English

किन पाएन ‘फलफूलको राजा’ किवीले बजार ?



फलफूलको राजा उपनामले परिचित फल किवीले अहिले बजार पाउन सकिरहेकाे छैन । बजार अभावका कारण उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान निराश बनेका छन् । सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने आसले खेती गरेका किसानले किवी फल पाक्ने बेलामा बजारकाे समस्यामा परेका छन् ।

ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवीखेतीप्रति प्रभावित भएर किवीखेती गर्न लागिएको तर अहिले सोचेजस्तो मूल्य नआएपछि उनीहरू निराश भएका छन् । किवीका खेतिका आर्थिक लगानी डुब्न लागेको भन्दै खेतीमा सङ्लग्न किसान चिन्तित भएका हुन् ।

ताप्लेजुङमा पाँचरसात वर्षअघिदेखि किसानले किवीखेती सुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन सुरु गरेका छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर घट्दै गएकाले सोचेजस्तो फाइदा लिन नपाएको किसानको भनाइ छ । किसानकाअनुसार किवी उत्पादन बढ्दै जाँदा बजार माग भने नभएकाले उनीहरूमा बजारको चिन्ता रहँदै आएको थियो ।

सिरिजङ्गा गाउँपालिका–५ पेदाङका किसान खेलप्रसाद बुढाथोकीले किवीको बजार माग शून्यजस्तै रहेको बताए । जिल्लामा अधिकांश किसानले एकै समयमा किवीखेती शुरु गरेकाले अहिले सबै ठाउँमा उत्पादन हुन थालेको बुढाथोकीले बताए । किवीको बजार नहुँदा उत्पादन धमाधम भए पनि आम्दानी लिनबाट किसानले बञ्चित हुनुपरेको उनको भनाइ छ । उनका अनुसार जिल्लामा झण्डै एक हजार क्विन्टलको हाराहारीमा किवी उत्पादन हुन थालेको छ ।

यस्तै, फुङ्लिङ नगरपालिका–६ का किसान हर्कराज गुरुङले पनि आम्दानी थाप्ने समयमा किवीले बजार नपाउँदा आफूहरू मारमा परेको बताए । किवीको बजार अभावसँगै उचित मूल्य नपाउँदा खेतीमा सङ्लग्न किसान मारमा पर्दै आएको अवस्थालाई दृष्टिगत गरी स्थानीय सरकारले बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने गुरुङले माग गरे । शीतभण्डार (कोल्डस्टोर)सहित प्रशोधन गर्ने व्यवस्था भएमा किसानलाई राहत पुग्ने उनको भनाइ छ ।

पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका किसान विजय डाँगीले किवीको बजार व्यवस्थाका लागि स्थानीय सरकार हुँदै प्रदेश र सङ्घीय सरकारबाट कुनै सहयोग नहुने हो भने किसानले लाखौँ आम्दानी गुमाउनुपर्ने अवस्था आउने बताए । बजार व्यवस्थामा तीनै तहको सरकारको सहयोग भएमा किवीखेतीमा संलग्न किसानलाई ठूलो राहत पुग्ने डाँगीको भनाइ छ । यसरी उनीहरू जस्तै जिल्लामा किवीको व्यावसायिक खेतीमा संलग्न रहँदै आएका किसान बजार अभावले भौतारिँदै आएका छन् । शुरुमा प्रतिकिलो रु ६०० सम्म पर्ने गरेकामा अहिले स्थानीय बजारमा मुस्किलले प्रतिकिलो रु ८० देखि १०० सम्ममा खरिद–बिक्री हुने गरेको छ । उक्त मूल्यमा पनि जिल्लामा उत्पादन हुने सबै परिमाण खपत नहुने किसानको भनाइ छ ।

फक्ताङलुङ गाउँपालिका–४ इखाबुका स्थानीयवासी कुमारीबुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहँदारहँदै पनि यसबाट किसान बञ्चित हुनुपरेको बताए । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने काम्बाङको भनाइ छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको काम्बाङले बताए ।

यो पनि पढ्नुहोस् :
मोडल भिलेज : घरघरमा बाख्रा, दैलोदैलोमा तरकारी
तरकारी खेतीका लागि टनेल बनाउन के–के सामग्री आवश्यक पर्छ ? कति लाग्छ खर्च ?
कृषिमा रमाउँदै कपिल सर– काँक्रो र गोलभेंडाबाटै ४ लाख आम्दानी
पौरखी शिक्षक: जसले भित्र्याए कृषिमा जापानी प्रविधि
नेपालमा भित्रिए यस्ता कृषि प्रविधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

Latest










Popular
Suggested