English

सन् २०२२ मा कोभिड महामारी विश्वबाटै समाप्त हुन्छः डब्लूएचओ



सन् २०२२ मा कोभिड महामारी विश्वव्यापी रुपमा नै अन्त्य हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) की एक अधिकारीले दाबी गरेकी छिन् । डब्लूएचओकी कोभिड विज्ञ मारिया भ्यानले अर्को वर्ष महामारी अन्त्य हुने दाबी गरेकी हुन् । ‘सन् २०२२ मा विश्वव्यापी रुपमा नै कोभिड समाप्त हुनेछ । हामीसँग विभिन्न स्रोत साधन छन् । केही महिनापछि कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै घट्ने छ,’ भ्यानले भनिन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन ७० भन्दाबढी देशमा फैलिरहेका बेला उनको भनाई आएको हो ।

विश्वव्यापी महामारीबाट सम्पूर्ण विश्व नै प्रभावित छ । भारतमा देखिएको डेल्टा भेरियन्टको जोखिमबाट केही देशले शान्तिको सास फेरिरहेका बेला कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढ्दो छ ।

डब्लूएचओले आगामी वर्षसम्म विश्वका सबै देशमा पूर्ण खोप लगाउने लक्ष्य लिएको छ, जसअनुसार सन् २०२२ को मध्यसम्ममा विश्वको कूल जनसङ्ख्याको ७० प्रतिशत जनसङ्ख्यामा रोग प्रतिरोध क्षमता वृद्धि गरिनेछ ।

यो पनि पढ्नुहोस्
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?

यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested