English

बाग्मतीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त, यस्तो छ राजनीतिक पृष्ठभूमि



बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाअनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

एमालेका तर्फबाट धादिङ क्षेत्र १ (१) बाट विजयी बनेका पाण्डे बाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसकेका छन् । 

एमालेबाट मुख्यमन्त्री बनेकी शाक्यले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बुधबार हिजो मार्गप्रशस्त गरेकी थिइन् । शाक्यको राजीनामापछि सरकारको नेतृत्वका लागि दाबी गर्न प्रदेश प्रमुखले गरेको गरेको आह्वानबमोजिम गठबन्धनका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित गठबन्धनले मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न माग गरेको थियो । प्रदेश प्रमुखको कार्यालयले सरकारको नेतृत्वका लागि दाबी गर्न हिजो २४ घन्टाको समयसीमा दिएको थियो ।  

प्रदेशसभामा १०९ जना सांसद रहेकोमा पाण्डे मुख्यमन्त्री बनेको दल एकीकृत समाजवादीको १३ जना मात्रै सांसद छन् । पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी (जसपा) को एक जना सदस्यले हस्ताक्षर गरेका थिए । केन्द्रीय गठबन्धनको सहमतिअनुसार बाग्मतीमा एकीकृत समाजवादीले सरकारको नेतृत्वको अवसर पाएको हो ।

बाग्मतीमा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको चर्चा गरिए पनि औपचारिक रूपमा नेताहरूबाट पुष्टि हुने गरी भने बताइएको छैन । प्रदेश सरकार गठनका लागि आवश्यक ५५ बढी सांसदको समर्थन आवश्यक पर्नेमा गठबन्धनका तर्फबाट ५९ जना सांसदले साथ दिएपछि पाण्डेले मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् । 

को हुन् मुख्यमन्त्री पाण्डे ? 

पाण्डे एमाले विभाजन भई बनेको एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन् । एमालेमा रहँदा माधवकुमार नेपाल निकट रहेका उनी आफ्नो राजनीतिक जीवन विद्यार्थीकालबाटै सुरु भएको बताउँछन् । विद्यार्थी बेलामै पसेको राजनीतिक चेतले आफूलाई कम्युनिष्ट बनाएको बताउने पाण्डेले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्नुअघि उनले शिक्षण पेसा अंगालेका थिए । 

पाण्डे २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका थिए । उनीसंग संघीय सरकारमा स्थानीय विकासमन्त्रीको जिम्मेवारी निर्वाह गरेको अनुभव पनि छ ।  पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति, २०५० मा एमालेको अञ्चल सचिव, २०५५ पार्टीको केन्द्रीय सदस्यको भूमिकामा थिए ।

उनी राजनीतिक आन्दोलनका क्रममा २०३३ मा ४२ दिन जेल परेका थिए । सो क्रममा उनी पार्टीको जेल कमिटीको सदस्यसमेत बनेका थिए । उनी झापा आन्दोलनमा पनि सक्रिय भएर आफ्नो भूमिका निर्वाह गरेका थिए ।  उनलाई २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो । पाण्डेसँग २०३६, २०३८ र २०४२ सालमा शिक्षक आन्दोलनको नेतृत्व गरेको अनुभव छ । 

यो पनि पढ्नुहोस्:
हजारौँ हेक्टरको धानबालीमा क्षति, मौसम नखुल्दासम्म नकाट्न सुझाव
आज कहाँ-कहाँ हुन्छ भारी वर्षा ? पहाडी भेगमा हिमपातको सम्भावना
उपत्यकाका विभिन्न स्थान डुबानमा
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)

मेलम्चीमा बाढीको बितण्डा : दर्जन बढी घर बगायो, ६ जना बेपत्ता
बेग घट्यो, घटेन मेलम्चीबासीको पीडा (फोटो फिचर)
बाढीपीडित सुकुम्बासीको गुनासो – नेताले कठपुतली मात्रै बनाए (भिडियोसहित)
देशभर मनसुन सक्रिय : यी क्षेत्रमा बाढी पहिरोको जोखिम उच्च !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली