English

आँखाको ज्योतिले जगायो बाँच्ने आसा



‘लगैछल जे आब जिनाइके कोनो अर्थ नई, बुढापा जहन्नम होगेल, लेकिन आँखके शल्यक्रियाके वाद मिलल रोशनी आओर जियके चाह बढादेलक।’ (लाग्दथ्यो, बाँच्नुको अब कुनै अर्थ छैन, बुढ्यौली उमेर नर्क बन्यो, तर आँखाले ज्योति पाएपछि अब भने अझ धेरै बाँच्ने चाहना बढ्यो) ।

केही दिनअघि देब्रे आँखाको शल्यक्रियापछि ज्योति फेरि पाएका महोत्तरी सुदूरदक्षिण पश्चिमवर्ती सम्सी गाउँपालिका–६ पर्सादेवाडका ८० वर्षीय मोहम्मद जमिलले खुसी हुँदै सो भावना पोखे । उनले भने, ‘आब दो महिनावाद दहिना आँखके सेहो शल्यक्रिया करायब’ (अब दुई महिनापछि दाहिने आँखाको पनि शल्यक्रिया गराउँछु) ।

आँखामा मोतीबिन्दु भएर पछिल्ला पाँच/छ वर्षदेखि वरपर घुमफिर र दिसापिसाब गर्न घरपरिवारका सदस्यको सहारा चाहिने जमिल अब आफैँ हिँडडुल गर्नसक्ने भएका छन् । ‘नई सोचल सुख हमरा बुढारी में भेटल (मैंले नसोचेको खुशी यो बुढ्यौलीमा पाँए)’, जमिलले भने । जमिलको देब्रे आँखाको मोतीबिन्दुको शल्यक्रिया बर्दिबास आँखा अस्पतालमा अघिल्लो महिना भएको हो ।

‘कति वर्षदेखि अँध्यारै/अँध्यारो थियो, जिन्दगी नै गर्हुङ्गो लाग्थ्यो,’ गोदावरीदेवीले भने, ‘अब भने बाँची रहन पाउँभन्ने इच्छा जाग्यो, अब लाग्दैछ, यो संसार हामीलाई हेर्नकै लागि हो ।’

जमिलजस्तै सोही बस्तीका ९० वर्षीय मोहम्मद मजिबुलको आँखामा मासु बढेको शल्यक्रिया भएको छ । शल्यक्रियापछि सामान्य हिँडडुल र खान, बस्न निकै सहज भएको मजिबुलको भनाइ छ । यसपालि गएको महिना आँखाको शल्यक्रियापछि ज्योति पाउनेमा सम्सीबजारकै ८० वर्षीया गोदावरीदेवी पनि हुन् । ‘कति वर्षदेखि अँध्यारै/अँध्यारो थियो, जिन्दगी नै गर्हुङ्गो लाग्थ्यो,’ गोदावरीदेवीले भने, ‘अब भने बाँची रहन पाउँभन्ने इच्छा जाग्यो, अब लाग्दैछ, यो संसार हामीलाई हेर्नकै लागि हो ।’

बर्दिबास नगरपालिका–८ हाथीलेटका ८८ वर्षीय रघुवर साह, ८० वर्षीय बद्री महतो, रामगोपालपुर–१ मोहनपुरका ६० वर्षीय मोहम्मद कादिर हुसैन र भङ्गाहा नगरपालिका–९ हरिनमरीकी ६० वर्षीया गुलावदेवी साहले आँखाको शल्यक्रियापछि ज्योति पाउँदा बिछट्ट खुशी लागेको प्रतिक्रिया दिए ।

बर्दिबास आँखा अस्पतालबाट सन् २०२१ भित्र एक हजार ७५० को शल्यक्रिया गरिएको छ । जसमा मोतीबिन्दु, जलबिन्दु र आँखामा मासु बढेका समस्या भएको अस्पताल सञ्चालक समितिका अध्यक्ष मुकुन्दप्रसाद पौडेल बताउछन् ।

हिमालयन आई केयर फाउण्डेशन भक्तपुरको सहकार्यमा बर्दिबास आँखा अस्पताल बर्दिवास (महोत्तरी)ले प्रदेश–२ का महोत्तरीसहितका छिमेकी जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी सन् २०१९ को मार्चदेखि सञ्चालन गरेको आँखा जाँच र शल्यक्रियासहितको निःशुल्क उपचार प्रबन्धले अहिलेसम्म तीन हजार ५८१ ले शल्यक्रियाबाट गुमेको आँखाको ज्योति पाएका छन् । यसमध्ये सन् २०२१ मा एक हजार ७५०, २०२० मा एक हजार र २०१९ मा ८३१ को शल्यक्रिया भएको छ ।

धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिकाको पिडारी बस्तीका १०५ वर्षीय रामलखन राम भन्छन्, ‘बर्दिबासको आँखा अस्पतालले आँखाको जालो हटाइ दियो, अब देखेजति सबै कुरामा चाह बढ्न थाल्यो ।’

‘आँइख नई देखै छली त कत्त छि ? कि खाइछि ? कोनो सुधी नई छल’ (आँखा नदेख्दा कहाँ छु, के खाँदैछु , केही भेउ पाउँदैनथे), धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिकाको पिडारी बस्तीका १०५ वर्षीय रामलखन राम भन्छन्, ‘बर्दिबासको आँखा अस्पतालले आँखाको जालो हटाइ दियो, अब देखेजति सबै कुरामा चाह बढ्न थाल्यो ।’

रामजस्तै धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–१ रम्दैया भवाडी बस्तीका ८० वर्षीय रामभरत साहलाई पनि मोतीबिन्दुको शल्यक्रिया गरेपछि नयाँजीवन पाइएको महसुस भएको छ ।

सो अस्पतालमा सेवा लिनेमा महोत्तरी, धनुषा र सर्लाहीका बढी छन् । पहिलो वर्ष (सन् २०१९) मा रौतहटसम्मका बिरामी आए पनि त्यसयता भने तीन जिल्लाका बढी आएका अस्पतालले जनाएको छ । सन् २०२१ मा बिरामीको पहिचान गर्न अक्टोबरयता विभिन्न ३७ ठाउँमा आँखा जाँच शिविर सञ्चालन गरिएको थियो । शिविरमा जम्मा सात हजार जनाको आँखा जाँच गरिएमध्ये दुई हजार ८०० जनामा शल्यक्रिया गर्नुपर्ने पाइएको अध्यक्ष पौडेलको भनाइ छ ।

जसमध्ये एक हजार ७५० को मात्र शल्यक्रिया सम्पन्न गरिएको छ । शल्यक्रिया गरिनपर्नेमा मोतीबिन्दु, आँखामा मासु पलाएका र जलबिन्दुका बिरामी पाइएको अस्पतालले जनाएको छ । शल्यक्रिया गरिन पर्ने ठहर गरिएका एक हजार ५० अस्पताल नआएको अध्यक्ष पौडेलले बताए । शल्यक्रिया वरिष्ठ आँखा चिकित्सक सर्जन डा लिलाराज पुरी, डा अर्जुन श्रेष्ठ र डा दीपक खड्काले बर्दिबास आँखा अस्पतालमा गर्दै आएका छन् ।

बितेका तीन महिनाबीच सम्पन्न शिबिरमा अस्पतालले एक हजार ९०० जनालाई एडिसिनल पावरको रिडिङ्ग्लास (चश्मा) वितरण गरेको छ । आँखाको देख्ने शक्ति कम हुँदै गएर सियोमा धागो उन्न नसक्ने, हराएका ससाना बस्तु नदेखिने र पढ्न नसक्नेलाई यस्तो चश्माले तत्काल राहत दिएको छ ।

सन् २०२१ को अक्टोबरयता आयोजना गरिएका शिबिरमा सामान्य प्रकृतिका बिरामीलाई औषधि वितरणमा स्थानीय सामाजिक सङ्घसंस्था र मनकारी व्यक्तित्वको सहयोग प्राप्त भएको छ । बितेका तीन महिनाबीच सम्पन्न शिबिरमा अस्पतालले एक हजार ९०० जनालाई एडिसिनल पावरको रिडिङ्ग्लास (चश्मा) वितरण गरेको छ । आँखाको देख्ने शक्ति कम हुँदै गएर सियोमा धागो उन्न नसक्ने, हराएका ससाना बस्तु नदेखिने र पढ्न नसक्नेलाई यस्तो चश्माले तत्काल राहत दिएको छ ।

यो पनि…
संगीतमा दंग ज्येष्ठ नागरिक
तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,