English

सुखी जोडीले अपनाउनुहोस् यी वाणी



सा–सानो कुरामा खुसी लुकेको हुन्छ । सुखी जोडीहरूलाई यो कुरा राम्ररी थाहा हुन्छ । तिनीहरू सधैँ साना पलहरूलाई विशेष बनाउन चाहन्छन् । सम्बन्धको खुसीसँग जोडिएको सानो तर महत्त्वपूर्ण कुरा हो ‘गुड सेक्स लाइफ’ । जसका लागि जोडीले यी वाणी अपनाउनुपर्छ ।

पार्टनरसँग सेक्सको बारेमा कुरा गर्नुहोस्
सेक्स सबैले गर्छन्, तर यसको बारेमा खुलेर कुरा गर्न हिचकिचाउँछन् । तर सुखी जोडी यस मामिलामा एकदमै फरक हुन्छन् । उनीहरू यौनका बारेमा खुलेर कुरा गर्छन् । त्यसैले तपाई पनि पार्टनरसँग खुलेर कुरा गर्नुहोस् ।

सेक्सलाई कामको रूपमा नलिनुहोस्
सेक्सलाई शरीरको आवश्यकता मानिन्छ । धेरैजसो विवाहित जोडीले यसलाई यौनको आवश्यकता पूरा गर्ने कामको रूपमा गर्छन् । यसो गर्नले केही समयपछि सेक्स लाइफ निराश हुन्छ । सुखी जोडीले सेक्सलाई कामको रूपमा नभई आनन्दको रूपमा लिन्छन् ।

सेक्सको लागि समय निकाल्नुहोस्
विवाहको केही समयपछि अधिकांश दम्पतीको यौन जीवनमा उतारचढाव आउँछ । किनकि जिम्मेवारी बढ्छ । प्राथमिकताको सूचीमा सेक्स एकदमै कम हुन्छ । तर सुखी जोडीले सेक्स शरीरको आवश्यकता मात्र होइन, दुवै पार्टनरलाई जोड्ने मानसिक कुरा भएको बुझ्न जरुरी छ । सेक्सलाई बोझको रूपमा नलिनुहोस् ।

पार्टनरको भावनालाई हल्का रूपमा नलिनुहोस्
पार्टनरको कुनै पनि कुरालाई हल्का रूपमा नलिनुहोस् । रोमान्सका साथै सेक्सका बेलामा गरिने फोरप्ले, आफ्टरप्ले लगायत पार्टनरका हरेक सानो काम गर्नुहोस्, जसले राम्रो महसुस होस् ।

सेक्सको लागि दबाब नदिनुहोस्
पार्टनरलाई सेक्सको लागि दबाब नदिनुहोस् । पार्टनरको मुड तयार गर्नुहोस् । यसले गर्दा जोडीले यौनको चरम आनन्द लिन सक्छन् ।

यो पनि पढ्नुहोस् :
यी देशमा यस्ता छन् सेक्स सम्बन्धि अनौठा नियम
सुप बनाउन काटेर टुक्रा बनाइएको कोब्राले डसेपछि सेफको मृत्यु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो