English

विवाहमा डोली चढ्न लागेकी बेहुलीको रुँदारुँदै मृत्यु



विवाह एउटा पवित्र बन्धन हो । विवाह आफ्नो परम्पराअनुसार गरिन्छ । हाम्रो हिन्दू धर्मावलम्बीहरुको अनुसार विवाहमा बेहुली अन्माएपछि डोली चढाएर बिदा गरिन्छ ।

बेहुली बेहुलाको घर जाने क्रममा डोली चढ्दा धेरै रुन्छन् । एउटा यस्तै घटना भारतको ओडिशामा पनि भएको छ । विवाह सकिएपछि डोली चढाउने बेला बेहुली यति धेरै रोइन् कि, उनको मृत्यु भयो ।

भारतको ओडिशास्थित सोनपुरमा यो घटना भएको थियो । त्यहाँकी मुरली साहूकी छोरी रोजीको बलांगीर जिल्लाको टेटलगाउँ निवासी बिसीकेसनसँग विवाह हुँदै थियो । विवाहको सबै कर्म सकियो । त्यसपछि बेहुलीलाई डोली चढाउन लाग्दा उनी यति धेरै रोइन् कि उनको मृत्यु भयो ।

उनी डोली चढाउन लाग्दा बेहोस भएर जमीनमा ढलेको र मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । रुने क्रममा उनलाई हृदयघात भएर मृत्यु भएको हुन सक्ने चिकित्सकले बताएका छन् ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested