English

७३ अंकले नेप्से बढ्दा ७ अर्बको कारोबार,



आइतबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम् ७३ अंक बढीको उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ७३.०५ अंकले बढेर २७ सय ६५.५१ अंकमा उक्लिएको हो । यस बढी ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् १३.२१ अंकले बढेर ५१९.३७ विन्दुमा पुगेको छ । यस्तै, ७ अर्ब १० करोड १८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

साताको पहिलो कारोबार दिनसमेत रहेको आज सबै उपसूचक धनात्मक (पोजेटिभ) हुँदै बजार नै हरियाली बनेको छ । यस दिन ट्रेडिङ (व्यापार) समूहको उपसूचक अधिकतम् ६.०८ प्रतिशतले बढेको छ भने, विकास बैंक समूहको ५.४९ प्रतिशतले, फाइनान्स ५.१६ प्रतिशतले, हाइड्रोपावर ४.४९ प्रतिशतले र निर्जीवन बीमा समूह ३.१३ प्रतिशतले वृद्धि भएको छ ।

आज दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक दर्जनभन्दा बढी कम्पनीहरूको मूल्यमा ८ प्रतिशत माथिको वृद्धि भएको छ ।

यो पनि

वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार
यस्तो छ, आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित