English

समाजको हिरासतमा रहेको एउटा भव्य घरको कथा



बर्दिबास नगरपालिका–१४ स्थित सुभम बस्तीमा जाने गल्लीको अलि पर पुगेपछि दायाँतर्फ देखिने एउटा भव्य घरले जोकोहीलाई झसङ्ग बनाउँछ । घर नजिकै गएपछि भित्र खरानी नै खरानी छ । मानौँ यो मुर्दाघर हो, जहाँ दाहसंस्कारको लागि यही घरलाई प्रयोग गरिन्छ । अगाडिपट्टी दुईवटा सटर छन् । सटरभित्र जलेका बोतल र सिसाहरू देखिन्छन् । दिउँसै अँध्यारो र भग्नावशेष देखिने यो घर किन यति डरलाग्दो छ ? बस्तीको बीचमा पनि यो घरले वरपरका मानिसलाई त्रसित बनाइरहेको छ ? यो घरबाट आवतजावत गर्ने जोकोहीमा यस्तै विभिन्न प्रश्न उब्जन्छ ।

तर, घरको दायाँबायाँ ठूला अक्षरले लेखिएको छ– यो अपराधीको घर हो । यो घर किनबेच गर्न पाइँदैन । बर्दिबास सहरको व्यस्त गल्लीमा एक्लिएको यो भव्य घर अरुण साहको हो, जसले पाँच वर्षीया बालिका गुलावसा खातुनको एक वर्षअगाडि बलत्कारपछि हत्या गरेको थियो ।

साह कानूनअनुसार जेलमा आजीवन सजाय भोगिरहेका छन् । साह जेल सजाय भुक्तान गरिरहँदा उनको घर, परिवार नै घृणा र आक्रोशको सिकार बनेका छन् ।

मंसिर २०७७ मा साहले पाँच वर्षीया बालिकालाई यही घरमा हत्या गरेर बोरामा हालेर बाहिर फ्याँकेका थिए । सोहीबेला स्थानीयहरूले यो घरमा आगो लगाए, साहको सम्झना हुनलायक सम्पूर्ण सामानहरू ध्वस्त बनाइदिए । त्यसपछि यो घर रित्तो बन्यो ।

करिब १० धुर जग्गामा बनेको यो घरको अगाडि र पछाडि अपराधीको घर हो भनेर लेखेको देखेपछि साहसँगै यो घरले पनि उस्तै सजाय भोगिरहेको छ ।


साहको अपराधको कारण उनको परिवारका सदस्यसमेत विस्थापित भएका छन् । घरको प्रत्येक तल्लामा स्थानीयहरूले आगजानी गरेको खरानीका थुप्रोबाहेक केही छैन । साहले घरमा किराना पसल राखेका थिए ।

सोही पसलमा चक्लेट किन्न गएकी बालिका गुलावसा खातुन एक्कासि हराएकी थिइन् । हराएको तीन दिनपछि घरनजिकै मृत अवस्थामा भेटिएको केही घण्टामा नै प्रहरी हिरासतमा आफैँले हत्या गरेको उनसले स्वीकारेका थिए ।

अपराध गर्ने जोकोहीले कानूनको भागीदार मात्र हैन सामाजिक आक्रोश र सामाजिक सजायको पनि भागीदार बन्नुपर्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ, यो घर ।

समाजको आक्रोश यसरी स्थापित भयो कि मानौँ साहको सम्पती, जग्गाजमिन, परिवार, सम्पुर्ण साहलाई अपराधमा उत्प्रेरित गर्ने तत्वहरू हुन् । अपराधीलाई समाजले नै सजाय दिन पाउनुपर्ने भन्दै एक वर्षअगाडि बर्दिबास रणभूमिमा परिणत भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested