English

कलाकारको तिहार योजना, कसको के ?



आज तिहारको दोस्रो दिन अर्थात लक्ष्मी पूजा । सधैं तेस्रो दिन पर्ने लक्ष्मी यसपाली तिथि घटबढका कारण दोस्रो दिन नै पर्न गयो । जे होस् सामान्य नागरिकदेखि सेलिब्रिटीसम्मलाई तिहारले छपक्कै छोपिसकेको छ । कोरोनाअघि चाडबाडको बेलामा कलाकारहरु विभिन्न कार्यक्रम तथा फिल्म प्रदर्शनमैै व्यस्त हुन्थे । तर, कोरोना आएसँगै चाडबाडको समयमा पनि कलाकारहरु फुर्सदिला भएका छन् । त्यसैले धेरैजसो कलाकारले यसवर्षको तिहार परिवारसँगै मजाले मनाउँदैछन् भन्ने अनुमान लगाउन खासै गाह्रो छैन ।

हास्यव्यंग्य कलाकार किरण केसीले काठमाडौंमै सानिमाको छोरीको हातबाट टीका लगाएर साधारण रुपमा मनाउने योजनामा छन् । दसैंमा टिका नभएपनि अमेरिकामा छोरा बुहारीसँग रमाइलो समय बिताएर फर्किएका केसी तिहार भने नेपालमै हर्षोउल्लासका साथ मनाउँदैछन् । लक्ष्मी पूजाको दिन केही सरसफाई कार्यक्रमहरु तथा सांस्कृतिक कार्यक्रमहरुमा सहभागी हुने योजना उनले सुनाए । ‘दसैं तिहार हामी नेपालीहरुको महान चाड भएकाले सबैले यसलाई हर्षोउल्लासको साथ आफ्नो क्षमता अनुसार मनाउन आग्रह गर्न चाहन्छु र शुभदिपावलीको सम्पुर्णमा शुभकामना भन्न चाहन्छु,’ उनी भन्छन् ।

अभिनेत्री सञ्चिता लुईंटेल चलचित्र ‘म राजेश हमाल’को सुटिङ्गमा व्यस्त थिइन् । तर तिहार मनाउनको लागि भने उनी सुङ्गिङ सकाएर यमपञ्चकको पहिलो दिन काठकाडौं फर्किएकी छिन् । काठमाडौंमै परवारसँग रमाइलो गरेर तिहार मनाउने उनको योजना छ । दाजुभाई नभएकाले दिदिबहीनी मिलेर भाईटिका लगाउने गरेको भए पनि यो वर्ष भने उनी भिडियोकलबाट नै भाईटिका मनाउँदै छिन् । तिहारको माहोल झिलिमिली बत्ती, देउसी भैलो, लक्ष्मी पूजा सबै कुराहरु उनलाई विशेष लाग्छ । त्यसैले यो वर्ष पनि परिवारहरुसँग रमाइलो गरेर समय बिताउने उनको योजना छ ।

मोडल तथा डान्सर सरोज अधिकारीको यो पाली तिहारमा टिका छैन । टिका नभए पनि कार्टुन क्रुज जुनियरले देउसी भैलो खेलेको हेरेर उनीहरुसँग रमाइलो गरी बिताउने उनको योजना छ । आस्मा विश्वकर्मा एउटा कार्यक्रममा व्यस्त भएकोले स्टेज कार्यक्रमहरुमा पनि सहभागी नभएको उनी बताउँछन् । काठमाडौंमै जुनियर कार्टुन क्रयुजसँग समय बिताएर उनीहरुसँग नै तिहार मनाउने अधिकारीको योजना छ ।


अभिनेता रमेश उप्रेतिको यो पटक तिहारमा विशेष योजना केही पनि छैन । जुठो परेकोले गर्दा टीका लगाउन नमिल्ने भएकाले साथिभाईहरुसँग भेटघाट गरेर नै यो पटकको तिहार बित्ने उनी बताउँछन् । साथीभाई भेट्ने र परिवारसँग समय बिताउने मौका चाडबाडले प्रदान गर्ने उनी सुनाउँछन् । उनी भन्छन्, ‘चाडबाडको बेलामा घर परिवार र साथीभाईहरुसँग रमाइलो गर्ने जमघट गर्ने मौका मिल्छ ।’

गायिका शान्ति श्री परियारको पनि यस वर्ष तिहारमा विशेष योजना केही छैन । कोभिडको जोखिम कायमै रहेको र छोरी सानै भएकले टाढा टाढाको कार्यक्रमहरुमा सहभागी नहुने उनी बताउँछिन् । उनी भन्छिन्, ‘दसैंमा माईत गएको थिएँ त्यसैले तिहारमा काठमाडौंमा नै छुु ।’ भाईटिका लगाउनको लागि गुल्मिबाट भाई नै काठमाडौं आउने भएकोले भाईसँग तथा परवारसँग काठमाडौंमै तिहार मनाउने उनको योजना छ ।मोडल तथा डान्सर सरोज अधिकारीको यो पाली तिहारमा टिका छैन । टिका नभए पनि कार्टुन क्रुज जुनियरले देउसी भैलो खेलेको हेरेर उनीहरुसँग रमाइलो गरी बिताउने उनको योजना छ । आस्मा विश्वकर्मा एउटा कार्यक्रममा व्यस्त भएकोले स्टेज कार्यक्रमहरुमा पनि सहभागी नभएको उनी बताउँछन् । काठमाडौंमै जुनियर कार्टुन क्रयुजसँग समय बिताएर उनीहरुसँग नै तिहार मनाउने अधिकारीको योजना छ ।

अभिनेत्री तथा मोडल एलिजा गौतम लामो समयको क्यानडा बसाई पछि नेपाल फर्किएकी छिन् । उनको भाई पनि यो वर्ष नेपालमा भएकोले यो वर्षको तिहार एकदमै रमाइलो गरेर मनाउने योजना भएको उनी सुनाउँछिन् । लक्ष्मी पूजाको दिन पनि विशेष गुरु बोलाएर नै पूजा आराधना गरेर लक्ष्मी भित्राउने उनको योजना छ । हरेक चाडबाडलाई भव्यताको साथ मनाउन उनलाई मन पर्छ । त्यसैले यो वर्ष तिहारमा पनि पारिवारिक जमघट, पूजाआजा र रमाइलो गरेर मनाउने योजना रहेको उनले सुनाइन् ।

गायिका एलिना चौहान आजभोलि एकदमै व्यस्त गायिका भित्र पर्छिन् । यो पटकको तिहारमा विभिन्न स्टेज कार्यक्रमहरुमा सहभागी भएर उनी आज अर्थात् लक्ष्मी पूजाको दिन जन्म घर झापा पुग्ने योजना छ । आफ्ना ६ जना दाजुभाईहरुलाई टिका लगाई दिएर उनीहरुसँगै रमाइलो गरेर तिहार मनाउने योजना रहेको उनी सुनाउँछिन् ।

गायक स्वप्न सुमनको यो वर्ष तिहारमा त्यस्तो विशेष योजना केही नभएपनि परिवारसँग रमाइलो गरेर मनाउने योजना छ । लामो समय लकडाउन भएकाले उनको स्टुडियोको काम रोकिएको थियो । अहिले अब स्थिती बिस्तारै नर्मल हुँदै गएकोले अहिले उनी आफ्नो स्टुडियोको काममा व्यस्त छन् । त्यसैले उनको तिहार काठमाडौंमै हुन्छ । तिहार पछि भने उनी केही स्टेज कार्यक्रमहरुमा सहभागी हुने उनी सुनाउँछन् ।
अभिनेत्री स्वस्तिमा खड्काले यो वर्षको तिहार परिवारसँग काठमाडौंमै मनाउँदै छिन् । कोरोनाको जोखिम कम नभइसकेकोले गर्दा अघिल्लो वर्ष जस्तै परिवारहरुसँग रमाइलो गरेर तिहार मनाउने उनको योजना छ । विशेष योजना केही नभए पनि परिवारसँग समय बिताउन जमघट हुन पाइन्छ त्यो नै विशेष हुने उनी बताउँछिन् ।

अभिनेत्री सरिता लामिछाने यो वर्ष तिहार मनाउन पोखरा जाँदै छिन् । दाजुभाईलाई टिका लगाएर उनीहरुको दिर्घायु, उन्नती तथा प्रगतीको कामना गर्दै तिहार मनाउने उनको योजना छ । तिहारको लागि केहि कार्यक्रमहरुमा सहभागी हुने निमन्त्रणा आएको भए पनि कोरोनाको जोखिम कायमै रहेकाले त्यो कार्यक्रम पछि सरेको उनी सुनाउँछिन् ।

यो पनि पढ्नुहोस् :
१७० कुकुरकी अन्नदाता : स्नेहा
सयपत्री सप्रिदा किसान मख्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक
भाइटीकाको साइत सार्वजनिक, टिकाको शुभ साइत ११ः०२ बजे
यमपञ्चकका ५ दिन, यस्तो छ महत्व



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested