English

बुद्ध अभियानमा जोडिए सेलिब्रिटी, सम्मानित भए पूर्व राजदूतहरु (भिडियो पनि)



सिद्धार्थ गौतम बुद्धको जन्मस्थल कहाँ हो ? नेपालको लुम्बिनी । तर, विश्वमा भने यसबारे विभिन्न भ्रम व्याप्त छन् । यही भ्रमलाई चिर्न सन् २००९ मा लुम्बिनी–कपिलवस्तु विश्व अभियान सुरु भयो ।

यो अभियानले बुद्धको जन्मस्थल विषयमा सिर्जना भएको विश्वव्यापी दिग्भ्रमलाई निस्तेज गर्न चालेको कदमलाई विभिन्न देशका नेपाली राजदूत र कलाकारहरुले साथ दिँदै आएका छन् । त्यसो त अभियानलाई अझै सशक्त रुप दिन अभियानले हालै १२ जना सेलिब्रिटीलाई अभियान दूतको रुपमा नियुक्त गरेको छ । साथै, विभिन्न देशमा बुद्धबारे भ्रम चिर्न योगदान पुर्याउने पूर्व राजदूतहरुलाई समेत सम्मान गरेको छ ।

मंगलबार खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भएको कार्यक्रममा गायिका सुनिता दुलाल, मेलिना राई, मिना लामा, अभिनेत्री रेखा थापा, तेक्वान्दो खेलाडी रोमी गिरी, मोडल शोभा महर्जन, हास्यकलाकार सुवोध गौतम, ब्याटमिन्टन खेलाडी राजकुमार गुरुङ, नेपाल राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी महासंघका अध्यक्ष दिपक श्रेष्ठ, महासंघका महासचिव शिव सुन्दर थेवेलगायतलाई अभियान दूतमा नियुक्त गरिएको हो ।

उनीहरुलाई प्रचण्डले प्रमाणपत्रसमेत प्रदान गरेका थिए । अभियानले केही वर्ष अघि विश्व कीर्तिमानी डान्सर बन्दना नेपाल, गायिका प्रमिला राई लगायतलाई दूतमा नियुक्त गरेको थियो । साथै, पूर्व राजदूतहरुमा मोहनकृष्ण श्रेष्ठ, राममणी पोखरेल, दीपकुमार उपाध्याय, कमलप्रसाद कोइराला, अम्बिका मानन्धर लुईंटेल, मुक्तिनाथ भट्ट लगायतलाई सम्मान गरिएको थियो ।

फ्रान्सका लागि पूर्व राजदूत श्रेष्ठले युनेस्कोको मुख्यालय पेरिसमा बुद्धको प्रतिमा स्थापित गर्न मूख्य योजनाकारको भूमिका खेलेकाले सम्मान गरिएको अभियानका विश्व संयोजक राम कुमार श्रेष्ठले बताए ।

कार्यक्रममा पूर्व राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा युनेस्कोमा बुद्धको मुर्ति राख्न गरेको प्रयत्न सम्झँदै भने, ‘सन् २०१३ मा नेपाल युनेस्कोको सदस्य राष्ट्र भएको ६० वर्ष पुगेका अवसरमा आएका पाहुनाहरुलाई वुद्धको मुर्ति उपहार दिने सोच बनाएँ । तर, नेपालबाट बुद्धको मुर्ति ल्याउनै भयो ।’

यसको कारक भने नेपालको राजनीति रहेको उनले सुनाए । ‘युनेस्कोले पनि स्वीकृति दियो मेरो कार्यकाल पनि सकियाे तर, सन् २०१५ मा युनेस्कोको कार्यालयमा बुद्धको मुर्ति राखियो ।’

मुर्ति राख्ने बेला फ्रान्सका लागि नेपाली राजदूत अम्बिका मानन्धर लुईंटेल थिइन् । युनेस्कोको ७० औं वार्षिकीको अवसरमा १ सय ६४ सेन्टिमिटर अग्लो, ४८ इन्च चौडाई रहेको १ सय केजी तौलको बुद्धका मुर्ति अनावरण गरिएको थियो । त्यसैले लुईंटेललाई पनि अभियानले सम्मान गरेको छ । त्यस्तै, बेल्जियमका पूर्व राजदूत पोखरेलले हेगमा वुद्धको मुर्ति स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको थियो ।

साथै, कोरियाका लागि पूर्व राजदूत कोइरालाले कोरियाको पाठ्यपुस्तकमा बुद्धको जन्मस्थल विषयमा भएको गलत जानकारीलाई सच्याउने भूमिका खेलेका थिए भने स्वीडेनका पूर्व राजदूत भट्टले पनि स्वीडेनको पाठ्यपुस्तकमा सच्याउन गरेको प्रयत्नलाई कदर गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले अभियानलाई थप सफलताको शुभकामना दिए । नेपाललाई विश्वमा चिनाउने ऐतिहासिक गौरवको रुपमा बुद्धको जन्मस्थल लुम्बिनी हो भन्ने कुरा जति फैलाउँदै गयो नेपालको राष्ट्रिय पहिचान र समृद्धिको यात्रा पनि तीव्र गतिमा बढ्दै जाने उनले बताए ।

‘यो कहिल्यै नसकिने र कहिल्यै नटुट्ने अटुट यात्रा हो जति बढायो त्यति समृद्धि बढ्छ र संसारभरका मानिसले बुद्धको सन्देशलाई नजिकबाट नियाल्ने, शान्तीको सन्देश विश्वभर छर्ने अभियान हो,’ बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रचण्डले भने, ‘यो अभियानमा सबै नेपालीले जो जहाँ छ त्यहीँबाट हातेमालो गर्नुपर्छ ।’

‘यो हाम्रो पुस्ताको लागि मात्र नभएर भावी पुस्ताका लागि पनि गौरवशाली सन्देश दिनका लागि यो अभियान चलाइराख्नु पर्छ,’ प्रचण्डको जोड थियो ।


कार्यक्रममा विश्व संयोजक श्रेष्ठले प्रचण्डलाई ‘लुम्बिनी कुटनीति’को अवधारणा पत्रसमेत हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले अभियानको मूल उद्धेश्य बुद्धको जन्मथलोका बारेमा रहेको भ्रमलाई चिर्ने रहेको प्रष्ट पारे ।

भिडियो

तस्बिर/भिडियोः सिमोन तामाङ

यो पनि पढ्नुहोस्
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
पर्यटक पर्खदै बुद्ध जन्मस्थल लुम्बिनी
ओलीजस्तै प्रचण्ड
प्रचण्डको हातमा ट्याक्टरको स्टेरिङ थमाएपछि…




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested