English

बिरामीको घर–घरमै पुगेर स्वास्थ्य सेवा दिँदै ग्रान्डी



टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले लामो समय अस्पतालमा उपचार गरी घर गएका बिरामीको घर–घरमै पुगेर स्वास्थ्यसेवा प्रदान गर्ने भएको छ । अस्पतालको नवौँ वार्षिकोत्सवका अवसरमा सोमबार साँझ आयोजित कार्यक्रममा अस्पतालबाट घर गएका बिरामीको घर–घरमै पुगेर स्वास्थ्य उपचार गराउन ‘ग्राण्डी एट होम’ सेवाको शुभारम्भ गरेको हो । ग्राण्डीमा उपचार गराएर घर फर्किएका बिरामीको फलोअपका लागि बारम्बार अस्पताल आउन झण्झट हुने भएकाले घरमै पुगेर स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले ‘ग्राण्डी एट होम’ सेवाको शुरुआत गरिएको अस्पतालका मेडिकल निर्देशक डा विनोद बिजुक्छेले जानकारी दिए

। “बिरामीको टाँका काट्ने, डाक्टर कन्सल्टेसन, घाउको ड्रेसिङ, औषधिसम्बन्धी सरसल्लाह, रगत एवं दिसापिसाब पुनः चेकजाँच, पिसिआर चेकजाँच आदि ‘ग्राण्डी एट होम’ सेवामार्फत गछौँ”, उनले भने । हाल उक्त सेवा काठमाडौंको चक्रपथ वरपरका क्षेत्र, ललितपुर महानगरपालिका क्षेत्र र भक्तपुरको ठिमी वरपरका क्षेत्रमा लागू गर्ने अस्पतालले जनाएको छ ।

कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले सबैको साथ, सहयोग र समर्थनका कारण ग्राण्डी अस्पतालले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मारेको बताए।

निजी क्षेत्रको लगानीमा विस २०६९ पुस १९ मा स्थापना भएको उक्त अस्पतालले विभिन्न ३० भन्दा बढी विधामा बिरामीको उपचार गराउँदै आएको छ । ‘केयर टु क्योर’ भन्ने मूल नाराका साथ सन् २०१२ जनवरी ३ मा स्थापना भएको ग्राण्डीले हाल एक हजार व्यक्तिलाई प्रत्यक्षय तथा अप्रत्क्षय रूपमा रोजगारी प्रदान गर्दै आएको छ । यस्तै, २८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालले २०९ शय्यामार्फत बिरामीको उपचार गर्दै आएको छ । अस्पतालको नवौँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई समेत सम्मान गरिएको थियो । सोही अवसरमा ग्राण्डी अस्पतालबाट प्रकाशन हुँदै आएको ‘ग्राण्डी जर्नल’को समेत विमोचन गरिएको थियो ।

यो पनि…
युरिक एसिड नियन्त्रण गर्ने ५ खानेकुरा

जाडोमा उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुराहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested