English

संसारका १० डरलाग्दा विमानस्थल



हवाईमार्ग सबैभन्दा सुरक्षित भनिएता पनि धेरै यात्रुहरू विमान चढ्न डराउँछन् । कुनै कुनै एयरपोर्ट यस्ता पनि छन्, जुन अन्य भन्दा बढी चुनौतीपूर्ण छन् । ती एयरपोर्टमार्फत यात्रा गर्दा मै हुँ भन्ने उडानका पारखीले पनि आफ्नो सिटको आर्मरेस्ट च्याप्प समाउने गर्छन् । वरपर केवल हिमशृंखला, समुद्र र १ किलोमिटरभन्दा पनि कमका रनवे भएका केही यस्ता एयरपोर्ट छन्, जसमा विमानको उडान र अवतरणमा पाइलटमा अतिरिक्त दक्षता आवश्यक पर्छ ।

१०. वेलिङटन इन्टरनेशनल एयरपोर्ट, न्युजिल्याण्ड

न्युजिल्याण्डको राजधानी वेलिङटनमा रहेको वेलिङटन इन्टरनेशनल एयरपोर्ट अकल्याण्ड र क्राइस्टचर्च पछिको तेस्रो व्यस्त एयरपोर्ट हो । यस एयरपोर्टमा २ हजार ८१ मिटरको रनवे छ, जुन समुद्रबाट सुरु भई समुद्रमै अन्त्य हुन्छ । उत्तर पश्चिमको चिसो र तेज हावाको प्रभावका कारण भइरहने चुनौतीपूर्ण अवतरणका लागि यो एयरपोर्ट प्रख्यात छ । यस एयरपोर्टमा पाइलटहरूले सावधानी र कुशलतापूर्वक विमान अवतरण गर्दा पनि यात्रुहरूको रौं ठाडो हुन्छ ।

९. जिब्राल्टर इन्टरनेशनल एयरपोर्ट, ब्रिटिस ओभरसिज क्षेत्र

जिब्राल्टर इन्टरनेशनल एयरपोर्टको रनवे ब्रिटिस ओभरसिज क्षेत्रको मुख्य सडक अर्थात राजमार्गबाटै बनाइएको छ, जसका कारण हरेक उडान र अवतरणको समयमा मुख्य सडकको ट्राफिक बन्द गर्ने गरिएको छ । यसका कारण हुने ट्राफिक जामको विकल्पको रूपमा रनवेभन्दा मुनि टनेलको निर्माण गर्नु परेको थियो । तर सो परियोजना हालसम्म पनि सम्पन्न हुन सकेको छैन । यद्यपी राजमार्ग कटाउनु पाइलटहरूको लागि ठूलो मुद्धा होइन, जिब्राल्टर र अल्जेसीरासको खाडीको वरपर हुने कडा टर्बुलेन्स र हावाहुरीको कारण उडान र अवतरण असहज र चुनौतीपूर्ण हुन जान्छ ।

जिब्राल्टर इन्टरनेशनल एयरपोर्टको रनवे ब्रिटिस ओभरसिज क्षेत्रको मुख्य सडक अर्थात राजमार्गबाटै बनाइएको छ, जसका कारण हरेक उडान र अवतरणको समयमा मुख्य सडकको ट्राफिक बन्द गर्ने गरिएको छ ।

८. प्रिन्सेस जुलियाना एयरपोर्ट, सेन्ट मार्टिन

सेन्ट मार्टिनको क्यारेबियन टापुको यो एयरपोर्टमा विमान समुद्रको एकदमै नजिकबाट उडान र अवतरण गराइन्छ । यस एयरपोर्टमा २ हजार ३ सय मिटर रनवे रहेको छ, जसको एक भाग समुद्र किनारबाट एकदमै नजिक छ । माहोबीच र रनवेको निकटताले सो एयरपोर्टलाई विश्वकै लोकप्रिय स्थल बनाएको छ । एयरपोर्टमा अवतरण गर्ने बिचमा बसेका सर्वसाधारणभन्दा केही फिट मात्र माथिबाट उडान भर्दा बीचमा हावा र धुलोको मुस्लो उडाउँदै उड्ने जेट हेर्न, फोटो खिच्न र रमाइलो गर्न सो स्थानले लोकप्रियता पाएको हो । यद्यपी, २०१७ मा जेटले उडान भर्दा जेटबाट उत्पन्न हावाको बलका कारण एक महिला घाइतेसमेत भएकी थिइन् ।

७. नारसारक्वाग एयरपोर्ट, ग्रिनल्याण्ड

ग्रिनल्याण्डमा विशाल विमानहरूको क्षमता रहेको दुई एयरपोर्टमध्ये एक एयरपोर्ट नारसारक्वाग एयरपोर्ट ग्रिनल्याण्डको दक्षिणी भाग अर्थात् टुनुलीयार्फिक फर्डमा अवस्थित यो एयरपोर्ट युएसएको रक्षा मन्त्रालयले १९४१ मा निर्माण गरेको हो । यस एयरपोर्टमा एकदमै राम्रो मौसममा पनि उडान र अवतरणमा पाइलटहरूले पहाडी परिदृश्यमा गम्भीर टब्रुलेन्स र हावाहुरीको बेग चिर्नुपर्ने हुन्छ । फर्डको उच्च हावाहुरीको चुनौती त छँदैछ, नजिकैको ज्वालामुखी झन ठूलो टाउको दुखाईको विषय हो । जब ज्वालामुखी बिस्फोट हुन्छ, तब ज्वालामुखीको खरानीको बादलभित्र रहेको साना सिसा र सिलिकाजस्ता वस्तुहरूले विमानको इन्जिनमा क्षति पुर्याउने खतरा उत्तिकै छ ।

६. टनकोन्टिन एयरपोर्ट, होन्डुरस

होन्डुरसको राजधानीमा रहेको यो एयरपोर्ट चिसो मौसममा संसारकै खतरनाक एयरपोर्ट मानिन्छ । यो सानो एयरपोर्ट पहाडी भू-भागले घेरिएको छ । रनवेमा अवतरण गर्नुअघि पाइलटले ठाडो र तीव्र मोड लिनुपर्ने यो एयरपोर्ट संसारकै खतरनाक एयरपोर्टमध्ये एक मानिन्छ । १९८९ मा यस एयरपोर्ट नजिकैको पहाडमा बोइङ कमर्सियल विमान दुर्घटना भएको थियो । सो दुर्घटनामा १ सय ३२ जना यात्रुको ज्यान गएको थियो । त्यसपछि पनि सोही क्षेत्रमा ५ वटा विमान दुर्घटनामा परेका थिए ।

होन्डुरसको राजधानीमा रहेको यो एयरपोर्ट चिसो मौसममा संसारकै खतरनाक एयरपोर्ट मानिन्छ । यो सानो एयरपोर्ट पहाडी भू-भागले घेरिएको छ । रनवेमा अवतरण गर्नुअघि पाइलटले ठाडो र तीव्र मोड लिनुपर्ने यो एयरपोर्ट संसारकै खतरनाक एयरपोर्टमध्ये एक मानिन्छ ।

५. माडेरा इन्टरनेशनल एयरपोर्ट, पोर्चुगल

पोर्चुगलको एट्लान्टिक महासागरको तटमा रहेको माडेरा इन्टरनेशनल एयरपोर्ट पनि संसारकै खतरनाक एयरपोर्ट भनेर चिनिन्छ । १९७७ मा उक्त एयरपोर्टको १ हजार ६ सय मिटरको रनवेबाट बोइङ ७२७ खसेर १ सय ६४ यात्रुको ज्यान गएपछि सो रनवेलाई २ हजार ७ सय ८१ मिटर लामो बनाइएको थियो । यद्यपी तीब्र हावाहुरी, अग्ला पहाड र समुद्रका कारण यो एयरपोर्ट अझै पनि खतरनाक नै मानिन्छ । यस एयरपोर्टमा अवतरण गर्न पाइलटहरूलाई छुट्टै थप प्रशिक्षण आवश्यक पर्ने गरेको छ ।

४. तेन्जिङ–हिलारी एयरपोर्ट, नेपाल

नेपालस्थित तेन्जिङ–हिलारी एयरपोर्ट लुक्ला एयरपोर्टको नामले पनि चिनिन्छ । यो एयरपोर्ट सगरमाथा आरोहीका लागि मुख्य एयरपोर्ट रँहदै आएको छ । भिरालो हिमाली भू-भाग र पहाडहरूले घेरिएको यस एयरपोर्टको रनवे केवल ५ सय २७ मिटर मात्र लामो छ । यद्यपी अवतरणको क्रममा १२ प्रतिशत उकालो ढाँचाको रनवे भएको कारण पनि विमान समयमै रोकिन्छ । यस एयरपोर्टमा हेलिकप्टर र साना विमानहरूको लागि मात्र अनुमति दिइएको छ । १९७३ देखि नै यस एयरपोर्टमा विभिन्न दुर्घटना हुँदै आएको छ, जसका कारण ज्यान गुमाउनेको सङ्ख्या धेरै मात्रामा छ ।

३. कोर्चेभल एयरपोर्ट, फ्रान्स

फ्रान्सको कोर्चेभल एयरपोर्टमा केवल ५ सय २५ मिटर मात्र लामो रनवे रहेको छ । यद्यपी यो एयरपोर्ट १८ प्रतिशत उकालो ढाँचाको बनाइएको छ, जसका कारण अवतरण गर्दा विमान समयमै रोकिन्छ ।

२. जुआन्चो ई. इरास्क्वीन एयरपोर्ट, साबा आइल्यान्ड

सेन्ट मार्टिनबाठ ४५ किलोमिटर दक्षिणतर्फ रहेको यो एयरपोर्ट साबाको मिनुस्कुल डच क्यारेबियन आइल्याण्डमा अवस्थित छ । यस आइल्याण्डलाई किङकन मुभी आयल्यान्डको नामले पनि चिनिन्छ । यस एयरपोर्टको रनवे केवल ४ सय मिटर मात्र लामो छ । यो रनवे संसारकै छोटो कमर्सियल रनवे पनि हो । यो एयरपोर्ट पहाडको तल्लो भागमा निर्माण गरिएको छ, जसको रनवेको दुवै भाग चट्टानको अन्त्यमा रहेको छ ।

१. पारो इन्टरनेशनल एयरपोर्ट, भुटान

भुटानको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा रहेको पारो इन्टरनेशनल एयरपोर्ट हिमालका तीखा चुचुराहरूले घेरिएको गहिरो उपत्यकामा अवस्थित छ । यस एयरपोर्टमा उपत्यकामा चल्ने तीव्र हावाका कारण हुने गम्भीर टब्रुलेन्स त सामान्य नै मानिन्छ । संसारकै खतरनाक मानिएको यस एयरपोर्टमा उडानहरूलाई दिनमा मात्र अवतरणको अनुमति दिइएको छ । मौसम विज्ञानलाई आधार मानेर अनुकुल भए मात्र उडान भर्ने भनिएता पनि एयरक्राफ्ट उपकरणभन्दा पनि पाइलटहरूले हेरेकै भरमा उडान भर्ने गरिएको छ । अवतरणको क्रममा हिमालका तीखा चुचुराहरू हुँदै एयरपोर्टतर्फ लाग्दा अन्तिम मिनेटसम्म पनि रनवे देखिएको हुँदैन । यस एयरपोर्टमा अवतरण गर्ने आधिकारिक पाइलटहरू एकदमै सीमित संख्यामा तोकिएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,