English

‘कवि घर’मा लोक, संस्कृति र लोकजीवन बहस



नेपाली साहित्य र संस्कृतिका धरोहर जनकविकेशरी धर्मराज थापाको ‘कविघर’मा लोकसंस्कृति र लोक जीवन विषयक विचार गोष्ठी हुने भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको आयोजनामा यही पुस ९ र १० गते पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित थापाको घरमा गण्डकी प्रदेशको लोक, संस्कृति र जीवनका बारेमा विभिन्न स्रष्टाबीच विचार गोष्ठी गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष एवं जनकविका ज्येष्ठ सुपुत्र मदनराज थापाले जानकारी दिए । लोक गीत, भजन, सङ्गीत र साहित्यिक वातावरणबीच लोक, संस्कृति र साहित्यका विविध विषयमा कार्यक्रम गर्न लागिएको उनले बताए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ कार्यक्रमको प्रमुख वक्ता रहने छन् । उनले अहिलेको समाजमा संस्कृतिका माध्यमबाट समाजमा के कस्तो रुपान्तरण गर्न सकिन्छ भनेर विचार राख्ने छन् । प्रा डा गुरुङले कुलमण्डन शाहदेखि, पोखरा, लामाचौर, बाटुलेचौर तथा गण्डकी प्रदेशको इतिहास खोतल्ने छन् । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ डा देवी नेपाल, वरिष्ठ गायिका ज्ञानु राणाको सो कार्यक्रममा सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष थापाले जानकारी दिए । पुस ९ गते साँझ स्रष्टाले कविता, गजल, हाइकु र मुक्तक वाचन गर्नेछन् ।

पुस १० गते गन्धर्वको माङ्गलिक धुनबाट सुरु हुने कार्यक्रममा गण्डकी प्रदेशका स्रष्टा, संस्कृतिकर्मी तथा साहित्यकार गरी झण्डै २०० जना सहभागी हुने थापाले बताए ।

पुस १० गते गन्धर्वको माङ्गलिक धुनबाट सुरु हुने कार्यक्रममा गण्डकी प्रदेशका स्रष्टा, संस्कृतिकर्मी तथा साहित्यकार गरी झण्डै २०० जना सहभागी हुने थापाले बताए । उनले भने, “लोक, संस्कृतिमा ह्रास हुँदै गएको छ । संस्कृतिका माध्यमबाट समाज रुपान्तरणमा योगदान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेका हौँ ।”

साहित्यकार जगन्नाथ रेग्मीले साहित्यको तीर्थस्थलका रुपमा रहेको कविघरमा अन्तरक्रिया र इतिहास खोतल्ने प्रयास गरिने बताए । उनले भने, “धर्मराज थापाले लोक साहित्य र सांस्कृतिक सहिष्णुताका पक्षमा गरेको काम देशव्यापीरुपमा लैजानु आवश्यक छ, गण्डकी प्रदेशको लोकसंस्कृतिका विविध पक्षका बारेमा समेत बहस हुनेछ ।”

जनकविकेशरी थापाले ‘हरियो डाँडामाथि हलो जोत्ने साथी, हह माले हह’, ‘आज मादल बजेको किन, गाउँबेंसी दुनियाँ ब्युँझाउन’, ‘धुरुधुरु नरोउ आमा, तिम्रो आँसु पुछेरै छाडौँला’, ‘घर सम्झि रोएको होला डाँडा काटी गएको नेपाली,’, ‘हाम्रो तेञ्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरो’ लगायतका थुप्रै गाउँबेंसीका धुन र भाकालाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएका थिए । उनको २०७१ असोज १८मा निधन भएको थियो ।

नेपाली लोक सङ्गीत तथा साहित्यमा निरन्तर क्रियाशील रहेबापत २०१३ सालमा तत्कालिन राजा महेन्द्र शाहले थापालाई जनकविकेशरीको उपाधि दिएका थिए ।

यो पनि पढ्नुहोस् :
चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested