English

उकालो लाग्यो नेप्से



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक उकालो लागेसँगै नेप्से आज बढेको हो ।

बिहीबार नेप्से परिसूचक ४३.२९ अंक अर्थात १.६३ प्रतिशत बढेर २६९२.४७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ९.१६ अंक, फ्लोट इण्डेक्स ३.०४ अंक र सेन्सेटिभ इण्डेक्स ३.३१ अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन साढे ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज २३८ पटकको कारोबारमा ४८ हजार १६१ पटकको कारोबार ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको ७३ लाख ३६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। व्यापार र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने घटेको छ।

आज तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, राष्ट्रिय बीमा कम्पनी र मैलुङ्गखोला जलविद्युत कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने स्वरोजगार लघुवित्त, सेञ्चुरी कमर्सियल बैंक, एनआईसी एशिया बैंक र माउन्टेन इनर्जी नेपालको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एनबीबीएल डिबेञ्चरको मूल्य भने सर्वाधिक ३.५३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १६ करोड ३७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज एनआईसी एशिया बैंक र नेशनल माइक्रोफाइनान्सको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्’
सेयर बजारमा उछाल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित