English

कैलालीका बाढी पीडित भन्छन्– ‘घर छोडेर जान मन लागेको छैन’



कैलालीको टीकापुर नगरपालिका–२ विजयनगर शिविरमा मङ्गलबार अपराह्न ४ बजे कर्णाली नदीको बाढी गाउँमा पस्यो । बाढीको पानी बढ्दै गएपछि सोही शिविरमा बस्दै आएका निरक चौधरीले घरमा भएको सबै सरसामान छिमेकीको घरमा सारे । साँझको खाना पकाएर खानै नपाउँदा उनले भान्सामा पानी पस्यो । परिवार खाना नै खान नपाउँदै र भान्सामा रहेको सामान सार्न नपाउँदै भान्सा घर बाढीले भत्कायो ।

“खाना खाएर निस्केको भए सबै परिवारलाई घरले च्याप्थ्यो । धन्नले कुनै घटना भएन ।” उनले भने, “ एक छाक भोकै भएर पनि ज्यान जोगियो ।” अहिले निरकको परिवार सोही क्षेत्रमा रहेको एक बिधालयमा आश्रय लिएर बसिरहेका छन् । सोही शिविरमा बस्दै आएकी सीता चौधरीको परिवार पनि सोही नदीको बाढीबाट विस्थापित भएको छ ।

“घर छोडेर जान मन लागेको छैन । अवस्था कस्तो हुन्छ त्यसैको प्रतीक्षामा म घरमै बसिरहेको छु ।” सीताले भनिन्, “खेतमा लगाएको अन्नबाली र तरकारी खेती सबै बाढीले बगाएर लगेको छ । एकातिर ज्यान जोगाउन मुस्किल भएको छ भने, अर्कोतिर बस्तुभाउलाई बचाउन ।”

सीताको घरभित्रसम्म पानी पसेको छ भने परिवारका सदस्यलाई बिद्यालयमा व्यवस्थापन गरिएको छ । सीताले भने घर र घरको अन्नपात कुरेर जोखिममा बसेकी थिइन् । “अरु सबै बिद्यालयमा बसेका छन् । घरको अन्नपात र पशु चौपायालाई हेर्नको लागि पनि घरमै बस्नुपरेको छ ।” उनले भनिन्, “बर्सेनि यस्तै सास्ती खेप्दै आएका छौँ । राष्ट्रिय गौरवको आयोजनाले कर्णाली नदीमा तटबन्धको काम गर्दै आएको त सुनिन्छ तर कता गरिरहेको छ थाहा छैन । त्यसको हामीलाई कुनै असरसम्म पनि परेको छैन ।”

मङ्गलबार राति ९ बजे विजयनगर शिविरकै विक्रम चौधरीको घर वरिपरिबाट पानीका भंगालो बगिरहेको थियो । परिवारलाई सुरक्षित स्थानमा सारेकी सीतालाई घर र घरमा भएको सामानको मायाले घर छोड्न दिएको थिएन । दुवै तिरबाट पानीका भंगालोको बिचमा रहेको घरमा सीता एकलै बसेकी थिइन् । “घर छोडेर जान मन लागेको छैन । अवस्था कस्तो हुन्छ त्यसैको प्रतीक्षामा म घरमै बसिरहेको छु ।” सीताले भनिन्, “खेतमा लगाएको अन्नबाली र तरकारी खेती सबै बाढीले बगाएर लगेको छ । एकातिर ज्यान जोगाउन मुस्किल भएको छ भने, अर्कोतिर बस्तुभाउलाई बचाउन ।”

नगरपालिकाअन्तर्गतका सातवटै शिविर डुबानमा परेका छन् । विजयनगर शिविरमा जङ्गली हात्तीको त्रासले स्थानीय झनै आतङ्कित भएको स्थानीय बलबहादुर बुढाले जानकारी दिए। बुढाले गाउँमा बढी पसेसँगै जङ्गलबाट गाउँ पसेको हात्तीले केही घर भत्काउनुको साथै घरमा रहेको अन्नपातसमेत नष्ट गरेको बताए ।

नदीको मुख्य तीन कुला रानी, जमरा र कुलरीया कुलामा पानीको सतह अत्यधिक बढेको छ । ती कुलामा पानीको सतह बढ्दा कर्णालीका तटीय क्षेत्रका सयौँ परिवार विस्थापित भएका छन् भने टीकापुर बजारका मुख्य सडकसमेत जलमग्न बनेका छन् । अहिलेसम्म दर्जनभन्दा बढी पसलमा बाढी पसिसकेको छ । टीकापुर–१ को ब्लक नं १४ का अधिकांश घर डुबानमा परेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,