English

फ्यालिएका बोराबाट चित्ताकर्षक झोला (भिडियो सहित)



काठमाडौँको धापासीबाट करिब तीन सय मिटर अघि बढेपछि एउटा गल्ली आउँछ । उक्त गल्लीबाट धेरै होइन,मात्र ५० मिटर जति भित्र पुगेपछि ‘शक्ति मिलन नेपाल’ लेखिएको एउटा सानो बोर्ड झुन्ड्याइएको साढे दुईतल्ले घर भेटिन्छ । त्यहाँ भेटिन्छिन्,शक्ति मिलन नेपालकी संस्थापक प्रकृति मैनाली ।

त्यहाँ पहिलो तल्लामा केही महिला मेसिनमा केही सिलाई रहेका थिए । दोस्रो तल्लामा थियो, प्रकृतिको कर्पोरेट कार्यालय । उनले कार्यालयमा सजाइएका आकर्षक बोराका झोलाहरू देखाइन् । ‘यी सबै खेर गएका बोरा तथा प्लास्टिकबाट बनेको हो,’ उनले विजेता भावमा सुनाइन् ।

ती आकर्षक झोलाहरू देखेर छक्क नपर्ने कोही थिएन ।

बोराको पनि झोला बन्छ र र? यो प्रश्न धेरैको मनमा हुन्छ । प्रकृतिको मनमा पनि त्यो प्रश्न नआएको हैन । तर प्रयास नै नगरी हार मान्न मन लागेन उनलाई । अहिले बोराबाट विभिन्न प्रकारका झोलाहरू बनाएर अमेरिका,अस्ट्रेलिया र जर्मनी लगायतका देशमा निर्यात गर्छिन् ।

प्रकृतिले शक्ति मिलन नेपाल कम्पनी दर्ता गरेर बोरा र प्लास्टिकबाट झोला, हाते झोला,ल्यापटप झोला,पैसा राख्ने पर्स लगायतका सामान बनाउँदै आएकी छन् । जसमा गृहिणी,असहाय महिला तथा वैदेशिक रोजगारबाट अलपत्र परेर आएका महिलाले पनि प्रकृतिलाई झोला तयार गर्नको लागि सहयोग गर्दै आएका छन् ।

बोराको पनि झोला बन्छ र र? यो प्रश्न धेरैको मनमा हुन्छ । प्रकृतिको मनमा पनि त्यो प्रश्न नआएको हैन । तर प्रयास नै नगरी हार मान्न मन लागेन उनलाई । अहिले बोराबाट विभिन्न प्रकारका झोलाहरू बनाएर अमेरिका,अस्ट्रेलिया र जर्मनी लगायतका देशमा निर्यात गर्छिन् ।

यहाँ उत्पादन हुने झोलाको प्रमुख कच्चा पदार्थ फ्याँकिएका तथा खेर गएका बोराहरू नै हो । विशेष गरि चामलको बोराको बढी प्रयोग हुन्छ । त्यो बाहेक चिनी र दालका बोरा पनि उत्तिकै उपयोग गरिन्छ ।


फोहोर सङ्कलनकर्ता तथा घरघरबाट बोराहरू जम्मा गरिन्छ । ती बोरालाई धोइपखाली गरेर घाममा सुकाइन्छ । राम्ररी सफा भएपछि ती बोराहरुलाई विभिन्न आकारमा काटिन्छ र सिलाइन्छ । अनि तयार हुन्छ,आकर्षक झोला ।

खेर गएका बोराबाट नै झोला बनाउँछु भन्ने सोचका साथ उनी यो व्यवसायमा जोडिएकी हैनन् । आफ्नै केही व्यवसाय गर्नु पर्छ भन्ने सोच चाहिँ सानै देखि थियो रे प्रकृतिको । महिला आर्थिक सशक्तीकरणका लागि केही गर्छु भन्ने सोच भएको उनी सुनाउँछिन् । ‘मेरो लागि राम्रो शिक्षा र आर्थिक रूपमा सबल हुने अवस्था सिर्जना भयो, त्यही अवस्था नेपालका सबै महिलाले पाएका छैनन्’,भन्छिन् ,‘त्यसैले महिलालाई आर्थिक रूपमा सबल बनाउने सोचका साथ यो व्यवसायमा जोडिए ।’

प्लास्टिक र बोराबाट बनेका झोला अरुभन्दा बलियो र टिकाउ पनि हुन्छन् । त्यसमाथि थरीथरीका चित्र र रङहरूले झनै आकर्षक देखिने हुँदा यस्ता झोलाप्रतिको आकर्षण बढ्दो छ ।

बोराको झोला बलियो र आकर्षक हुने भएकोले नेपालको साथसाथै अन्य देशहरुबाट पनि धेरै माग आउने गरेको उनी सुनाउँछिन् ।

बोराको झोला बनाउने काम भनेको सुन्दा सजिलो लागेपनि यसमा धेरै चुनौती पनि उत्तिकै छन् । कपडाको रोल ल्याएर काटेर बनाए जस्तो सजिलो बोराको झोला बनाउन पक्कै पनि छैन । व्यवसाय सुरु गरेदेखि अहिलेसम्म विभिन्न चुनौती थिए । ‘ जति जति उत्पादन बढ्दै जान्छ,त्यति नै धेरै बजार माग आउँदा एकै प्रकारको बोरा सङ्कलन गरेर एउटै प्रकारका एक हजार वटा झोला तयार गर्न अलिक गाह्रै हुन्छ,’ प्रकृति सुनाउँदै थिइन,‘ एउटै रुपरङका बोरा सङ्कलन गर्न सकस नै हुन्छ ।’

बोराको झोला बलियो र आकर्षक हुने भएकोले नेपालको साथसाथै अन्य देशहरुबाट पनि धेरै माग आउने गरेको उनी सुनाउँछिन् । भन्छिन्,‘पानी पस्दैन,बलियो हुनुको साथै विभिन्न रङ्ग तथा डिजाइनमा तयार पार्न सकिन्छ ।’

झोला उत्पादनका लागि काममा सघाउन आउने महिलाका बच्चाको हेरचाहलाई पनि उत्तिकै प्राथमिकतामा राखेकी छिन् प्रकृतिले । उनी भन्दै थिइन,‘महिलाको साथमा बच्चा पनि हुने हुँदा आमा र बच्चा दुवैको सुरक्षालाई ध्यानमा राख्दै आमाको काम र बच्चाको हेरचाहको एकसाथ व्यवस्था गरेका छौँ ।’

‘अवसर र काम गर्ने वातावरण भए कुनै महिला कमजोर हुनुपर्दैन, हिंसामा पर्नुपर्दैन,प्रकृति आशावादी सुनिइन,‘त्यसैले सबै महिलाले आफूलाई रुचि भएको विषयलाई मध्यनजर गरेर केही नौलो सुरुवात गर्नै पर्छ ।’

भिडियो

पनि…
प्रकाशमान सिंह : सभापतिको दौडधुपसँगै ससुरा पनि बन्ने सुरसार
समाजको हिरासतमा रहेको एउटा भव्य घरको कथा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र