English

चीनको अन्तरिक्षयानले पठायो मंगल ग्रहमा हिउँ परेको र बाँझो मैदानको लोभलाग्दा तस्वीरहरू



चीनले अन्तरिक्षमा डेढ वर्षअघि पठाएको अन्तरिक्ष यान तियानवेन–१ ले मंगल ग्रहमा हिउँ परेका लोभलाग्दा तस्विरहरू पृथ्वीमा पठाएको छ । मंगल ग्रहको अनुसन्धानअन्तर्गत त्यहाँ तियानवेन–१ ले खिचेका चार ओटा तस्विरलाई चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले सार्वजनिक गरेको छ ।

ती रंगीन तस्वीरहरूमा तियानवेन मार्स मिसन रातो ग्रह वरपर घुमिरहेको देखिन्छ । त्यस्तै, तस्वीरमा मंगल ग्रहको उत्तरी ध्रुवमा हिउँले ढाकेको तथा मंगल ग्रहको बाँझो मैदान देख्न सकिन्छ । ती सबै तस्विर यानमा जडान गरिएको क्यामराले खिचेको हो । सो यान अहिले पृथ्वीबाट ३५ करोड किलोमिटर टाढा छ ।

गत वर्षको जुलाईमा चीनको हेनान प्रान्तको वेन्चाङ स्पेस लन्च सेन्टरबाट पठाइएको तियानवेन १ को नाम चीनको एउटा प्राचीन कवितासँग जुराइएको थियो । यही १० फेब्रुवरीमा मंगल ग्रहको कक्षमा पुग्नुअघि यानले ४७ करोड ५० लाख किलोमिटर यात्रा पार गरिसकेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,