English

१ सय ९२ पटक ड्राइभिङ टेस्टमा फेल !



सडकमा सवारी चलाउनको लागि जो कोहीले पनि सरकारी नियमको पालना गर्नैपर्छ । यदि नियमको पालना नगरे ट्राफिकले नियमानुसार चिट काट्छ । सवारी चलाउनका लागि ड्राइभिङ लाइसेन्स हुन अति आवश्यक छ । लाइसेन्स नभएमा जरिवाना लाग्छ । लाइसेन्स पाउन एक ड्राइभिङ टेस्ट पास गनुपर्छ ।


केही मानिस एक पटक, दुई पटक होइन, १० पटकसम्म पनि फेल भएका छन् । तर एक व्यक्ति १ सय ९२ पटक ड्राइभिङ लाइसेन्सको टेस्टमा फेल भएका छन् । तर उनले अझै हिम्मत हारेका छैनन् । उनी १७ वर्ष यता लाइसेन्स पाउने आशमा कोशिसरत छन् ।


यो अनौठो घटना पोल्याण्डको हो । त्यहाँको सञ्चारमाध्यमहरूले जनाएअनुसार ती व्यक्ति १ सय ९२ पटक लाइसेन्सको ट्रायलमा फेल भएका हुन् । उनी ५० वर्षदेखि लाइसेन्स पाउन लागी परेका छन् । उनले यसमा अहिलेसम्म लाखौँ रुपैयाँ खर्च गरिसकेका छन् । यो भन्दा पहिला एक व्यक्तिले ११३ पटक ट्रायल दिएका थिए । ४० औँ पटकमा मात्र उनले ट्रायल पास गरेका थिए । यी व्यक्तिको नाम भने खुलाइएको छैन ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested