English

आँखामा देखिन्छ घरेलु हिंसाको प्रमाण



यशोदा जिएमलाई श्रीमान वीरबहादुरले भदौ पहिलो साता कुटपिट गरे । घरायसी कुरामा भएको सामान्य विवादले उनले कुटाइ खानु पर्यो । कुटपिटपछि उनको आँखामा चोट लाग्यो । चोटका कारण आँखा रातो निलो हुन थाल्यो । तर, उनले यसबारे कसैलाई बताउन चाहिनन् । आँखामा लागेको चोटबारे उनले विभिन्न बाहना बनाएर टार्दै गइन् । आँखाको भाग विस्तारै गाढा निलो हुँदै गएपछि आँखाको उपचारका लागि अस्पताल पुगिन् ।

तुलसीपुरकी दिलमाया नेपालीको पनि श्रीमानकै कुटाइका कारण दुईवटै आँखामा चोट लाग्यो । एउटा आँखा तीन चार दिनसम्म सुिन्नयो । जानेजति घरेलु उपचार गरिन् । तर दुई सातासम्म पनि उनको र आँखा निको भएन । अन्त्यमा उपचारका लागि अस्पताल पुगिन् ।

यशोदा र दिलमायाजस्ता कयौँको अवस्था अहिले त्यस्तै देखिएको छ । घरेलु हिंसाको पीडा आँखाबाट देखिने गरेको छ । विभिन्न कारणले हिंसामा परेका महिलाहरूको शरीरका विभिन्न भागमा थुप्रै चोटहरू हुन्छन्, देखिँदैनन् । तर, आँखामा लागेका चोटहरू प्रष्ट देखिने हुँदा हिंसाका प्रमाण आखाँमा देखिन्छ ।

विभिन्न कारणले हिंसामा परी आँखाको चोट लिएर अस्पताल धाउनेहरू पनि उत्तिकै छन् । राप्ती आँखा अस्पतालको तथ्यांकमा घरेलु हिंसाले आँखामा चोट लागेका ५६ जना पीडितहरूले अस्पतालबाट उपचार गराएका छन ।

विभिन्न कारणले हिंसामा परी आँखाको चोट लिएर अस्पताल धाउनेहरू पनि उत्तिकै छन् । राप्ती आँखा अस्पतालको तथ्यांकमा घरेलु हिंसाले आँखामा चोट लागेका ५६ जना पीडितहरूले अस्पतालबाट उपचार गराएका छन । अस्पतालका बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले सन् २०१९ मात्र १६ जना हिंसा पीडितहरूको आँखाको उपचार गरेको जानकारी दिए । सन् २०२० मा २३ जना र १७ नोभेम्बर २०२१ सम्म १७ जना हिंसा पीडितले अस्पतालको सेवा लिएको उनले बताए ।

घरपरिवार र आफन्तिको कुटपिटमा परी आँखामा चोटैचोट र आँखा निलो भए पनि खाटमा, ढोकामा, झ्यालमा ठोक्किएर चोट लागेको बहान महिलाहरूले गर्दै आएका छन् । अन्तिममा मात्र सत्य कुरो आउने हुँदा कहिलेकाहीँ उपचारमा समेत समस्या देखिने गौतमको भनाइ छ ।

‘कसरी चोट लाग्योभन्दा उहाँहरू सबैको साझा जवाफ भनेकै ढोकामा, झ्यालमा ठोक्किएर हो भन्नु हुन्छ,’ उनले भने, ‘चोट के कारणले लागेको हो, कसरी लागेको हो, त्यसैअनुसार उपचार गर्नुपर्छ भनेर अनेक तरिकाले कुरा गरेपछि मात्र उहाँहरूले सहि कुरा बताउनुहुन्छ ।’

यस वर्षका १७ जनामध्ये सबैभन्दा धेरै श्रीमानबाट कुटपिट, श्रीमान श्रीमतीबीचको कुटाकुट, छोराबाट कुटपिट, देवरबाट कुटपिटका आएका छन् ।

यो पनि…
तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने

शान्तीको जीवनमा अशान्ति ल्याउँदै क्रसर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested