English

दीपक लिम्बुका फ्यान: रुनेदेखि हाँस्न लगाउने सम्म



प्रथम ‘नेपाली तारा गायक दीपक लिम्बू नेपाली सांगीतिक क्षेत्रमा एकदमै रुचाइएको गायकभित्र पर्छन् । उनले स्वर दिएका चलचित्रका साथै आधुनिक गीतहरू धेरै दर्शकको मनमा बसेको छ । उनले गाएका सयौं गीतहरूले दर्शकको मन जितेका छन् । उनका ‘मेरो कल्पनामा आज एउटी परी’, ‘ढल्क्यो ढल्क्यो’, ‘नाइँ नभन्नू ल’, ‘मुटु माग्यौ तिमीले’ लगायतका गीत आज पनि उत्तिकै लोकप्रिय छन् । लामो सांगीतिक यात्रा पार गरेका लिम्बूका धेरै फ्यानहरू छन् । धेरै फ्यानहरूमध्ये केही यस्ता अनौठा फ्यानलाई भने उनी अझै सम्झिरहन्छन् ।

रुने फ्यान

नेपाली ताराको विजय भएलगतै काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको स्टेज कार्यक्रममा सहभागी हुनका लागि लिम्बू टुँडिखेल पुगेका थिए । कार्यक्रम सकाएर जब उनी स्टेजबाट झरे एउटा युवती उनको नजिक आएर ह्वाँ–ह्वाँ रुन थालिन् ती युवती रोएको देखेर दीपक छक्क परेर ती युवतीलाई सोधे किन रुनुभएको ? ती ‘युवतीले आँखा मिच्दै भनिन्– ‘म तपाईंको एकदमै ठूलो फ्यान हुँ, तपाईंलाई हेर्न आएको भेट्न पाउँदा आफूलाई थाम्नै सकिनँ’ ती युवतीलाई दीपक कहिल्यै बिर्संदैनन् ।

हाँस्न लगाउने फ्यान

एकपटक म्युजिक भिडियो सुटिङको क्रममा एक जना युवतीले फोन गरेर ‘ तपाईंको हाँसो एकदमै मनपर्छ, एकपटक हाँसिदिनुस् न ।’ भन्ने फ्यान पनि उनलाई अझै याद छ । ती फ्यानलाई सम्झँदै उनी भन्छन्–‘एउटा गीतको सुटको लागि महेश खड्का दाइसँग बसिरहेको थिएँ अन्जान नम्बरबाट फोन आयो ।’, ‘फोन उठाएर को बोल्नुभयो भन्दै थिएँ, ती युवतीले ‘तपाईको हाँसो एकदमै मन पर्छ एकपटक हाँसिदिनुस् न’ भनिन् ।’

उनको कुरा सुनेर दीपक साच्चैँ हाँसे त्यसपछि ती युवतीले उनलाई कहिल्यै फोन गरिनन् ।

फूल दिने फ्यान

सुनसरीको एउटा कार्यक्रममा एक जना फ्यानले कार्यक्रम भइरहेको स्टेजमा उक्लिए उनलालाई फूल दिएका थिए । स्टेजमा दीपक गीत गाइरहेका थिए सबै जना हुटिङ गरिरहेका थिए एक्कासि एक जना स्टेजमा चढेर फूल दिएर ‘म तपाईंको फ्यान हुँ’ भन्दा उनलाई अनौठो लागेको थियो ।

गहभरि आँसु पार्ने फ्यान

लगभग चार वर्षअघि धनकुटाको एउटा कार्यक्रममा जाँदाको एउटा घटनालाई पनि उनी सम्झिरहन्छन् । एउटा कार्यक्रममा सहभागी हुनका लागि दीपक धनकुटा पुगेका थिए । कार्यक्रम सकेर उनी त्यही दिन काठमाडौं फर्कंदै थिए । फर्कने बेलामा एक जना युवतीसँग उनको भेट भयो । ती युवती उनको नजिक आउँदा कामिरहेकी थिइन् र आँखाभरि आँसु पनि थियो । नजिकै आएर ती युवतीले आज काठमाडौं नफर्किन अनुरोध गरिन् । ‘नेपाली तारादेखि म तपाईंको फ्यान हुँ’ भन्दै ती युवती काँपेको उनी सम्झिरहन्छन् ।

यो पनि पढ्नुहोस् :
ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म
विराट भट्टका फ्यानः मोवाइल फुटाउनेदेखि घरका भित्ताभरि फोटो टाँस्नेसम्म



सम्बन्धित खबरहरु

कथा र अभिनयले चलचित्रलाई जीवन दिन्छ, दर्शकको साथ र मायाले त्यसमा आत्मा भरिदिन्छ । यही समीकरणलाई नेपाली चलचित्र ‘परान’ ले

सङ्गीतकार दीपकराज विश्वकर्मा, गायक नारायण गजमेर र गायिका मेलिना राईको सहकार्यमा तयार भएको दसैं गीत ‘टिका जमरा’ को भिडिओ सार्वजनिक

नेपालको राजनीतिक अस्थिरता झण्डै दुई दशकदेखि निरन्तर चलिरहेको छ । २०७२ सालमा संविधान जारी भए पनि त्यसको कार्यान्वयनका क्रममा उठेका

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

Latest










Popular
Suggested