English

१० अभिनेत्री कसको फेसन डिजाइनर को ?



रंगिन संसारका सेलिब्रिटीहरुको मुहार र अभिनयको चर्चा जति हुन्छ त्यति नै उनीहरुको पहिरन÷फेसनले पनि बेला–बेलामा तारिफ पाइरहेको हुन्छ । विशेषगरि अभिनेत्रीहरु आफ्नो फेसनप्रति निकै कन्सस हुन्छन् जसले गर्दा पहिरनमा ध्यान दिन्छन् र सभा समारोहमा जाँदा क्यामेरा आफूतिर सोजियोस् भन्ने चाहन्छन् । यसरी आफ्नो पहिरनमा पत्रकार, दर्शक र क्यामेराको लेन्सको ध्यान खिच्ने पहिरनका लागि उनीहरु कहाँ पुग्छन् त ? कतिपय सेलिब्रिटीहरु फेभरेट डिजाइनरका पुग्छन् । त्यसैले यहाँ नायिकादेखि गायिकासम्म कसको फेभरेट डिजाइनर को हुन् त ?

करिश्मा मानन्धर

करिश्मा मानन्धर पहिरनमा ध्यान दिने अभिनेत्रीमा गनिन्छिन् । उनलाई किरण राणाको कलेक्सन निकै मनपर्छ । ‘विशेषगरी किरण राणाले कलेक्सन गरेको साडी लगाउँछु,’ उनी भन्छिन्, ‘किरणले साडी, लेहेंगाको राम्रो कलेक्सन ल्याउने भएकाले पनि मनपर्छ ।’ किरणले भारतमा चलेका साडीहरु कान्जिपुरम, सत्य पल लगायतका ब्रान्ड ल्याउँछिन् । यस्तै, तेन्जिङ भुटिया उनलाई मनपर्ने फेसन डिजाइनर हुन् । त्यसैले कुनैबेला भुटियाको डिजानिङका पहिरन लगाउँछिन् । साथै कहिलेकहिँ नयाँ–नयाँ फेसन डिजाइनरहरुलाई हौसला बढाउनका लागि उनीहरुको डिजाइनका पहिरन लगाउने गरेको करिश्मा बताउँछिन् । ‘मैले थुप्रै डिजाइनरहरुको डिजाइनमा ड्रेसहरु लगाइसकेकी छु,’ उनी भन्छिन्, ‘नयाँ–नयाँ फेसन डिजाइनरहरूको हौसला बढाउनका लागि नयाँ डिजाइनरका पहिरन पनि लगाउँछु ।’ झापाका विवेक राई पनि उनलाई मनपर्ने फेसन डिजाइनरमा पर्छन् । त्यसैले बेलाबखत राईले डिजाइन गरेका कपडा पनि लगाउँने गरेको उनले सुनाइन् ।

गौरी मल्ल

गौरी मल्लको फेभरेट फेसन डिजाइनर रोजिना श्रेष्ठ हुन् । मल्ललाई जानकी कठायतको डिजाइन पनि एकदमै मनपर्छ । उनले श्रेष्ठ र कठायतको डिजाइनमा बनेको ड्रेसहरु लगाउन थालेको लगभग ७ वर्ष भईसकेको छ । रोजीनको डिजाइनमा धेरै साडी ब्लाउज तथा लेहेङ्गाहरु लगाएकी छन् भने जानकीको डिजाइनमा साडी, लेहेङ्गादेखि फरमल ड्रेसहरु पनि लगाइसकेकी छिन् । उनीहरुको मौलिक डिजाइन उनलाई असाध्यै मन पर्छ । ‘उहाँहरुको आफ्नै मौलिक डिजाइन हुन्छ, अरुको कपि हुँदैन,’ उनी भन्छिन्, ‘मेरो पर्सनालिटिलाई बुझेर मेरै अगाडी स्केच बनाएर ड्रेसहरु तयार पारिदिनु हुन्छ त्यसले मलाई तानिरह्यो ।’

कुनैबेला पहिरनको अभावमा थुप्रै महत्वपूर्ण कार्यक्रममा नगएको तितो अनुभव अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलासँग छ । ‘अहिले बुटिक हाम्रो साथी भएका छन्,’ उनी भन्छिन्, ‘त्यसैले भोलिको कार्यक्रममा जानका लागि कुन ड्रेस लगाउने होला भन्ने चिन्ता लिनुपर्दैन ।’ रातारात उनका फेभरेट डिजाइनरले उनलाई आवश्यक पोषाक तयार गरिदिन्छन् । कायरा बुटिककी रोजिना श्रेष्ठ, काजल क्रियसनकी काजल थापा, अवानी बुटिककी अवानी, जुन्जेलीकी सुनिता उप्रेती उनका फेभरेट फेसन डिजाइनर हुन् ।

दिपाश्री निरौला

कुनैबेला पहिरनको अभावमा थुप्रै महत्वपूर्ण कार्यक्रममा नगएको तितो अनुभव अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलासँग छ । ‘अहिले बुटिक हाम्रो साथी भएका छन्,’ उनी भन्छिन्, ‘त्यसैले भोलिको कार्यक्रममा जानका लागि कुन ड्रेस लगाउने होला भन्ने चिन्ता लिनुपर्दैन ।’ रातारात उनका फेभरेट डिजाइनरले उनलाई आवश्यक पोषाक तयार गरिदिन्छन् । कायरा बुटिककी रोजिना श्रेष्ठ, काजल क्रियसनकी काजल थापा, अवानी बुटिककी अवानी, जुन्जेलीकी सुनिता उप्रेती उनका फेभरेट फेसन डिजाइनर हुन् । यिनैले उनलाई विभिन्न समारोहमा फरक गेटअपमा देखाउँछन् । दिपाश्रीलाई यि डिजाइनरमात्रै किन मनपर्छन् त ? उनी भन्छिन्, ‘उनीहरुले म जस्तो छु त्यस्तै खालको पहिरन लगाउन सुझाव दिन्छन्,’ निरौला थप्छिन्, ‘नयाँ फेसन आयो भन्दैमा मलाई भड्किलो हुन दिदैनन् ।’ त्यसो त उनले कायरा बुटिककी रोजिनाको डिजाइनका पहिरन लगाउन थालेको करिव १० वर्ष भयो । केही समय अघि मुन्द्रेको कमेडी क्लबमा उनले रोजिनाकै डिजाइनको कपडा लगाइन् । यस्तै गीतको भिडियो र विज्ञापनको अभिनयका लागि भने उनले काजल थापाले डिजाइन गरेको पहिरन लगाउँछिन् । अवानी बुटिककी अवानी सिंह पनि दिपाश्रीलाई मनपर्ने डिजाइनर हुन् । विशेषगरी गाउन, सिक्वेन्स साडीको डिजाइनका लागि सिंहलाई रोज्ने गरेको निरौला बताउँछिन् । चलचित्र, विज्ञापनको आवश्यक पहिरनका लागि उनले जुन्जेलीकी सुनिता उप्रेतिलाई सम्झने गर्छिन् । उप्रेति पनि उनलाई मनपर्ने फेसन डिजाइनर हुन् ।

माल्भिका सुब्बा

पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि एकदमै फेसन कन्सियस छिन् । उनले लगाउने ड्रेसहरुको चर्चा धेरै हुने गर्छ । सुब्बाले थुप्रै डिजाइनरहरुको ड्रेस लगाइसकेकी छिन् । त्यसैले उनलाई मनपर्ने फेसन डिजाइनरहरु थुप्रै छन् । जसमध्ये मनिष राई, तेन्जिङ छेतेन भुटिया, विश्व गौतम, सुवेक्षा भँडेल र आस्तिक शेरचन हुन् । मनिष राई र सुवेक्षा भँडेलले डिजाइन गरेको वेस्ट्रन ड्रेसहरु बढी लगाएको उनी सुनाउँछिन् । ‘मैले परम्परागत भन्दा पनि वेस्ट्रन ड्रेस बढी लगाएको छु । परम्परागत ड्रेसहरु पनि नलगाएको हैन तर, तुलनात्मक रुपमा हेर्दा वेस्ट्रन ड्रेसहरु नै बढी लगाएको छु,’ उनी भन्छिन् ‘परम्परागत ड्रेसमा चाहीँ विशेष गरी आस्तिक शेरचनको साडी र कुर्ताको डिजाइन राम्रो लाग्छ ।’

अभिनेत्री ऋचा शर्माको पहिरनको डिजाइन शिवांगी प्रधानले गर्दै आएकी छिन् । उनी बेहुली हुँदाको पहिरन प्रधानले नै गरेकी हुन् । साथै विवाहपूर्वको ब्याचलर पार्टीको ड्रेस पनि उनैले डिजाइन गरेको ऋचा बताउँछिन् । साथै, उनलाई खुस्बु डंगोल पनि मन पर्ने डिजाइनर हुन् । उनलाई यी दुईजनाले डिजाइन गरेको साडी, लेहेंगा र गाउन लगाउन एकदमै राम्रो लाग्छ ।

केकी अधिकारी

केकी अधिकारीलाई मन पर्ने फेसन डिजाइनर रोएल ग्यालिरिया बुटिकका महेश महर्जन र निभा श्रेष्ठ हुन् । उनलाई यी दुईले डिजाइन गरेको ड्रेसहरु एकदमै मन पर्छ । साथै, उनलाई क्रिएटिभ टच पसलले डिजाइन गरेको फर्मल ड्रेसहरु पनि असाध्यै मन पर्छ । त्यहाँका कपडाहरु प्राय मेड इन नेपाल हुन्छन् । यहाँ डिजाइन भएका ड्रेसहरु कोरोना महामारी अगाडी युरोपियन देशहरुमा एकदमै चर्चामा थियो । ‘यहाँको ड्रेसको डिजाइन एकदमै राम्रो हुन्छ,’ उनी भन्छिन्, ‘यसमा प्रयोग भएका कपडाहरुको क्वालीटी पनि एकदमै राम्रो हुन्छ ।’
उनले क्रियटिभ टचको ड्रेसहरु लगाउन थालेको २ वर्ष भयो । रोयल ग्यालरी बुटिकको ड्रेस लगाउन थालेको भने ४ वर्ष भन्दा बढी भइसकेको छ । उनलाई निभा महर्जनले डिजाइन गरेको ड्रेसहरुको फिनिसिङ एकदमै राम्रो लाग्छ । कुनै पनि कपडा राम्रो देखिनुमा फिनिसिङको महत्वपूर्ण भुमिका हुन्छ । उनी भन्छिन् ‘मलाई कस्तो कलरको ड्रेस सुहाउँछ भनेर रिसर्च गरेर मात्र उहाँहरुले डिजाइन गरिदिनु हुन्छ । क्रियटिभ टचबाट फर्मल ड्रेस र रोयल ग्यालरिया बाट साडी, कोट पाइन्ट र वनपिस लगायतका थुप्रै ड्रेस लगाइसकेकी छु ।’

ऋचा शर्मा

अभिनेत्री ऋचा शर्माको पहिरनको डिजाइन शिवांगी प्रधानले गर्दै आएकी छिन् । उनी बेहुली हुँदाको पहिरन प्रधानले नै गरेकी हुन् । साथै विवाहपूर्वको ब्याचलर पार्टीको ड्रेस पनि उनैले डिजाइन गरेको ऋचा बताउँछिन् । साथै, उनलाई खुस्बु डंगोल पनि मन पर्ने डिजाइनर हुन् । उनलाई यी दुईजनाले डिजाइन गरेको साडी, लेहेंगा र गाउन लगाउन एकदमै राम्रो लाग्छ । साथै, वेस्ट्रन ड्रेसहरु भने रमिला नेमकुलको लगाउँदा राम्रो लाग्ने उनी सुनाउँछिन् । ‘उहाँहरुले डिजाइन गर्नुभएको ड्रेसहरुको फेब्रिक र डिजाइन एकदमै राम्रो हुन्छ,’ उनी भन्छिन्, ‘करिव ७ वर्षदेखि उहाँहरुकै डजाइनका कपडा लगाइरहेको छु ।’

आँचल शर्मा

अभिनेत्री आँचल शर्माको फेभरेट डिजाइनरमा स्वर्णिम राई र रविन परियार पर्छन् । साडी लेहेंगाको आवश्यकता प¥यो भने उनी स्वर्णिम राईकोमा पुग्छिन् । स्वर्णिमले डिजाइन गरेको साडी र लेहेंगाले उनको मन जित्छ । त्यसो त विगत ४ वर्ष यता राईकै डिजनाइनमा साडी, लेहेंगा लगाउँदै आएको शर्मा बताउँछिन् । यस्तै शर्मा क्याजुअल ड्रेसको पहिरन भने रविन परियारको डिजाइनमा लगाउँछिन् । ‘रविन परियारको क्याजुअल ड्रेस डिजाइनिङ असाध्यै मनपर्छ,’ शर्मा भन्छिन्, ‘डेढ वर्ष यता उहाँको डिजाइनका कपडाहरु लगाउँदै आएको छु ।’

बेनिशा हमाल

नायिका बेनिशा हमाल पनि फेसनमा ध्यान दिने नायिका भित्र पर्छिन् । उनलाई मन पर्ने फेसन डिजाइनरहरुमा मनिस राई, स्वर्णिम राई र युबि थापा आदि हुन् । उनले युबि थापा र स्वर्णिम राईले डिजाइन गरेको ड्रेसहरु लगाउन थालेको ६ वर्ष भन्दा बढि भइसकेको छ । उनलाई कुनै कार्यक्रमहरुमा जानु पर्यो भने त्यसको थिम अनुसारको ड्रेसहरु स्वर्णीम राईले नै तयार गरीदिने हमाल बताउँछिन् । ‘उहाँहरुले डिजाइन गर्नु भएको ड्रेसहरु मैले चाहेको भन्दा पनि उत्कृष्ट हुन्छ । मैले चाहेकै समयमा पनि तयार परिदिनुहुन्छ । त्यसको साथै पहिरनहरु फिटिङ र क्वालीटी पनि राम्रो हुने भएकाले मन पर्छ ।’

वर्षा राउत पनि इस्टाइलिस नायिकाहरु भित्र पर्छिन् । उनको फेभरेट डिजाइनर स्वर्णीम राई, सुनिता श्रेष्ठ, खुस्बु डंगोल र मनिस राई हुन् । धेरै डिजाइनरहरुको ड्रेसहरु लगाइने भएर एकजनालाई मात्र रोज्न गाह्रो हुने उनी सुनाउँछिन् । डिजाइनरहरुको आफ्नो–आफ्नो भिजन हुन्छ । उनीहरुको कलेक्सन पनि एकै प्रकारको हुँदैन त्यसैले प्रायः सबै डिजाइनरको ड्रेस उनलाई मनपर्छ ।

पुजा शर्मा

अभिनेत्री पुजा शर्माको पहिरनको डिजाइन सुनिता श्रेष्ठले गर्दै आएकी छन् । साथै उनलाई स्वर्णीम राईको डिजाइन पनि एकदमै मन पर्छ । सुनिता श्रेष्ठले डिजाइन गरेको प्राय सबै प्रकारको लुगा लेहेङ्गा, गाउन, साडी, वनपिस उनले लगाइसकेकी छिन् । साथै वेस्ट्रन ड्रेसहरु भने स्वर्णीम राईले डिजाइन गरेको बढी लगाएको उनी सुनाउँछिन् । विगत ४ वर्षदेखि सुनिता श्रेष्ठले डिजाइन गरेका ड्रेसहरु लगाउदैँ आएकी उनले राई र श्रेष्ठको डिजाइनमा रहेको ड्रेस लगाएर थुप्रै फोटोसुट पनि गरिसकेकी छिन् । ‘उनीहरुले डिजाइन गरेको लुगाले मलाई झन् सुन्दर बनाएको महसुस हुन्छ भने कपडाको क्वालिटी पनि एकदमै राम्रो हुन्छ ।’ उनी भन्छिन्, ‘कुनै पार्टी वा कार्यक्रममा जानु पर्यो भने उनीहरुले त्यही कार्यक्रम अनुसारको ड्रेस तयार गरीदिन्छन् । उनीहरु मेरो मिल्ने साथी पनि हुन् ।’

वर्षा राउत

वर्षा राउत पनि इस्टाइलिस नायिकाहरु भित्र पर्छिन् । उनको फेभरेट डिजाइनर स्वर्णीम राई, सुनिता श्रेष्ठ, खुस्बु डंगोल र मनिस राई हुन् । धेरै डिजाइनरहरुको ड्रेसहरु लगाइने भएर एकजनालाई मात्र रोज्न गाह्रो हुने उनी सुनाउँछिन् । डिजाइनरहरुको आफ्नो–आफ्नो भिजन हुन्छ । उनीहरुको कलेक्सन पनि एकै प्रकारको हुँदैन त्यसैले प्रायः सबै डिजाइनरको ड्रेस उनलाई मनपर्छ । स्वर्णीम राईले डिजाइन गरेका कुर्ता सुरवाल, ओड्नी द बुटिककी खुस्बु डंगोलले डिजाइन गरेको साडी र मनिस राईले डिजाइन गरेको लेहेङ्गा उनले लगाइसकेकी छिन् । उनलाई चिकिक्क बनाउन सहयोग गर्ने डंगोल र राईले डिजाइन गरेको ड्रेसहरु लगाउन थालेको ४ वर्षभन्दा बढी भइसकेको छ । ‘उहाँहरुले डिजाइन गरेको ड्रेसहरुको विशेषता भनेको भिजन नै हो । ड्रेसहरु एकदमै क्रियटिभ तरिकाले डिजाइन गर्नु हुन्छ,’ उनी भन्छिन्, ‘कपडाको क्वालिटी र फिनिसिङ पनि राम्रो हुन्छ ।’

यो पनि पढ्नुहोस्
सकेन्ड ह्यान्ड कपडा बेचेरै मालामाल, १ सयदेखि ३० हजारसम्मका लुगा (भिडियोसहित)
‘लेहंगा र साडी डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन’
किन झर्छ कपाल ? यी हुन् रोकथामका उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,