English

उच्च अंकले बढ्यो नेप्से



साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ंमा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१ दशमलव २० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज कोरोबार रकममा पनि बढेको छ । दुई सय ३१ कम्पनीको पाँच अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्सेमा करिब साढे चार अर्बको कारोबार भएको थियो । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ३२ करोड सात लाखभन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज २९ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसअन्तर्गत १५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने १४ कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले बढेका छन् ।

यस्तैगरी, आज सबैभन्दा बढी गिरावट आउनेमा गोर्खाज फाइनान्स रहेको छ । आज फाइनान्सको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित