English

कुन बैंकले कति प्रतिशत ब्याजदरमा दिन्छन् ऋण ?



घरजग्गा, सवारीसाधन खरिद तथा व्यापार व्यवसाय गर्न मानिसहरुलाई व्यक्तिगत आयस्रोतले नपुगेर ऋणको आवश्यता पर्छ । बैंक तथा वित्तिय संस्थाहरुको विकास नहुँदा केही काम गर्नका लागि चिनेजानेका व्यक्तिसँग ऋण लिने चलन थियो । तर, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको विकास भएसँगै व्यावसायिक तथा व्यक्तिगत प्रयोजनको लागि ऋण लिने प्रचलन बढेको छ ।

गत कात्तिक १ गतेदेखि लागू हुने गरी बैंकहरूले गत असोजको तुलनामा ३० प्रतिशतसम्म ब्याजदर बढाएका थिए । ब्याजदर वृद्धिमा धेरै प्रतिस्पर्धा भएपछि राष्ट्र बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा धेरै ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था ग¥यो । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार कात्तिक ३ गते बैंकहरुले निर्देशित सिमा भित्र रहेर प्रकाशित गरेको नयाँ ब्याजदर यस्तो छ :

यस्तो छ बैंकहरुको नयाँ ब्याजदर

कृषि विकास बैंक

कृषि विकास बैंकले बचत खातामा ३.८५ प्रतिशतदेखि ५.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । व्यक्तिगत मुद्दतिमा ७.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । २०७८ कात्तिक ३ गते बैंकको आधार दर ७.१३ प्रतिशत छ । यसमा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर ऋणको ब्याजदर तोकेको छ ।

नेपाल बैंक लिमिटेड

नेपाल बैंकले बचतमा ३.३६ देखि ५.१ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दतिको अधिकतम ब्याज ८.३६ प्रतिशत कायम गरेको छ । कात्तिक ३ गते बैंकको आधार दर ५.७६ प्रतिशत छ । यसमा १.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले ऋण दिन्छ । स्थिर ब्याज भने ९.३५ प्रतिशतदेखि १३.३५ प्रतिशतसम्म कायम गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले बचतमा ३.३६ देखि ५.५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ देखि ८.३६ प्रतिशतसम्म व्याजदर तोकेको छ । संस्थागत मुद्दति निक्षेपमा ६ देखि ७.३६ प्रतिशतसम्म तोकेको छ । कात्तिक महिनाको आधार दर ४.२५ प्रतिशत अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा ३ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ । स्थिर कर्जाको लागि ९ देखि ११ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

नबिल बैंक

नबिल बैंकले बचतमा ४.३६ देखि अधिकतम ६.३६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । मुद्दतिमा ८.३६ प्रतिशत छ । बैंकले सार्वजनिक गरेको नयाँ आधार दर ६ प्रतिशत रहेको छ । यसमा ७ प्रतिशतसम्म प्रिमियम थप गरेर ऋण उपलब्ध गराउनेछ ।

एनआईसी एसिया बैंक
एनआइसी एसिया बैंकले बचतमा ५ देखि ७ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदरअनुसार मुद्धति निक्षेपमा ९.३६ प्रतिशतसम्म ब्याज पाइनेछ । बैंकको आधार दर ६.८६ प्रतिशत छ । यसमा ६ प्रतिशतसम्म ब्याज थप गरेर ऋण दिनेछ ।

बैंक अफ काठमान्डू

बैंक अफ काठमान्डूले बचतमा ४.३६ देखि ५.८६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दतिको अधिकतम ब्याज ९.३६ प्रतिशत कायम गरेको छ । बैंकको कात्तिकको आधार दर ७.९३ प्रतिशत रहेकोले यसमा ५ प्रतिशतसम्म ब्याज थप गरेर ऋण दिने व्यवस्था गरेको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले बचतमा न्यूनतम ब्याज ४ देखि ५.१० प्रतिशत ब्याजदर राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.८० प्रतिशत कायम गरेको छ । बैंकको कात्तिक महिनाको आधार दर ७.४६ प्रतिशत रहेको छ । यसमा ५ प्रतिशतसम्म ब्याज थप गरेर कर्जा दिइने बैंकले जनाएको छ । स्थिर कर्जाको लागि १०.५० प्रतिशतदेखि १३ प्रतिशत ब्याजदर निर्धारण गरेको जनाएको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले बचतमा ४.७६ देखि ५.७६ प्रतिशत ब्याजदर तोकेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ९.३६ प्रतिशत निर्धारण गरेको छ । कात्तिक महिनाको अधारदर ७.२१ प्रतिशत रहेको छ । यसमा अधिकतम ६.९९ प्रतिशतसम्म ब्याज थप गरेर कर्जा प्रवाह गर्नेछ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले बचतमा ६.५ देखि ७.५ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । मुद्धति निक्षेपमा व्यक्तिगततर्फ ११.५ प्रतिशत ब्याज दिनेछ । बैंकको कत्तिकको आधार दर ७.७ प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म ब्याज थप गरेर १२.७ प्रतिशतसम्म ऋण दिन्छ ।

मेगा बैंक

मेगा बैंकले बचत खातामा ४.८६ देखि ५.८६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा ९.३६ प्रतिशतसम्म ब्याजदर निर्धारित गरेको छ । बैंकको कात्तिक महिनामा आधार दर ६.८० प्रतिशत छ । त्यसैगरी ऋणतर्फ विभिन्न प्रकारको आधार दरमा अधिकतम ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले बचतमा ४.४५ देखि ५.४५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले मुद्धतिमा व्यक्तिगततर्फ ९.३६ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको कात्तिक महिनामा आधार दर ६.८८ प्रतिशत छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५ प्रतिशतसम्म ब्याजदर थप गर्नेछ ।

प्रभु बैंक

प्रभु बैंकले बचत खातामा ४.७ देखि ५.८२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । मुद्धतिमा ८.७ देखि ९.७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकको कात्तिक महिनाको आधार दर ७.५० प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म ब्याज थपेर ऋण दिने व्यवस्था बैंकले गरेको छ । स्थिर ब्याजदरका लागि न्यनतम १०.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ ।

सनराईज बैंक

सनराईज बैंकले बचतमा ४.५७ प्रतिशत ब्याजदर तोकेको छ । मुद्धति निक्षेपमा व्यक्तिगततर्फ ८ प्रतिशत तोकेको छ । कात्तिक महिनामा बैंकको आधार दर ८.४० प्रतिशत छ । यसमा ६ प्रतिशतसम्म ब्याज थप गरेर बैंकले कर्जा प्रवाह गर्ने छ ।

एनएमबि बैंक

एनएमबि बैंकले बचतमा ४.९७ प्रतिशत ब्याजदर तोकेको छ । मुद्धतिमा ६.५७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । कात्तिक महिनाको अधारदर ७.३३ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म ब्याज थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बचत खतामा ३ प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्धतिमा ९.३६ प्रतिशत ब्याजदर तोकेको छ । कात्तिक महिनाको आधार दर ७.४१ प्रतिशत छ । यसमा ६ प्रतिशतसम्म ब्याज थप गरेर ऋण दिने बैंकले जनाएको छ ।

सानिमा बैंक

सानिमा बैंकले बचत खातामा ३.५१ देखि ४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले मुद्धतिमा ८.५१ प्रतिशत ब्याज दिनेछ । सानिमा बैंकको कात्तिकको आधारदर ६.५३ प्रतिशत छ यसमा ७ प्रतिशतसम्म ब्याज थप गरेर बैंकले कर्जा उपलब्ध गराउनेछ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले बचतमा ४.३६ देखि ४.४० प्रतिशतसम्म ब्याजदर तोकेको छ । व्यक्तिगत मुद्धतिमा ८.५० देखि ९.३६ प्रतिशत व्याजदर निर्धारण गरेको छ । एभरेष्ट बैंकको कात्तिक महिनाको आधार दर ५.९८ प्रतिशत छ जसमा ५ प्रतिशतसम्म ब्याज थप गरेर बैंकले कर्जा उपलब्ध गराउने छ ।

कुमारी बैंक

कुमारी बैंकले बचत खातामा ४.४७ प्रतिशतदेखि ६.४७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, व्यक्तिगत मुद्धति निक्षेपमा ८.९७ प्रतिशतदेखि ९.९७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकको कात्तिक महिनामा आधार दर ८.०७ प्रतिशत छ । जसमा ६.५० प्रतिशतसम्म ब्याजदर थप गरेर बैकले कर्जा उपलब्ध गराउँछ । बैंकले न्यूनतम ११ प्रतिशत देखि अधिकतम ११.७५ प्रतिशतसम्ममा स्थिर कर्जा दिने योजना बनाएको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले बचतमा ४.५६ देखि ६.५६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । व्यक्तिगत मुद्धतिमा ९.३६ देखि ८.३६ प्रतिशत र संस्थागत निर्धारण गरेको छ । बैंकको कात्तिक महिनाको अधार दर ६.७५ प्रतिशत छ । यसमा अधिकतम ५ प्रतिशतसम्म ब्याजदर थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले बचतमा ४.३६ देखि ५.५१ प्रतिशतसम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ९.३६ प्रतिशत र संस्थागत मुद्दतिमा निर्धारण गरेको छ । कात्तिक महिनामा बैंकको आधारदर ७.२६ प्रतिशत छ । यसमा ७ प्रतिशतसम्म ब्याजदर थप गरेर ऋण दिने जनाएको छ । बैंकले स्थिर ब्याजदरका लागि ९.८९ प्रतिशतदेखि १२.२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यो पनि पढ्नुहोस्
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
पहिलो लकडाउनकै ऋण तिरेको छैन
यस्तो छ कृषि फार्म दर्ता गर्ने प्रक्रिया
पैसा कसरी जोगाउने ?
विद्यार्थी भन्छन्, ‘ऋण होइन सरकार, रोजगार देऊ’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,