English

चीनको अन्तरिक्षयानले पठायो मंगल ग्रहमा हिउँ परेको र बाँझो मैदानको लोभलाग्दा तस्वीरहरू



चीनले अन्तरिक्षमा डेढ वर्षअघि पठाएको अन्तरिक्ष यान तियानवेन–१ ले मंगल ग्रहमा हिउँ परेका लोभलाग्दा तस्विरहरू पृथ्वीमा पठाएको छ । मंगल ग्रहको अनुसन्धानअन्तर्गत त्यहाँ तियानवेन–१ ले खिचेका चार ओटा तस्विरलाई चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले सार्वजनिक गरेको छ ।

ती रंगीन तस्वीरहरूमा तियानवेन मार्स मिसन रातो ग्रह वरपर घुमिरहेको देखिन्छ । त्यस्तै, तस्वीरमा मंगल ग्रहको उत्तरी ध्रुवमा हिउँले ढाकेको तथा मंगल ग्रहको बाँझो मैदान देख्न सकिन्छ । ती सबै तस्विर यानमा जडान गरिएको क्यामराले खिचेको हो । सो यान अहिले पृथ्वीबाट ३५ करोड किलोमिटर टाढा छ ।

गत वर्षको जुलाईमा चीनको हेनान प्रान्तको वेन्चाङ स्पेस लन्च सेन्टरबाट पठाइएको तियानवेन १ को नाम चीनको एउटा प्राचीन कवितासँग जुराइएको थियो । यही १० फेब्रुवरीमा मंगल ग्रहको कक्षमा पुग्नुअघि यानले ४७ करोड ५० लाख किलोमिटर यात्रा पार गरिसकेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested