनान्स ५.१६ प्रतिशतले, हाइड्रोपावर ४.४९ प्रतिशतले र निर्जीवन बीमा समूह ३.१३ प्रतिशतले वृद्धि भएको छ ।

आज दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक दर्जनभन्दा बढी कम्पनीहरूको मूल्यमा ८ प्रतिशत माथिको वृद्धि भएको छ ।

यो पनि

वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार
यस्तो छ, आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested