English

नेप्से सूचक ओरालो, कुन-कुन घट्यो ?



बुधबार नेप्से परिसूचकमा करेक्सन भएकाे छ। पछिल्लाे ४ काराेबार दिनमा निरन्तर उकालाे लागेकाे बजारमा आज करेक्सन भएकाे हाे।

यस दिन नेप्से परिसूचक ३०.७५ अंक घटेर २६४९.२० विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ६.६८ अंक, फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.७५ अंक घटेको छ।

सूचक ओरालो लागेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन २३६ कम्पनीको ५८ हजार ५७२ पटकको कारोबारमा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार रुपैयाँ बराबरको ९५ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सो कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशत बढेको छ। त्यसैगरी, आज छ्याङ्दी हाइड्रोपावर र तेह्रथुम पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।

त्यसैगरी, आज जनउत्थान सामुदायिक लघुवित्त र विशाल बजारको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विजय लघुवित्त, फस्ट माइक्रोफाइनान्स, कालिका लघुवित्त र सिभिल लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १८ करोड ७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपि पावरको १६ करोड ७४ लाख, अपर तामाकोशीको १४ करोड ३५ लाख, अरुण भ्याली हाइड्रोपावरको ११ करोड र एचआईडिसीएलको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बुधबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक मात्र बढेका छन् भने बाँकी ११ उपसमूहको परिसूचक घटेका छन्। आज जलविद्युत उपसमूहको परिसूचक ०.४९ प्रतिशत र वित्त उपसमूहका परिसूचक ०.१० प्रतिशत बढेको छ। आज लघुवित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, आज बैंकिङ्ग, विकास बैंक, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यो पनि…
युरिक एसिड नियन्त्रण गर्ने ५ खानेकुरा

जाडोमा उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुराहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested