दसैं अनुभव : यसपालीको दसैं पनि अस्पतालमै



डा.अनुप बास्तोला, निर्देशक, टेकु अस्पताल

चिकित्सकीय पेशा बिरामीको सेवामा व्यस्त रहने पेशा हो । वर्ष दिनमा आउने चाड दसैंमा चिकित्सक तथा स्वास्थ्यकर्मीको पनि आफ्नै भोगाई तथा अनुभूति हुन्छन् । दसैंमा प्रसाशनिक मात्र होइन, आकस्मिक सेवा नभएका स्वास्थ्य केन्द्रहरु विदामा हुन्छन् । तर, अस्पतालको आकस्मिक सेवा चौबिसै घण्टा खुल्ला हुने भएकोले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी दुई वर्ष यता महामारीले गर्दा बिदा बस्न पाएका छैनन् । यस्तो अवस्थामा चिकित्सकले दसैंलाई कसरी सम्झन्छन् त ? यस्तो छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाको दसैं अनुभव ः

मेरो दसैं प्रायः काठमाडौंमै हुन्छ । दसैं तथा अन्य चाडबाडमा अस्पतालमा ड्युटी गर्ने डाक्टरमा पर्छु । मेरो जन्मथलो पोखरा हो । यो पेसामा आवद्ध भएदेखि धेरैमा २ देखि ३ पटकमात्र पोखरा गएको छु ।

अघिल्लो वर्ष पनि कोरोना माहामारीले गर्दा अस्पतालमा नै दसैं मनाएको थिएँ । त्यो समयमा दिर्घ रोगका बिरामी र वृद्धवृद्धाहरु बढी प्रभावित भएकाले अस्पतालमा धेरै चाप थियो । नेपालमा कोरोना महामारी भएसँगै प्रायः चाडबाडमा घरपरिवारलाई समय दिन पाइएको छैन ।हामीलाई समय नदिएको भनेर परिवारबाट कहीलेकाँही गुनासो पनि आउँछ । तर, एउटा डाक्टर भएपछि बिरामीलाई सेवा गर्नु मेरो दायित्व हो । अस्पतालको टिम र अस्पतालमा आएका बिरामी पनि मेरो परिवार हो ।

अघिल्लो वर्ष पनि कोरोना माहामारीले गर्दा अस्पतालमा नै दसैं मनाएको थिएँ । त्यो समयमा दिर्घ रोगका बिरामी र वृद्धवृद्धाहरु बढी प्रभावित भएकाले अस्पतालमा धेरै चाप थियो । नेपालमा कोरोना महामारी भएसँगै प्रायः चाडबाडमा घरपरिवारलाई समय दिन पाइएको छैन ।
हामीलाई समय नदिएको भनेर परिवारबाट कहीलेकाँही गुनासो पनि आउँछ । तर, एउटा डाक्टर भएपछि बिरामीलाई सेवा गर्नु मेरो दायित्व हो । अस्पतालको टिम र अस्पतालमा आएका बिरामी पनि मेरो परिवार हो । उहाँहरुसँगै दसैं मनाउनुको खुशी पनि छुट्टै प्रकारको छ ।
आइसियूका इन्चार्जको हातबाट टिका लगाएर, टिम तथा बिरामीसँग खुशी साटेर अघिल्लो वर्षको दसैं बितेको थियो । यो वर्ष पनि मेरो दसैं अस्पतालमा नै हुन्छ होला ।

अहिले निर्देशक भएपछि प्रशासकीय जिम्मेवारी थपिएको छ । जसले गर्दा बिरामीहरुसँग समय बिताउन पाएको छैन । दसैंमा प्रशासकीय काम नहुने भएकाले बिरामी तथा टिमसँग मिलेर दसैं मनाउने योजना छ ।कोरोनाको बिरामीहरुको अस्पताल बसाई लामो हुन्छ । उनीहरुसँग चिनजान हुन्छ, आत्मिय महसुस हुन्छ । त्यसैले उनीहरुलाई अस्पतालमै दसैंको माहोल सिर्जना गराउन मनपर्छ ।

अहिले निर्देशक भएपछि प्रशासकीय जिम्मेवारी थपिएको छ । जसले गर्दा बिरामीहरुसँग समय बिताउन पाएको छैन । दसैंमा प्रशासकीय काम नहुने भएकाले बिरामी तथा टिमसँग मिलेर दसैं मनाउने योजना छ ।कोरोनाको बिरामीहरुको अस्पताल बसाई लामो हुन्छ । उनीहरुसँग चिनजान हुन्छ, आत्मिय महसुस हुन्छ । त्यसैले उनीहरुलाई अस्पतालमै दसैंको माहोल सिर्जना गराउन मनपर्छ । यसो गर्दा अस्पतालका बिरामीलाई दसैं छुटाएको अनुभूति हुँदैन । त्यसैले खुशी हुनलाई कहिँ जानुपर्दैन जो आफ्नै मनमा छ ।

अस्पतालमा बिरामीलाई पनि हामीले दसैँको फिल गराउनुपर्ने दायित्व हुन्छ । आफ्नो मात्रै परिवारका सदस्यको चिन्ता भन्दापनि अस्पतालमा ठूलो संख्याका परिवारका सदस्यहरु हुन्छन् । उनीहरुको अनुहारमा खुशी फर्काउनु छ भन्ने लाग्छ । अस्पतालको ढोका बाहिर आएर कुरेर बसेका आफन्तलाई बिरामीलाई निको पारेर पठाउन पाउँदा चाडबाड भन्दा बढी खुसी मिल्छ । त्यसैले दसैंमा बिदा नपाउँदा पनि मलाई कुनै गुनासो छैन ।

यो पनि पढ्नुहोस् :
भारतबाट नेपाल भित्रिने मानिसको लर्को अझै रोकिएन
दशैंको मुखमा पनि भारत जानेको लर्को उस्तै
चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै
दसैँका साइत सार्वजनिक, टिकाको शुभ साइत १०ः०२ बजे
दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, कहाँको भाडा कति ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल अटोमोबाइल्स डिर्लस एशोसिएसन अफ नेपाल (नाडा) को आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरुको

महिला हिंसा अन्त्य गर्नपर्छ भन्ने नारा हामीले प्राय सुनिरहेका हुन्छौ । यो विषयमा चर्चा हुन थालेको लामो समय भईसक्यो ।

राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिएका छन् ।  काठमाडौंमा बुधबारबाट सुरु भएको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै