English

वैज्ञानिक भन्छन्, राेबटले यसरी बच्चा जन्माउन सक्छ



वैज्ञानिकहरुले पहिलो जीवित रोबटले बच्चा जन्माउन सक्ने बताएका छन् । अमेरिकी वैज्ञानिकहरुले नै सृजना गरेको पहिलो जीवित रोबट सेनोबोट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् । तर, रोबटको उत्पादन बोटविरुवा र अन्य जनाबरहरुमा भन्दा फरक हुने उनीहरुको भनाई छ । हालै गरिएको एक अध्ययनमा उनीहरुले यस्तो निस्कर्ष निकालेका हुन् ।

अफ्रिकाको एउटा भ्यागुतो सेनोपोस लेभिसबाट सृजना गरिएका सेनोबोट्स एक मिलिमिटरभन्दा पनि न्यून फराकिला छन् । प्रयोगशालामा उनीहरु हिँडडुल गर्न र समूहमा काम गर्न सक्ने भएपछि ससाना बल्बहरुलाई सन् २०२० मा सार्वजनिक गरिएको थियो । युनिभर्सिटी अफ भर्माउन्ट, टफ्टस युनिभर्सिटी र हावार्ड युनिभर्सिटीको वायस इन्स्टिच्युट फर बायोलोजिकल्लीका इन्जिनियरहरुले विरुवा वा जनाबरहरुमा भन्दा विल्कुलै फरक तरिकाको प्रजनन् विकास गरेको दाबी गरेका छन् ।

‘भ्यागुताहरुले सामान्य तरिकाले नै बच्चा जन्माउछन् । तर, उनीहरुको बाँकी भ्रुणबाट कोषहरुलाई हटाइदिने तथा नयाँ वातावरणमा छोडिदिने हो भने उनीहरु नयाँ ढंगले हिँडडुल गर्ने मात्र होइन, नयाँ तरिकाले प्रजनन् समेत गर्छन् ।’ उनी भन्छन् ।

‘आविश्कारबाट हामी अचम्म परेका छौ’, टफ्टस युनिभर्सिटीका प्राध्यापक तथा निर्देशक मिसेल लेभिन भन्छन् ।

‘भ्यागुताहरुले सामान्य तरिकाले नै बच्चा जन्माउछन् । तर, उनीहरुको बाँकी भ्रुणबाट कोषहरुलाई हटाइदिने तथा नयाँ वातावरणमा छोडिदिने हो भने उनीहरु नयाँ ढंगले हिँडडुल गर्ने मात्र होइन, नयाँ तरिकाले प्रजनन् समेत गर्छन् ।’ उनी भन्छन् ।

रोबोट कि जीव ?

स्टिम सेल अनिश्चत कोष हुन् जसको विभिन्न प्रकारको कोषमा विकसित हुने क्षमता रहन्छ । सेनोबोट्स बनाउन अनुसन्धानकर्ताहरुले भ्यागुतोको भ्रुणको जीवित स्टिम कोषलाई नष्ट गरेर अन्डा निश्काशनका लागि छोडिदिएका थिए । जीनलाई कुनै परिवर्तन गरिएको थिएन

‘अधिकांशले यो सोच्छन् कि रोबट धातु र माटोबाट बनेका हुन् । रोबट केबाट बन्छ भन्ने विषय गौण हो । बरु यसले के गर्छ भन्ने महत्त्वपूर्ण विषय हो । ‘ प्राध्यापक तथा युनिभर्सिटी अफ भर्मन्टका विज्ञ जोश बोनगार्ड भन्छन् , ‘बाहिरी रुपमा यो रोबट नै हो तर वास्तविक रुपमा भन्नुपर्दा भ्यागुतोको कोषाबाट वंशानुगत रुपमा बनाइएको जीव हो । ‘

करिव तीन हजार कोषबाट बनाइएका सुरुमा गोलाकार देखिएका सेनोबोट्स नक्कल गर्न सकिने बोनगार्ड बताउँछन् । तर, यो दुर्लभ र विशेष परिस्थितमा मात्र हुने उनको भनाई छ ।

सेनोबोट्सलाई अझै प्रभावकारी बनाउन कृत्रिम बौद्धिकताको सहयोगमा अनुसन्धानकर्ताहरुले अर्बै शरीरका आकारलाई परीक्षण गरेका थिए । परीक्षाण गर्न सुपरकम्प्युटरलाई सी अ‍ाकारमा ल्याइएको थियो । त्यो अ‍ाकार सन् १९८० को भिडियो गेम प्याक मेनसँग मिल्दथ्यो ।

यो अध्ययन वैज्ञानिक जर्नल पीएनएएसमा प्रकाशित छ ।

यो पनि पढ्नुहोस्
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
पोखरामा विमानस्थल बन्यो, अब प्याराग्लाइडिङको चिन्ता

एक वर्ष थपियो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको म्याद
संसारका १० डरलाग्दा विमानस्थल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested