English

ट्रान्सजेन्डर पुरुषलाई महिनावारीले मरिहत्ते



धनगढीका ट्रान्सजेन्डर पुरुष’ सुदीप भुजेल १३ वर्षको उमेरमा पहिलोपटक महिनावारी भए । पहिलोपटक महिनावारी हुँदाको कुराहरू सम्झँदै उनी भन्छन्– ‘पहिलोपटक महिनावारी हुँदा म एकदमै रोएको थिएँ ।’

उनलाई ‘म पुरुष हुँ किन महिनावारी भएँ’ भन्ने लागेको थियो । अरूभन्दा फरक छु भन्ने कुरा थाहा भइसकेको थिएन । उनलाई महिनावारी भएको पटक्कै मन पर्दैन । कहिलेकाहीँ ‘पाठेघर नै निकाल्दिन पाए आनन्द हुन्थ्यो’ भन्ने पनि लाग्छ ।

महिलाको अंग लिएर जन्मिए पनि उमेर बढ्दै जाँदा पुरुष भएको अनुभूति हुने व्यक्तिहरूलाई टान्सजेन्डर पुरुष भनिन्छ ।

१३ वर्षको उमेरमा पहिलोपटक महिनावारी भएको बेला एकदमै अनौठो लागेको थियो । म त पुरुष हुँ किन महिनावारी भएको होला भन्ने कुराले एकदमै सताएको थियो । महिनावारीको समयमा स्तनको आकार बढ्ने, स्वर मसिनो हुुँदै जाँदा उनलाई नराम्रो महशुस हुन्थ्यो ।

त्यस्तै, महिनावारी हुनुअघि नै अत्यधिक पेट र ढाड दुख्ने समस्या भोग्नुपर्ने हुनाले कञ्चनपुरका मनीष विक आफूजस्तै अन्य ‘ट्रान्सजेन्डर पुरुष’लाई महिनावारी नभइदिए हुन्थ्यो जस्तो लाग्छ ।

१३ वर्षको उमेरमा पहिलोपटक महिनावारी भएको बेला एकदमै अनौठो लागेको थियो । म त पुरुष हुँ किन महिनावारी भएको होला भन्ने कुराले एकदमै सताएको थियो । महिनावारीको समयमा स्तनको आकार बढ्ने, स्वर मसिनो हुुँदै जाँदा उनलाई नराम्रो महशुस हुन्थ्यो ।

पहिले–पहिले प्याड सर्वसुलभ थिएन । त्यसैले, कपडा प्रयोग गर्नुपथ्र्यो । कपडा प्रयोग गर्दा स्कुल तथा अन्य ठाउँमा जाँदा कपडा खसेर खुट्टासम्म आइपुग्थ्यो जसले गर्दा एकदमै समस्या हुन्थ्यो । पछि प्याडको प्रयोग गर्न थालेपछि पनि प्याड फेर्न साह्रै समस्या हुन्थ्यो । पुरुषको ट्वाइलेटमा गएर फेर्ने कि महिलाको भनेर समस्या हुन्थ्यो । पसलमा प्याड किन्न जाँदा तलदेखि माथिसम्म हेरेर जिस्काएको तितो अनुभव पनि छ उनीसँग ।

विद्यालय समय वा अन्त यात्रामा जाँदा साह्रै समस्या पर्ने गरेको उनी सुनाउँछन् । कसैले देख्छ कि कसैले केही गर्छ कि भनेर उनलाई डर लाग्ने गथ्र्यो । तर, जब उनी आफ्नो पार्टनरसँग साथमा बस्न थाले उनलाई प्याड लिन जान सहज हुन थाल्यो ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार तथा मुद्दाहरू र समुदायको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको कुराहरूमा सरकारको ध्यान गएको छैन । सरकारले व्यवस्था गरेको अधिकारहरू कागजमा मात्र सीमित भएको सुमनको गुनासो छ ।

महिनावारीका बेला घरबाहिर नै ननिस्कने गरेको उनी सुनाउँछन् । ‘दुर्गम भएकोले होला प्याड किन्न जाँदा तलदेखि माथिसम्म हेर्छन् विभिन्न प्रश्न गर्छन् । त्यसैले, पनि महिनावारीको समयमा बाहिर जान मन लाग्दैन ।’

कैलालीका राज चौधरी जन्मिँदा महिलाको अंग लिएर जन्मिएका थिए । पछि उमेर बढ्दै जाँदा उनको स्वाभाव, बानी, व्यवहार पुरुषको जस्तै हुँदै गयो । सानैदेखि आफूलाई पुरुष सोच्ने भएकोले परिवारको सदस्यलाई यो कुरा सुनाउन मन लागेन उनलाई त्यसैले उनले यो कुरा आफ्नो साथीलाई सुनाए ।

महिनावारीका बेला घरबाहिर नै ननिस्कने गरेको उनी सुनाउँछन् । ‘दुर्गम भएकोले होला प्याड किन्न जाँदा तलदेखि माथिसम्म हेर्छन् विभिन्न प्रश्न गर्छन् । त्यसैले, पनि महिनावारीको समयमा बाहिर जान मन लाग्दैन ।’

राज चौधरी

‘दुर्गम भएकोले होला प्याड किन्न जाँदा तलदेखि माथिसम्म हेर्छन् विभिन्न प्रश्न गर्छन् । त्यसैले, पनि महिनावारीको समयमा बाहिर जान मन लाग्दैन ।’

महिनावारीको बेला प्याड फर्ने ठाउँको अभाव तथा अन्य विभिन्न कारणले गर्दा व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा यौन रोगहरूको नै सिकार हुनुपरेको उनले सुनाए ।

हामीलाई हेर्ने दृष्टिकोण नै नराम्रो छ । शहरी क्षेत्रमा त तेस्रोलिंगीहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । तर, गाउँ घरमा अझै पनि नराम्रो दृष्टिकोणले नै हेरिन्छ । महिनावारीसम्बन्धी जानकारी महिलाहरूलाई मात्र हैन तेस्रोलिंगीलाई तथा पुरुषलाई पनि दिनुपर्ने चौधरी बताउँछन् ।

महिनावारी प्राकृतिक प्रक्रिया हो । सामान्यतया महिनावारी भन्नेबित्तिकै महिला भनेर हामी सम्झने गर्दछौँ । महिला प्रत्येक महिना महिनावारी सामान्य पनि हो । तर, महिला मात्र हैन ट्रान्सजेन्डर पुरुषहरू पनि महिनावारी हुन्छन् ।

पहिले ट्रान्सजेन्डर पुरुषहरु महिनावारीको विषयमा खुल्न रुचाउँदैनथिए । तर, अहिले उनीहरू खुलेर बाहिर आउन थालेका छन् । केही परलिंगी पुरुषहरू पनि महिनावारी हुन्छन् ।

जब केटीमान्छे प्रजननका लागि योग्य हुन्छन् तब महिलामा रजस्वला हुने गर्छ र यो प्रजनन प्रणाली बन्द नहुन्जेलसम्म महिलामा नियमित हुने गर्छ । त्यस्तै, ट्रान्सजेन्डर पुरुषहरू पनि प्रजननका लागि योग्य भएपछि महिनावारी हुन्छन् ।

पहिले ट्रान्सजेन्डर पुरुषहरु महिनावारीको विषयमा खुल्न रुचाउँदैनथिए । तर, अहिले उनीहरू खुलेर बाहिर आउन थालेका छन् । केही परलिंगी पुरुषहरू पनि महिनावारी हुन्छन् । यस अर्थमा भन्दा महिला मात्रै होइन, व्यक्ति महिनावारी हुन्छन् भनेर बुझ्न र बुझाउन आवश्यक देखिन्छ ।

सम्मानपुर्वक बाँच्ने अधिकारलाई राज्यले नै कुण्ठित पारेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरू अझै गुनासो गरिरहेका छन् । अरू मानवसरह तेस्रो लिङ्गी तथा समलिङ्गीहरूलाई रोजगार, आरक्षण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने माग राख्छन् ।

यो पनि पढ्नुहोस् :
रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)

महिनावारीका बेला प्याड तथा कपडाको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
आकस्मिक गर्भ निरोधक औषधि सेवनले महिलाको स्वास्थ्यमा गर्छ यस्तो असर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र