English

निर्माता सुरक्षित रहने र दर्शक हलसम्म आउने फिल्मको आवश्यक



अभिनेता तथा निर्देशक निश्चल बस्नेतले नेपाली फिल्मलाई चलायमान बनाउन आआफ्नो स्थानबाट अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । हालै एक फिल्म हलको उद्घाटन कार्यक्रममा उनले  कोरोना महामारीले फिल्म क्षेत्रमा निराश बढेका बेला हलको उद्घाटन हुनु सुखद संकेतको रूपमा लिनुपर्ने बताए । 

‘यो समयमा हल खुल्नु निकै खुसीको कुरा हो, यसले फिल्मी क्षेत्रलाई चलायमान बनाउने मेरो विश्वास छ’, निश्चलले भने । हल सुरक्षित रहेको संदेश दर्शकमाझ पुगेमा फिल्म क्षेत्र विस्तारै चलायमान बन्ने बताए । उनले यो समयमा फिल्म बनाउँदा दर्शक र बजारलाई हेरेर बनाउनु पर्नेमा जोड दिए । 

‘कोरोना भाइरसको कारणले सिर्जित अवस्थापछि हामीले काम गर्दा दर्शक पनि हलसम्म आउने र निर्माताको लगानी पनि सुरक्षित रहने फिल्म बनाउनुपर्छ’, निश्चलले भने । उनले आफूले पनि फिल्म बनाउने कोसिस गरिरहेको बताए ।

फिल्म प्रदर्शन अन्ततः व्यापार नै भएकोले त्यसतर्फ चनाखो हुनु जरुरी रहेको बताएका उनले भने, ‘हामीलाई कथा मन परेर फिल्म बनाउँछौ र त्यसलाई दर्शकले हेरेर आफ्नो प्रतिक्रिया दिनुहुन्छ । अन्ततः फिल्ममा जोडिने भनेकै विजनेश हो । त्यसैले निर्माता पनि सुरक्षित हुने र दर्शक पनि हलसम्म आउने फिल्मका लागि तयारी गर्नुपर्छ ।’

यो पनि पढ्नुहोस् :
ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested