English

सुखी जोडीले अपनाउनुहोस् यी वाणी



सा–सानो कुरामा खुसी लुकेको हुन्छ । सुखी जोडीहरूलाई यो कुरा राम्ररी थाहा हुन्छ । तिनीहरू सधैँ साना पलहरूलाई विशेष बनाउन चाहन्छन् । सम्बन्धको खुसीसँग जोडिएको सानो तर महत्त्वपूर्ण कुरा हो ‘गुड सेक्स लाइफ’ । जसका लागि जोडीले यी वाणी अपनाउनुपर्छ ।

पार्टनरसँग सेक्सको बारेमा कुरा गर्नुहोस्
सेक्स सबैले गर्छन्, तर यसको बारेमा खुलेर कुरा गर्न हिचकिचाउँछन् । तर सुखी जोडी यस मामिलामा एकदमै फरक हुन्छन् । उनीहरू यौनका बारेमा खुलेर कुरा गर्छन् । त्यसैले तपाई पनि पार्टनरसँग खुलेर कुरा गर्नुहोस् ।

सेक्सलाई कामको रूपमा नलिनुहोस्
सेक्सलाई शरीरको आवश्यकता मानिन्छ । धेरैजसो विवाहित जोडीले यसलाई यौनको आवश्यकता पूरा गर्ने कामको रूपमा गर्छन् । यसो गर्नले केही समयपछि सेक्स लाइफ निराश हुन्छ । सुखी जोडीले सेक्सलाई कामको रूपमा नभई आनन्दको रूपमा लिन्छन् ।

सेक्सको लागि समय निकाल्नुहोस्
विवाहको केही समयपछि अधिकांश दम्पतीको यौन जीवनमा उतारचढाव आउँछ । किनकि जिम्मेवारी बढ्छ । प्राथमिकताको सूचीमा सेक्स एकदमै कम हुन्छ । तर सुखी जोडीले सेक्स शरीरको आवश्यकता मात्र होइन, दुवै पार्टनरलाई जोड्ने मानसिक कुरा भएको बुझ्न जरुरी छ । सेक्सलाई बोझको रूपमा नलिनुहोस् ।

पार्टनरको भावनालाई हल्का रूपमा नलिनुहोस्
पार्टनरको कुनै पनि कुरालाई हल्का रूपमा नलिनुहोस् । रोमान्सका साथै सेक्सका बेलामा गरिने फोरप्ले, आफ्टरप्ले लगायत पार्टनरका हरेक सानो काम गर्नुहोस्, जसले राम्रो महसुस होस् ।

सेक्सको लागि दबाब नदिनुहोस्
पार्टनरलाई सेक्सको लागि दबाब नदिनुहोस् । पार्टनरको मुड तयार गर्नुहोस् । यसले गर्दा जोडीले यौनको चरम आनन्द लिन सक्छन् ।

यो पनि पढ्नुहोस् :
यी देशमा यस्ता छन् सेक्स सम्बन्धि अनौठा नियम
सुप बनाउन काटेर टुक्रा बनाइएको कोब्राले डसेपछि सेफको मृत्यु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

Latest










Popular
Suggested