८ वर्षसम्म नाकमा बन्दूकको गोली, हैरान भए डाक्टर !



संसारमा यस्ता पनि कुरा हुन्छन् कि, सबैजना केही कुराले गर्दा अचम्मित हुने गर्दछन् । एउटा यस्तै घटना अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । साना बच्चा खेल्ने क्रममा विभिन्न काम गरेर फसेको त हामीले देखेका र सुनेका नै छौँ ।

यस्तै एउटा घटना एक बच्चाको जीवनमा पनि भएको छ । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको नाकमा ८ वर्ष यता बन्दूकको गोली रहेको बताइएको छ । उनलाई यो समयमा विभिन्न प्रकारका समस्या भएको थियो ।

बन्दूकको गोली नाकमा अड्किएपछि उनले डाक्टरसँग सल्लाह मागे । डाक्टरले ट्यूब क्यामेरा लगाएर हेर्दा उनको नाकमा गोली रहेको पत्ता लगाए । त्यसले उनलाई टरबिनेट हाइपरट्रफी नामको समस्या भएको थियो ।

१६ वर्षसम्म उनको परिवारले यसलाई आम समस्या सोचेर चुप लागेका थिए । तर बच्चाको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लगेर जाँच गर्दा उनको नाकमा गोली फेला परेको हो ।

डाक्टरले उनको नाकबाट ९ एमएमको गोली निकालेका हुन् । खबरका अनुसार उनलाई ८ वर्षको उमेरमा गोली लागेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आमरुपमा पनि एक परिवार चलाउनको लागि बजेटको आवश्य पर्छ । त्यहि अनुसार मानिसले घरमा वार्षिक यतिको बजेट लाग्छ भन्ने अनुमान

सायदै हामीले नसोचेको कुरा हो, विश्वभरको कोरोना भाइरसलाई एकै स्थानमा जम्मा गर्दा त्यसको तौल कति होला ? इजरायलको विजम्यान इन्स्टीच्यूट

कोरोना महामारीमा अधिक मात्रमा मास्कको प्रयोग भएका छन् । प्रयोग भएका मास्क जताततै विसर्जन गर्दा पर्यावरणमा असर पर्ने विज्ञहरू बताउँछन्

बेलायतका एक व्यक्तिले अनलाइनबाट स्याउ अर्डर गरे । तर जब डेलिभरी भयो, तब खोलेर हेर्दा बक्समा एप्पलको आइफोन देखियो ।