English

महिनावारीमा देखिने समस्याबाट यसरी जोगिन सकिन्छ



महिनावारी एक प्रकृतिक प्रक्रिया हो । तर धेरै महिला अझै पनि यसबारे खुलेर कुरा गर्न चाहदैनन् । यसको बारेमा उचित जानकारी नहुँदा महिलाले शारिरीक मात्र नभई मानसिक तनाव पनि खेपिरहेका हुन्छन् । यस्ता समस्यालाई बेवास्ता गर्नु हुँदैन । लापर्वाही गर्दा विभिन्न स्वास्थ्य समस्या देखिन्छ ।

अत्याधिक रक्तस्राव

महिनावारी हुँदा दिनमा दुइ वटा प्याड भिज्छ भने त्यो सामान्य हो । कहिलेकाँही त्यसमा केही वृद्धि र कम हुन सक्छ । दिनमा तीन वटा भन्दा बढि प्याड प्रयोग गर्नु परेको छ र पाँच दिनदेखि लगातार रगत बगिरहेको छ भने त्यो सामान्य हो भनेर बस्नु हुँदैन । धेरै रगत लगातार बग्यो भने चिकित्सकको सल्लाह लिनु पर्छ । घरमा आफै जथाभावी औषधी सेवन गर्नु हुँदैन । यसले अन्य समस्या निम्त्याउन सक्छ ।

महिनावारीमा गडबड

माहिनावारी हुने एउटा उमेर समुह हुन्छ । आजभोली धेरै युवती ९ देखि ११ वर्षको उमेरमा नै महिनावारी हुने गर्छन् । यो समयमा उनीहरुको हर्मनको राम्ररी विकास भएको हुँदैन । त्यसैले ९ देखि १७ वर्ष उमेर समुहका युवतीहरु २/३ महिना ढिलो महिनावारी हुँदा आक्तिनु पर्दैन । तर उनीहरु छिटो छिटो १५ देखि २० दिनमा महिनावारी भए भने त्यो सामान्य अवस्था होइन । धेरै रगत गएर रगतको कमी भएर बेहोस् नै हुने सम्भावना हुन्छ । आजभोलीको महिलामा थाइरोइडका कारणले पनि महिनावारी गडबडी हुने गर्छ । त्यस्तो भयो भने तुरुन्त अस्पताल गएर चिकित्सकको सल्लाह लिनु पर्छ ।

अत्याधिक पेट दुखाई

महिनावारी भएको बेला पेट दुख्नु सामान्य हो । रगत बाहिर निस्कनका लागी पाठेघर खुम्चिन्छ जस्को कारणले पेट दुख्छ । कहिले काँही बाहिर निस्कनु पर्ने रगत बाहिर ननिस्किएर अण्डासयमा गएर जम्मा हुने गर्छ । त्यसको कारणले पनि पेट दुख्ने गर्छ । अलिअलि पेट दुखेको छ भने आत्तिनु पर्देन तर सहनै नसक्ने गरी अत्याधिक पेट दुख्यो भने जाँच गराउनु पर्छ ।

झर्को लाग्न,रिस उठ्ने

हर्मन परिवर्तनले गर्दा झर्को लाग्ने, सानो सानो कुरामा रिस उठ्ने जस्ता लक्षणहरु पनि देखिन्छ । कसैकसैलाई चिडचिडाहट हुने तथा भोक लागीरहने पनि हुन्छ । हर्मन परिवर्तनको कारणले यी लक्षणहरु देखिएको हुनाले महिनावारी भएको एक हप्ता पछि त्यस्ता समस्याहरु आफैँ हराएर जान्छ । त्यसैले आत्तिनु पर्दैन समस्या बढ्दै गयो भने एक पटक चिकित्सकसँग सल्लाह गर्नु पर्छ ।

ढाँड तथा हातखुट्टाको दुखाई

महिनावारी भएको बेला पेटको साथसाथै ढाड तथा हातखुट्टा दुख्ने समस्या हुन्छ । प्राइमरी डिस्मेनोरियामा महिनावारीको बेलामा तल्लो पेट, कम्मर र ढाड दुख्छ । दुखाई बढ्दै गएमा खुट्टा र टाउको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने लक्षण देखिन सक्छन् । यसका कारणहरुमा कम उमेरमा महिनावारी हुनु, इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मनहरुको असन्तुलन हुन् । अत्याधिक मोटा र सुखमय जीवनशैली बिताउने युवतीलाई पनि यस्तो समस्याको सम्भावना बढी हुन्छ ।

सरसफाईको कमीले हुने विभिन्न इन्फेक्सनहरु

महिनावारी भएको बेला यौनअंगबाट रगत बग्ने भएकोले यौनअंग वरपरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । प्याडलाई समय समय फेरी रहनु पर्छ । प्याडलाई लामो समयसम्म लगाइरहदा पनि विभिन्न ब्याक्टेरीयाहरुको इन्फेक्सन हुन सक्छ । र, विभिन्न घाउ खटिराहरु निस्कने समस्या पनि देखिन सक्छ । त्यसैले इन्फेक्सन हुन नदिन सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।

कसरी बच्ने ?

– व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । सरसफाइको कमीले यौनांग र पाठेघरमा विभिन्न संक्रमण भई रोगको रुपमा परिवर्तन हुन सक्छ ।
– बजारमा धेरै किसिमका स्यानिटरी प्याड पाइए पनि सामाजिक र आर्थिक कारणले गर्दा सबैले प्याड प्रयोग गर्दैनन् । केहीले आफ्नै घरमा भएका कपडा प्रयोग गर्छन् । कपडा सफा नभए रोगको संक्रमण हुन सक्छ । कपडाको प्रयोग गर्ने हो भने सफा र नरम कपडाको प्रयोग गर्नु पर्छ ।
– आजभोलीको महिलामा महिनावारी गडबडीको समस्या एकदमै बढि देखिन्छ । अहिलेको जीवनशैली,अस्वस्थकर खानाको कारणले यस्तो समस्या देखिने भएकोले बाहीरको जंक फुडको सेवन कम गर्नु पर्छ ।
– थाइरोइड भएका महिलामा महिनावारीको गडबडी हुने, अत्याधिक रगत बग्ने जस्ता समस्या देखिन सक्छन् । त्यसैले थाइरोइड भएका महिलामा त्यस्ता समस्याहरु देखियो भने बेवास्ता गर्नु हुँदैन । चिकित्सकको सल्लाह लिनुपर्छ ।
– पाठेघरको अण्डासयमा उत्पादन हुने हर्मनको समस्याले गर्दा रगत बगिरहने समस्या हुन सक्छ तर कतिपय युवती लाज र डरका कारण आफ्ना अभिभावकलाई बताउँदैनन् । चिकित्सककहाँ पुग्दा रगतको अभाव भएर बेहोस समेत हुन सक्छन् । त्यसैले धेरै रगत बगिरहेको छ भने त्यो समस्यालाई लुकाउनु हुँदैन । चिकित्सकको सल्लाह लिएर उपचार गरीहाल्नु पर्छ ।
– खानामा विशेष ध्यान दिनुपर्छ । पोषणयुक्त खाना, मन तातो पानी र झोलिलो खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।
– शरीरमा पानीको कमी हुन दिनु हुँदैन आफुलाई हाइड्रेटेड राख्न प्रसस्त मात्रामा पानी र फलफुल पनि खानुपर्छ ।
– सक्रिय जिवनशैलीमा परिवर्तन गर्नु हुँदैन । स्वस्थ आहार र सरसफाइमा ध्यान दिएर सक्रिय हुनु जरुरी हुन्छ ।
– यो अवधिमा शरीरले धेरैभन्दा धेरै आराम खोजेको हुन्छ । त्यसैले पर्याप्त सुत्नु जरुरी हुन्छ । यो बेला करिब ८ घण्टा नियमित सुत्ने गर्नुपर्छ । राती धेरै बेर बस्ने, बिहान चाँडै उठ्ने गर्दा शरीरले आराम पाउँदैन र विभिन्न किसिमका समस्याहरु देखापर्दछन् । त्यसैले यो अवधिमा पर्याप्त मात्रामा शरीरलाई आराम दिनुपर्छ ।
– महिनावारी हुँदा हल्का पेट र कम्मर दुख्न सक्छ । यसो हुँदा तातोपानीले सेक्ने र मनतातो झोलिलो खानेकुरा खानुपर्छ । धेरै नै दुखेको खण्डमा चिकित्सकको सल्लाहमा सामान्य नदुख्ने औषधि खान सकिन्छ ।

यो पनि पढ्नुहोस्
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?

यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय
यी हुन् ओखर खानुका ७ फाइदा
यी हुन् दैनिक एउटा स्याउ खानुका १० फाइदा
यस्ता छन् अमला खानुको फाइदा
यी हुन् दैनिक अण्डा खानुको १० फाइदा
यी हुन् नियमित गाजर खानुको १० फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली