English

आमा बनेपछि ऋचा शर्माको घट्यो १४ केजी तौल



नेपाली चलचित्र क्षेत्रका लागि ऋचा शर्मा चिनाइरहनुपर्ने नाम होइन । अभिनय कलाले सबैलाई लोभ्याउन सफल ऋचा मिस नेपाल २००७ की टप ७ फाइनलिस्टसमेत हुन्।

‘फस्ट लभ’ चलचित्रबाट डेव्यु गरेकी ऋचाले समीक्षक र दर्शकको राम्रो मन जित्न सफल भएकी थिइन्। लुट, भिषा गर्ल, टलक जंग भर्सेस टुल्के, बाटोमुनिको फुल दुई, को आफ्नोलगायतका धेरै चलचित्रमा उनले दर्शकको मन जित्न सफल भइन्।

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ की जजसमेत रहेर २०१९ मा दिपेक्षविक्रम रानासँग विवाह गरेकी ऋचा यतिबेला एक सन्तानकी आमासमेत बनेकी छन्। मातृत्व सुख लिइरहेकी ऋचा यतिबेला काममा समेत फर्किएकी छन्।

सन्तान प्राप्तिपछि बढेको आफ्नो तौललाई घटाएर उनले एक सर्ट फिल्म र एक बाहिरी प्रोजेक्टको सुटिङ सकेकी छिन्। ७७/७८ केजी तौल पुगेकी ऋचाले झन्डै १४ केजी तौल घटाएकी छन्।

ऋचा भन्छिन्, ‘आमा बनेपछि म झन्डै ७८ केजी पुगेकी थिएँ। यो प्राकृतिक प्रक्रिया पनि हो। मैले आमा बनिसकेपछि व्यायाम र डाइट गरेर झन्डै १४ केजी तौल घटाएँ। अहिले काममा व्यस्त राखिरहेकी छु।’

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested