के हो आध्यात्मिकता ? कसरी बन्ने आध्यात्मिक ?



आध्यात्मिकता भनेको कुनै विशेष अभ्यास होइन । यो एक प्रकारले हुने तरिका हो । त्यस स्थितिसम्म पुग्नको लागि, गर्नुपर्ने चीजहरू थुप्रै छन् । यो तपाईंको घरको बगैँचा जस्तै हो । यदि माटो, सूर्यको किरण र विरुवाको फेद एक निश्चित स्थितिमा छन् भने, त्यसमा फूल फुल्दैन । तपाईंले यसको लागि केही गर्नुपर्ने हुन्छ । तपाईंले ती चीजहरूमा विशेष ध्यान दिनुपर्छ । त्यसैगरी, यदि तपाईंले आफ्नो शरीर, मन, भावनाहरू तथा उर्जाको प्रयोग गरी निश्चित स्तरसम्म विकसित गर्दै लैजानुभयो भने, तपाईंभित्र केही प्रस्फुरित हुनेछ— यही आध्यात्मिकता हो । जब तपाईंको तर्क अपरिपक्व हुन्छ, यसले हरेक चीजप्रति सन्देह गर्दछ । जब तपाईंको तार्किक बुद्धि परिपक्व हुन्छ, यसले हरेक चीजलाई पूर्णतया फरक परिप्रेक्ष्यमा देख्दछ ।

यदि तपाईं सृष्टिको स्रोत वा यसको प्रक्रिया जान्न चाहनुहुन्छ भने, तपाईंले सबैभन्दा नजिकबाट जान्नुभएको सृष्टिको अंश भनेको आफ्नै शरीर हो, हैन र ? यसभित्रै स्रष्टा कैद छन् । तपाईंले उनलाई अनुभव गर्नबाट चुक्नु हुँदैन । यदि तपाईंले आफूभित्र सृष्टिको स्रोतलाई चिन्नुभयो भने, तपाईं आध्यात्मिक हो ।

जब व्यक्तिले आफूभन्दा केही विशाल चीजको अनुभव गर्दछ, तब त्यसलाई ′यो भगवान् हो′ भनेर हेर्ने गरिन्छ । ′भगवान्′ भन्ने बित्तिकै हामी त्यसलाई लक्षित गरिरहेका हुन्छौँ, जुन हामीभन्दा विशाल छ । यो कोही व्यक्ति हुन सक्दछ वा कुनै अनुभव वा प्रकृतिका केही आयामहरू समेत हुन सक्छन् । तर, के यही आधयात्मिकता हो ? होइन, यो केवल जीवन हो । जब म ‘केवल जीवन’ भनिरहको छु, म यसलाई झिनो कुराको रूपमा आँकलन गरिरहेको छैन । यो सबैभन्दा ठूलो कुरा हो । जब यो जीवन तपाईंलाई भाव विह्वल गर्ने शक्तिशाली र आनन्ददायक अनुभव बन्दछ, तबमात्र तपाईं यो जान्न चाहनुहुन्छ कि यसको रचयिता को हुन्— यसलाई कसले सृजना गरेका होलान् ?

यदि तपाईं सृष्टिको स्रोत वा यसको प्रक्रिया जान्न चाहनुहुन्छ भने, तपाईंले सबैभन्दा नजिकबाट जान्नुभएको सृष्टिको अंश भनेको आफ्नै शरीर हो, हैन र ? यसभित्रै स्रष्टा कैद छन् । तपाईंले उनलाई अनुभव गर्नबाट चुक्नु हुँदैन । यदि तपाईंले आफूभित्र सृष्टिको स्रोतलाई चिन्नुभयो भने, तपाईं आध्यात्मिक हो ।

एक नास्तिक आध्यात्मिक हुन सक्दैन । साथै, तपाईंले यो पनि बुझ्न जरूरी छ कि आस्तिक पनि आध्यात्मिक हुन सक्दैन । किनकि, नास्तिक र आस्तिकमा कुनै भिन्नता हुँदैन । पहिलोले यो मान्दछ कि भगवान् छैनन्, जबकि अर्कोले यो मान्दछ कि भगवान् छन् । दुवै थरीले यस्तो कुरालाई विश्वास गरिरहेका हुन्छन्, जसको बारेमा उनीहरू केही जान्दैनन् । तपाईंले इमान्दारीपूर्वक यो स्वीकार गरिरहनु भएको छैन कि तपाईंलाई थाहा छैन— यही तपाईंको समस्या हो । त्यसैले, नास्तिक र आस्तिक फरक होइनन् । उनीहरू एउटै किसिमका मानिसहरू हुन्, जो फरक भएको देखावटी गरिरहेका हुन्छन् । जबकि, आध्यात्मिक साधक न त आस्तिक हो, न त नास्तिक नै । उसलाई यो थाहा भएको हुन्छ कि ऊ केही पनि जान्दैन, त्यसैले ऊ खोज गरिरहेको हुन्छ ।

जुन क्षण तपाईं कुनै कुरामा विश्वास गर्नुहुन्छ, तपाईं बाँकी सबै कुराहरूप्रति अन्धो बन्नुहुन्छ । यस धरतीमा भएका सम्पूर्ण संघर्षहरू असल र खराबको बीचमा भइरहेका होइनन्— एउटा व्यक्तिको विश्वास विरूद्ध अर्को व्यक्तिको विश्वास बीच मात्रै संघर्ष भइरहेको हो । कुनै चीजमा विश्वास गर्नुपर्ने आवश्यकता आध्यात्मिक नभई मानसिक हो । तपाईं केही न केहीमा लिप्त हुन चाहनहुन्छ, तपाईं सुरक्षित महसुस गर्न चाहनुहुन्छ, तपाईं यस्तो महसुस गर्न चाहनुहुन्छ कि मानौँ तपाईं सबैथोक जान्नुहुन्छ । यो एकदमै अपरिपक्व दिमागको उपज हो । यदि तपाईं यो अस्तित्वको बारेमा केही पनि जान्नुहुन्न भने, यसमा समस्या के छ ? वास्तवमा, तपाईं केही पनि जान्नुहुन्न । यो सुन्दर कुरा हो ! बरु, तपाईं यसमा ध्यान दिनुहोस् कि आफूलाई भित्रबाट सुन्दर र आनन्दित कसरी बनाउने— किनकि, यो तपाईंकै हातमा छ ।

यदि तपाईं असीम (असीमित) हुन चाहनुहूुन्छ, अनि तपाईं यसलाई आफ्नो भौतिकताको माध्यमले पाउने प्रयास गरिरहनु भएको छ भने, तपाईं मूलतः किस्ता-किस्तामा अनन्ततर्फ जाने प्रयत्न गरिरहनु भएको हुन्छ । के तपाईं १, २, ३, ४ गरेर गन्दै अनन्तसम्म गिन्ती गर्न सक्नुहुन्छ र ?

कुनै समुद्र वा पर्वतमा गएर नौलो अनुभवको खोज गर्नु सुन्दर र रमणीय लाग्न सक्दछ—तपाईंले यो संसारको पनि आनन्द लिनुपर्छ, तर साथसाथै, तपाईंले यो समेत बुझ्न जरूरी छ कि समुद्रमा रहने माछाले यसलाई आध्यात्मिक अनुभव ठान्दैन, न त पहाडहरूमा घुम्ने बाख्राले त्यसलाई आध्यात्मिक अनुभव ठान्छन् । किनकि, उनीहरू जहिल्यै त्यहीँ हुन्छन् । यदि तपाईंले तिनलाई शहरमा ल्याउनुभयो भने, तिनीहरू यसलाई चाहिँ आध्यात्मिक अनुभव ठान्न सक्छन् । वास्तवमा, यो के जस्तो हो भने तपाईंभित्रको केही अवरोध टुटेको हो— तपाईंभित्र केही प्रस्फुटित भएको हो । तपाईं एउटा सानो खोलभित्र हुनुहुन्थ्यो । त्यो फुट्यो, अनि तपाईं त्योभन्दा ठूलो खोलमा पुग्नुभयो । म के भनिरहेको छु भने, यदि तपाईं यसमा अभ्यस्त हुनुभयो भने, केही समयपछि यो ठूलो खोल पनि पहिलेको जस्तै प्रतीत हुन्छ ।

अतः यदि तपाईं असीम (असीमित) हुन चाहनुहूुन्छ, अनि तपाईं यसलाई आफ्नो भौतिकताको माध्यमले पाउने प्रयास गरिरहनु भएको छ भने, तपाईं मूलतः किस्ता-किस्तामा अनन्ततर्फ जाने प्रयत्न गरिरहनु भएको हुन्छ । के तपाईं १, २, ३, ४ गरेर गन्दै अनन्तसम्म गिन्ती गर्न सक्नुहुन्छ र ? तपाईंको गिन्ती कहिल्यै टुङ्गिने छैन । यो सही तरिका होइन । तपाईं भौतिक साधनहरूको माध्यमले असीम प्रकृतिसम्म पुग्न सक्नुहुन्न । हरेक मनुष्य असीम हुन चाहिरहेको हुन्छ । यदि तपाईंले उसलाई उसले चाहेको सबैथोक दिनुभयो भने, ऊ तीन दिनसम्म ठिक रहन्छ । तर, चौथो दिन ऊ अरू केही खोज्न थाल्दछ ।

तपाईं आफ्नो लागि थोरै समय निकाल्न सक्नुहुन्छ, जहाँ तपाईं पूरै समर्पित, प्रतिबद्ध र एकचित्त हुनुहुन्छ भने, हामी तपाईंलाई एउटा सरल अभ्यास सिकाउन सक्छौँ । हरेक दिन केवल २१ मिनेटको अभ्यासबाट (इनर इन्जिनियरिङ्ग), तपाईं आफूभित्र एउटा अभूतपूर्व आध्यात्मिक अनुभवसहित आफ्नो दिनको सुरुवात गर्न सक्नुहुन्छ । यस्तो शक्तिशाली अनुभव, जसले तपाईंलाई पूरै दिन शान्त र आनन्दित बनाइ राख्दछ ।

केही मानिसहरू यसलाई लोभको संज्ञा दिन सक्छन्, तर म यसलाई गलत दिशामा चलिरहेको जीवन-प्रक्रिया भन्दछु । यदि तपाईं असीम प्रकृतिलाई जान्न चाहनुहुन्छ भने, तपाईंले त्यो आयामलाई अनुभव र अनुभूत गर्नुपर्छ जुन भौतिकभन्दा पर छ । केही यस्तो, जसलाई तपाईंले समुद्रमा हाम फाल्दा, कुनै हिमाल देख्दा, कुनै गीत गाउँदा, नाच्दा, आफ्ना आँखा बन्द गर्दा वा कुनै अनौठो तरिकाले स्पर्श गर्नुभएको हुन सक्छ । तपाईंले त्यसलाई छुनु त भयो, तर अब प्रश्न यो हो कि त्यसलाई कसरी थामी राख्ने ।

हामी तपाईंलाई एउटा सरल अभ्यास सिकाउन सक्छौं, जुन आत्मपरक हुन्छ अर्थात् व्यक्ति विशेषमा निर्भर गर्दछ । यदि तपाईं प्रतिबद्ध हुनुहुन्न भने, कुनै पनि आत्मपरक तकनिकीलाई त्यस्तो परिवेशमा सिकाउन सकिँदैन । यदि तपाईं आफ्नो लागि थोरै समय निकाल्न सक्नुहुन्छ, जहाँ तपाईं पूरै समर्पित, प्रतिबद्ध र एकचित्त हुनुहुन्छ भने, हामी तपाईंलाई एउटा सरल अभ्यास सिकाउन सक्छौँ । हरेक दिन केवल २१ मिनेटको अभ्यासबाट (इनर इन्जिनियरिङ्ग), तपाईं आफूभित्र एउटा अभूतपूर्व आध्यात्मिक अनुभवसहित आफ्नो दिनको सुरुवात गर्न सक्नुहुन्छ । यस्तो शक्तिशाली अनुभव, जसले तपाईंलाई पूरै दिन शान्त र आनन्दित बनाइ राख्दछ ।

यस अतिरिक्त, यसलाई कायम राखिरहनको लागि हरेक व्यक्तिले यो अभ्यास गर्नैपर्छ— तपाईं जे-जसमा संलग्न वा सहभागी हुनुहुन्छ, त्यसमा कुनै भेद नगर्नुहोस् । यदि तपाईंले कुनै व्यक्ति, रूख वा बादल हेर्नुभयो भने, सबैप्रति समान रूपको संलग्नता रहोस् । आफ्नै शरीर र श्वाससँग समेत समान रूपको संलग्नता रहोस् । यदि तपाईंमा यो उत्तम, त्यो उत्तम भनेर भेद गर्ने भाव छैन, अनि जीवनको हरेक पक्षमा समान भावले संलग्न हुनुहुन्छ भने, तपाईं हरेक क्षण आध्यात्मिक रहनुहुनेछ । तब, कसैले पनि तपाईंलाई यो सिकाउनु पर्दैन कि आध्यात्मिकता भनेको के हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल अटोमोबाइल्स डिर्लस एशोसिएसन अफ नेपाल (नाडा) को आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरुको

महिला हिंसा अन्त्य गर्नपर्छ भन्ने नारा हामीले प्राय सुनिरहेका हुन्छौ । यो विषयमा चर्चा हुन थालेको लामो समय भईसक्यो ।

राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिएका छन् ।  काठमाडौंमा बुधबारबाट सुरु भएको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै